Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