Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • महाभारतमा वेदव्यासका तीन पुत्रहरू
महाभारतमा वेदव्यासका तीन पुत्रहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २, २०७७
Vidur
Hardik health
चेरी भन्ने एक राज्य या देशमा एक धार्मिक र सत्य पृथ्वी राजा उपरिचर नामका राजाले राज्य गर्दथे । राजा उपरिचर एक अत्यन्तै धनी र शक्तिशाली राजा थिए । उनका धेरैभन्दा धेरै भक्तजनहरु साथै ठूला र शक्तिशाली ब्राह्मणहरु थिए । राजाले एकदिन देवरत इन्द्रको आराधना गरे र इन्द्र प्रसन्न भई प्रकट भए र देवराजले उपरिचरको स्फटिक मणिले बनेको एक सुन्दर विमान दिएका थिए । राजा त्यस विमानमा चढेर सधैँ आकाश मार्ग हुँदै स्वच्छ र आनन्द तवरले यात्रा गर्दथे । प्रायजसो यसैगरी राजाको दिनचर्याहरु बित्दै थियो । राजाका एक सुन्दर पत्नी थिइन्, गिरिका । राजाका एकदमै तेजस्वी र शक्तिशाली पाँच पुत्रहरु थिए । राजाले ती पाँच छोराहरुलाई अलग अलग दिशामा राज्याभिषेक गरेका थिए । एकदिनको कुरा हो राजा उपरिचरका पत्नी ऋतुमती (रजस्वला) भइन् । स्नानबाट निव्रत भएर पुत्र उत्पन्न गर्ने व्रत (पुंसवन) गरिन् र आफ्नो पतिदेवसँग इच्छा बताइन्, पुत्र उत्पन्नको । यता राजालाई भने आफ्ना पिताको आदेशमा राजा मृग सिकार गर्नका लागि वन जानु पर्ने भयो र त्यसैबखत राजा मृगको खोजमा वन पस्छन् । तर पनि राजाको मनमा भने रानी गिरिकाले इच्छ्याएको पुत्र उत्पन्नको मनमा कुरा खेलिरहेको थियो । सोही समयमा नै राजाको मनमा उत्पन्न त्यस कुराले उत्तेजित भएर त्यस उत्तेजित भएको बेलामा एक्कासि शुक्रकीट या वीर्य पैदा भयो तब उनले त्यो वीर्यलाई एक पत्थरमा राखिदिए । राजालाई रानीको ऋतुकालको ज्ञान थियो र उनले सोचेकी कुनै पनि प्रकारले यो वीर्य खेर या नाश नहोस्, निश्चय नै मेरो यो वीर्य अमोघ छ, बरु यसै समयमा नै मेरी पत्नीकामा पु¥याउने काम गर्नुप¥यो भनी एक उपाय रचे राजाले । उसै समयमा त्यस वीर्यको अभिमन्त्र गरे र एक दुनामा राखिदिए । त्यसपछि त्यसै वृक्षमा एक वाज पंक्षी बसिरहेको थियो, उनले त्यस पंक्षीलाई बोलाएर सम्पूर्ण कुराको जानकारी गराई आफ्नी पत्नी गिरिकालाई दिनू, किनकि आज उनको ऋतुकाल हो भनी पठाए । तब वाजले उक्त दुनामा भएको वीर्य लिएर आकाश मार्गबाट जाँदै गर्दा अचानक अर्काे वाज मासुको चोक्टा होला भनी खोस्न थाल्यो र दुई पंक्षीबीच भीषण लडाइँ भयो । अचानक वीर्य भएको उक्त दुना वाजको नियन्त्रणभन्दा बाहिर गई यमुना नदीमा खस्न पुग्यो । त्यसै समयमा स्वर्गबाट एक आद्रिका नाम गरेकी अप्सरा सोही यमुना नदीमा स्नान गरिरहेकी थिइन् । यमुना नदीको स्वच्छ र पवित्र जलमा खेल्दै रमाउँदै थिइन्, ती अप्सरा । एक ब्राह्मणको जो यमुना नदीमा नुहाएर सन्ध्या बन्दन गरिरहेका थिए त्यसै बेलामा अचानक उनको हात नदीमा पौडिने क्रममा त्यस ब्राह्मणको पाउमा लाग्न गयो र ब्राह्मणको ध्यान भंग भयो । ब्राह्मण अति क्रोधित मुद्रामा आएर त्यस अप्सरा (अद्रिका) लाई अबदेखि तिमी माछाको जीवन स्वरुपमा हुनेछौ भनी श्राप दिए । अद्रिका त्यसै बखत रुन, कराउन र विलाप गर्न लागिन् । यस्तो विलाप गरेको देखेर ब्राह्मणलाई एकदमै दया जाग्यो र मुनिले भने, कल्याणी कुनै शोक नगर, मैले रिसको आवेगमा तिमीलाई श्राप दिएँ । तिमी अब माछाको स्वरुपमा पापबाट मुक्त नहुन्जेसम्म रहनेछौ र जब तिम्रो गर्भबाट दुई बच्चा पैदा हुनेछन् तब तिमी श्रापबाट मुक्त हुनेछौ । त्यसैबेला अद्रिका माछा बनेर यमुना नदीमा रहेकी थिइन् । नदीमा माछाको स्वरुपमा खेल्दै हिँड्ने क्रममा वाजको नियन्त्रणबाट खसेको उक्त वीर्य रहेको दुना सोही यमुना नदीमा खस्न पुग्छ र उक्त दुना सोही माछाले खान्छ । समय चक्रसँगै दिन, हप्ता, महिना बित्दै जाने क्रममा एक दिन जालहारी दासराज नामका निषादराजले यमुना नदीमा उक्त माछालाई जालमा पारी बाहिर ल्याए र उक्त माछाको गर्भको बच्चा १०औँ महिना चलिरहेका थियो । उक्त जालमा पारी ल्याएको माछा अन्यभन्दा फरक र तेजवान् जस्तो देखिन्थ्यो र पेट सामान्य माछाहरुको भन्दा ठूलो देखिन्थ्यो । उक्त माछा टुक्रा गर्ने क्रममा निक्कै विचार गर्दै जालहरीले पहिले पेट चिरे, पेटमा त दुई चम्किला मनुष्य आकार भएका एक बालक र अर्को बालिका चलिरहेको अवस्थामा देखे । तब माछारुपी आद्रिका नामकी अप्सरा ब्राह्मणको श्रापबाट मुक्त भइन् र त्यहाँबाट स्वर्ग प्रस्थान गरिन् । यता माछाको पेटबाट यस्तो किसिमको मानवरुपी बच्चा देखेर आश्चर्यचकित हुँदै निषादराज जो जालहारीले यो त अचम्म भो यस्तो अचम्म कहिल्यै सुनेको न त देखेको नै थिएँ, भन्दै यो खबर राजा उपरिचरलाई दिनुपर्छ भनी जालहरीले ती दुई बालक र बालिकालाई लिएर गए, राजाकहाँ । जब सम्पूर्ण कुराको जानकारी भएपछि राजा पनि एकदमै आश्चर्यचकित भए र खुसी हुँदै यो बालक मलाई छाड र यो बालिका तिमी लैजाउ र राम्रोसँग पालनपोषण गर भनी हिरा, मोती, धनदौलत दिएर पठाए, निषादराज जालहारीलाई । समय क्रमानुसार केही वर्षपछि त्यही बालक मत्स्य नामक प्रख्यात र शक्तिशाली राजा बने भने बालिका जो निषादराजले लगी पालेका थिए उनको नाम पनि काली एवं मत्स्योदरी नामबाट प्रसिद्ध भइन् । यता उपरिचरलाई दिएको बालक राजा बने भने उता बालिका यमुना नदीमा डुंगा चलाउने काम गर्दै थिइन् । मत्स्योदरीको शरीरबाट माछाको जस्तो एक प्रकारको गन्ध पैदा हुने गर्दथ्यो त्यसैले काली भनी बोलाउने नामलाई परिवर्तन गरी मत्स्यगन्धा भन्थे । आफ्नो शरीरबाट आउने माछाको जस्तो दुर्गन्धले गर्दा मत्स्योदरी एकदमै लज्जित महसुस गर्दै थिइन् । मत्स्यगन्धा यमुना नदीको एक किनारबाट अर्को किनारसम्म नाउ चलाउने काम गर्थिन्, एक दिनको कुरा हो, त्यसै नदीको किनारको पार गरी जानु थियो महर्षि ऋषि पराशरलाई । सोही यमुना नदीको पार गर्ने क्रममा मत्स्योगन्धाले नाउँ खियाउँदै गर्दा नदीको बीच भागको एक टापुमा पुगेपछि ठूलो हुरी, बतास र मेघ तथा चट्याङसँगै ठूलो वर्षा भयो । सो वर्षामा भिज्दा मत्स्योगन्धा एकदमै सुन्दर र आर्कषित देखेर ऋषि पराशरमा पनि उत्तेजित भएर यौन क्रिडा गर्ने जोश जाग्यो । उनले मत्स्यगन्धासँग प्रणयको प्रस्ताव राखे । यस्तो प्रस्ताव ऋषि पराशरको मुखबाट सुन्दा आश्चर्य मानेर उनी पनि सोचमग्न भइन् । मत्स्योगन्धाले भनिन्– हे मुनिवर, तपाईं त ब्रह्माज्ञानी हुुनुहुन्छ, म त निषाद कन्या (जो माछा मार्ने काम गर्नुहुन्छ मेरा पिता) । कहाँको तपाईं जस्तो ऋषिमुनी ब्रह्माज्ञानी, कहाँको माछा मार्ने माझीको छोरी म डुंगा धावक, त्यो पनि यो नदीको बीचमा यस्तो अनुचित कार्य गर्दा कसैले (देवी, देवता, ऋषिमुनि) ले देखे भने के होला ? यसो भन्दै गर्दा सोही समयमा महर्षि ऋषि पराशर भन्छन्– चिन्ता नगर, तिम्रो र मेरो सम्बन्ध कसैले पनि देख्नेछैन । मैले मेरो शक्तिले सबै ढाकिदिनेछु तिमी विश्वास गर भनेपछि मत्स्योगन्धाले एक सर्त अघि सारिन् । तव महर्षि पराशर ऋषि सर्त मान्न तयार हुन्छन् र मत्स्योगन्धाले सर्तहरु यसरी राख्छिन् । १. हाम्रो प्रणयको बखत कसैले पनि नदेखून्, २. प्रणयका पश्चात पनि मेरो कुमारिŒवमाथि कुनै परिवर्तन नहोस् र ३. मेरो शरीरमा भएको दुर्गन्धितबास शरीरबाट हटेर एक उत्तम बास या वास्नेदारको बास पैदा होस् । उक्त तीन सर्तहरुलाई स्वीकार गरे ऋषि पराशरले र यमुना नदी वारपार एक कृत्रिम आवरणले ढकाएर हुरी, बतास, मेघ र बाक्लो कुहिरोले ढकाएर आफ्नो यौनक्रिडा सुन्दर युवती मत्स्यगन्धासँग सम्पन्न गरे । तत्पश्चात केही पर रहेको एक द्वीपमा जाँदै गर्दा डुंगा सवारबाट पराशर ऋषिले मत्स्यगन्धासँग भने– तिम्रो काँधमा ठूलो बोझ पर्नेछ, हस्तिनापुरको तर यो कुरा मत्स्यगन्धाले बुझिनन् । गंगा पार गरी त्यही परको एक द्वीपमा डुंगाबाट ओर्लिएर एक आश्रम बनाई बस्छन् । जुन आश्रम हाल नेपालको तनहुँ जिल्लाको दमौलीदेखि आठ किमी पूर्व छाब्दी बराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टीको कुण्डमा मत्स्यगन्धाको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहन आएको हो भनिन्छ । सोही कुण्डभन्दा अगाडि रहेको एक टापुमा बस्दै गर्दा केही समयपछि गर्भ रहेको थाहा हुन्छ र मत्स्यगन्धाबाट एक पुत्रको पनि पैदा हुन्छ । जसको नाम कृष्णद्वैपायन राखे र यही पुत्र पछि गएर महर्षि वेदव्यासको नामले प्रसिद्ध भए । विश्वको सबैभन्दा लामो (एक लाख श्लोक) र दोस्रो महाकाव्य ‘महाभारत’ पूर्वीय लौकिक संस्कृत साहित्यको ऐतिहासिक आर्ष ग्रन्थ र बृहत् ज्ञानराशि भएको धर्मग्रन्थमा महाभारत र पूराणका रचयिता तथा चारै वेदका सम्पादक वेदव्यासको तपस्यास्थल नेपालकै दमौलीनजिकको गुफा थियो भन्ने भनाइ रहेको छ । योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवं हिमालय देवोदेश’ मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी, छाब्दीको संगमलाई व्यासको जन्मभूमि, कर्मभूमि, तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ मा दमौली क्षेत्रलाई (मादी र सेतीको संगम) नै व्यास (कृष्ण द्वैपायन) को जन्मस्थल भएको जनाएका छन् (यो कुराको विस्तृत वर्णन श्रीमद्देवीभागवतमा रहेको छ) । आमा मत्स्यगन्धा या सत्यवतीको सम्झनामा पूजाका लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाआजा चलाएको मानिन्छ । जुन आजसम्म पनि निरन्तर पूजा गर्ने चलन छ र व्यासको जन्म दमौलीमा नै भएको भन्ने बलियो प्रमाणको रुपमा पनि रहेको छ । महर्षि पराशर ऋषिको आशिर्वादले एक योजन टाढासम्म मत्स्यगन्धाको मधुर सुगन्ध फैलिएको थियो त्यसैले उनीलाई अर्को नाम योजनगन्धको नामले पनि चिनिन थालिन् र उनी धर्तीकै एक सुन्दर स्त्री थिइन । एक दिनको कुरा हो समय बित्दै जाने क्रममा हस्तिनापुरका राजा शान्तनु त्यस स्त्री योजनगन्धाको सुन्दरता र सुगन्धको बारेमा चर्चा राज्यभरी भएको थाहा पाउँछन् र स्त्रीको घर खोज्दै यमुना नदीको किनारमा पुग्छन् । त्यहाँ एक परम सुन्दरी, तेजस्वी, कोमल शरीर भएकी, अनुहार सूर्यको तेजको गतिझैँ धपक्क बलेकी, शरीरबाट आउने उनको सुगन्ध बास्नाले वरिपरिका वातावरणमा नै सुगन्धमय बनाएर यमुना नदी किनार वरिपरि चहार्दै हिँड्ने गर्दै थिइन् । यस्ती परम सुन्दरीलाई देखी रानी बनाउनु प¥यो भनी सुन्दरीको घरमा पुगी सुन्दरी योजनगन्धाको पिता निषादराजसँग आफ्नो सम्पूर्ण परिचय दिएर छोरी योजनगन्धासँग विवाह गर्ने प्रस्ताव राखे । तर निषादराजले एक सर्त राखे– यदि सर्त मान्न तयार हो भने मात्र छोरी सुम्पने अन्यथा दिन तयार नहुने भन्ने अडान लिए । यस्तो सर्त शान्तनुले जान्न चाहे । त्यसपछि निषादराजले भने– यदि मेरो छोरीबाट पैदा भएको पुत्र नै हस्तिनापुरको राजा हुने भए मात्र पुत्री मत्स्यगन्धाको विवाह स्वीकार हुने अन्यथा नहुने भनी सर्त राखे । यस्तो सर्त भएपछि शान्तनु ठूलो समस्यामा परे किनकि हस्तिनापुरको रानी देवी गंगाको पुत्र देवव्रतलाई युवराज घोषित गरिसकेका थिए तसर्थ सर्त पूरा गर्न असम्भव भएपछि त्यहाँबाट शान्तनु चिन्तित हुँदै मलिन मुद्रामा हस्तिनापुर दरबारमा त्यसै फर्कन्छन् । राजा शान्तनुको मनमा भने उनै मत्स्योदरीकै सम्झना अनि उनकै मात्र यादले गर्दा दिन प्रतिदिन शोकमा डुब्न पुगे । राजाको यस्तो अवस्था देखेर रानी देवी गंगा पनि आश्चर्यमा परिन् । एक दिनको कुरा हो, युवराज देवव्रतले के कारणले पिताश्री शोकमा पर्नुभयो भनी ध्यानदृष्टिले हेर्दा मत्स्योदरीसँग विवाह प्रस्तावको निषादराजले गरेको सर्त पूरा गर्न नसकेको र मत्स्योदरीलाई हस्तिनापुरकी कान्छी रानी बनाउन नसकेकोमा शोक रहेको पत्ता लगाए । त्यसपछि युवराजले ढृढ अठोटका साथ एक निर्णय गरी सोही समयमा युवराज देवव्रत निषादराजकामा गए र आफ्नो परिचय दिई उनले भने– निषादराज तपाईंले गरेको सर्त पूरा हुनेछ । म प्रतिज्ञा गर्दछु की तपाईंको पुत्रीबाट पैदा हुने पुत्र नै हस्तिनापुरको राजा हुनेछन् । म हस्तिनापुरको युवराज देवव्रत आजिवन ब्रह्मचार्य जीवन व्यतित गर्नेछु भनी यस्तो भीष्म प्रतिज्ञा गरेकाले उनको नाम पछि गएर भीष्म पितामह रहन गयो । त्यसपछि देव्रवतले गरेको यस्तो प्रतिज्ञालाई स्वीकार गरी आफ्नो छोरी दिने निर्णयका साथ आफ्ना पिताको खुसीको निमित्त भीष्म प्रतिज्ञा गरे र शान्तनुको विवाह मत्स्यगन्धासँगै गराए । शान्तनुसँग विवाह गरी जाँदा निषादराजले मत्स्यदरीको अबको अर्को नाम सत्यवती भनी दिएको नाम नै हस्तिनापुरको रानी भएपछि प्रख्यात हुन गयो । केही वर्षपछि हस्तिनापुरमा नयाँ खुसीको लहर छाउन थाल्यो । सारा हस्तिनापुरभर हल्ला फैलियो राजा शान्तनुका कान्छी रानी सत्यवती गर्भवती भएको । समयचक्रसँगै रानी सत्यवतीले दुई पुत्रको जन्म दिइन् जसको नाम थियो चित्रांगत र विचित्रवीर थियो । तर दुर्भाग्यवश चित्रांगतको मृत्यु एक गन्र्धवको हातबाट भएको हुन्छ । दाजुको मृत्युपछि भाइ विचित्रवीर हस्तिनापुरको राजा हुन्छन् । विचित्रवीरका दुई पत्नीहरु थिए, काशी नरेशका छोरी एक अम्बिका र अर्की रानी अम्बालिका । तर अचानक कुनै पनि सन्तान नभई राजा विचित्रवीरको क्षयरोगका कारणले मृत्यु हुन्छ । हस्तिनापुरमा राजवंशमा ठूलो समस्या उत्पन्न हुन थाल्छ । वंशको नै नाश हुने अवस्था सिर्जना भएपछि वंशको रक्षाका लागि सत्यवतीले गंगापुत्र भीष्मलाई बोलाइन् र हस्तिनापुरमा राजवंशको रक्षाका लागि अब तिमीले गरेको प्रतिज्ञालाई यहि अन्त्य गरी अम्बिका र अम्बालिकाबाट बच्चा पैदा गरी वंशको रक्षा गर्नु प¥यो भनी कान्छी माता सत्यवतीले आग्रह गर्छिन् । यस्तो वचन सुनेर भीष्म भन्छन्– आफ्नो प्रतिज्ञा तोड्न नहुने र यस्तो प्रतिज्ञा तोडेमा महापाप हुने र यो कुराको समाधानको उपाय भूत, वर्तमान र भविष्यका ज्ञाता वेदव्यासलाई नै ज्ञान रहेको जानकारी गराउँछन् । त्यसपछि माता सत्यवतीले आफ्ना ज्येष्ठ पुत्र वेदव्यासलाई दरबारमा आमन्त्रण गर्छिन् र भन्छिन्– हे पुत्र व्यास, सबै कुराको विद्योताले परिपूर्ण तिमी नै हो । भूत, वर्तमान र भविष्यका ज्ञाता पनि तिमी नै हौ । अब तिमीले यस हस्तिनापुरको राजवंशको रक्षाका निमित्त विकल्पका रुपमा तिमीबाहेक अरु कसैले पनि यो गर्न सक्दैन । त्यसैले हे पुत्र, तिमीले अम्बिका र अम्बालिकाबाट सन्तान दिनुप¥यो भनी माताबाट यस्तो आग्रह आएपछि एकछिन सोचमग्न हुन्छन् । केही समयपछि माताको आग्रहलाई अस्विकार गरे, माताको आदेश उल्लंघनको पाप लाग्ने डर । फेरि स्वीकार गरौँ भने पनि बुहारी पर्नेसँगबाट सन्तान पैदा गर्नुपर्ने । यस्तो धर्म संकटमा परे पनि माताको आग्रहलाई स्वीकार गर्छन् । तर अपसोच त्यो बेलामा ऋषि वेदव्यास एक तपस्या गरिरहेकाले माताको आज्ञा पालना एक वर्षपछि गर्ने वचन दिई माता सत्यवतीसँग बिदा भई आफ्नो तपस्यारत ठाँउमा जान्छन् । माता सत्यवतीलाई दिएको वचन पूरा गर्न ठिक एक वर्षपछि महर्षि वेदव्यास हस्तिनापुर दरबारमा उपस्थित हुन्छन् । माता सत्यवतीको आदेशमा विधवा रहेर बसेका अम्बिका र अम्बालिकालाई वेदव्यास रहेको सयन कक्षमा पालैपालो पठाइन्छ, पुत्र प्राप्तिका लागि । पहिला अम्बिकाको आगमन हुन्छ र वेदव्यास अम्बिकालाई के नजर लगाउँछन्, चिटचिट पसिना निकालेर डर र लाजले आफू अगाडिका व्यास ऋषिलाई नजर लगाउन नसकी डरले आफ्नो आँखा बन्द गर्छिन् । त्यसैगरी अम्बालिका सत्यवतीको आदेशको पालना गर्दै वेदव्यासको सयन कक्षमा पुग्छिन् र व्यासको नजरमा नजर मिलाउन नसकी डरले चेत नै उड्छ केहीबेर । त्यसपछि वेदव्यासले माता सत्यवतीलाई भन्छन्, की अम्बिकाले डरले आँखा चिम्लिनाले यसबाट हुने सन्तान दृष्टिविहीन भएर जन्मनेछ र उसको नाम धृतराष्ट्र रहनेछ । अर्का कान्छी रानी अम्बालिकाबाट पैदा हुने सन्तानको पनि स्वस्थ्य ठीक नहुने र उसको नाम पाण्डु रहने कुरा बताएपछि माता सत्यवतीले असन्तुष्टि व्यक्त गरिन् र अर्को केही समयपछि पुनः रानीहरु पठाउने कुराको उपाय गरी व्यासलाई आफ्नो कक्षमा नै रहन आग्रह गरिन् र माता सत्यवतीको आज्ञालाई शिरोधार्य गर्दै व्यास आफ्नो सयन कक्षमा बस्छन् । यता माताको आदेश पुनः व्यासको सयन कक्षमा जानु भन्ने छ तर दिदीबहिनी वेदव्यासको दिव्य शक्तिको डरका कारण एक अर्कालाई तिमी जाऊ न भन्दै एकले अर्कालाई देखाउँछन् । अत्यमा अम्बालिकाले एक चलाखी गरी दासीलाई व्यासको सयन कक्षमा पठाउने अम्बिकालाई बताउँछिन् र दुवै दिदीबहिनीको सल्लाहअनुसार दासीलाई बोलाई सबै कुराको जानकारी दिई व्यासको कक्षमा पठाउछन् । त्यसपछि दासी कुनै पनि संकोच नमानी व्यासको प्रेममा एक टकले शान्त र निर्भिक रुपमा सयन कक्षमा व्यासको साथमा रहन्छिन् । त्यसपछि दासीबाट पैदा हुने सन्तान विद्धान् हुने र आउँदा पुस्ताले या यस पृथ्वीलोकमा उसैको नाम विद्वान्को रुपमा रहने र उसको नाम विदुर रहनेछ भनी माता सत्यवतीलाई वेदव्यासले बताउँछन् । यसरी सबै पछि जन्मने पुत्रहरुको अवस्था र नामसहित बताई पिता महर्षि पराशरले भनेका वचन– तिम्रो काँधमा ठूलो बोझ पर्नेछ, हस्तिनापुरको भनेको कुरा अब नजिकै रहेको र यसको सम्पूर्ण जिम्मा पनि तपार्इंमा नै रहेको भनी माता सत्यवतीसँग र रानीहरुसँग बिदा लिई हस्तिनापुर दरबारबाट आफ्नो आश्रम प्रस्थान गर्दछन् । यसरी समयक्रम अनुसार हस्तिनापुरमा बच्चा पैदा हुन्छन्, एकएक गरी तीनैजना । पहिलो या ज्येष्ठ पुत्र धृतराष्ट्र, माइलो पाण्डव (पण्डु¬) र दासी पुत्र विदुर कान्छोको रुपमा । यसरी जन्मेका पुत्रहरुमा ज्येष्ठ पुत्र धृतराष्ट्र नेत्रहीन भएका र राजाको पद भार बहन गर्न गाह्रो हुने भएकाले भाइ पाण्डुलाई हस्तिनापुरको राजा बनाएका हुन्छन् । राजा भएपछि वनबास जानुपर्ने हुन्छ, पाण्डुको र वनबासमा नै मृत्यु हुन्छ । राजाको मृत्यु भएकाले राजदरबारमा अर्काे राजा नियुक्ति गर्नु पर्नेहुन्छ र राजाको सन्तानको क्रमानुसार राजा बन्नका लागि हक वा दावेदार पाण्डुका ज्येष्ठ पुत्र युधिष्ठिरलाई बनाउनु पर्नेमा पाण्डुका ज्येष्ठ दाजु जो नेत्रहीन छन्, जस्ले राजाको पदभार राम्रोसँग सम्हाल्न सक्दैनन् भनी असक्षम ठानिएकालाई राजा घोषित गरिएपछि हस्तिनापुरमा कौरव र पाण्डवसँगको आफ्नै भाइ–भाइबीचको भीषण युद्ध हुन्छ, १८ दिनसम्म कुरुक्षेत्रमा । त्यसपछि सत्यपक्षमा रहेका पाण्डव पक्षले विजयसँगै राजा पाण्डुका ज्येष्ठ पुत्र युधिष्ठिरलाई राजा बनाउँछन् । (लेखक रैला समाज कुलदेवता मन्दिर पराशर आश्रम, काठमाडौं, नेपालका अध्यक्ष हुन् ।)  
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP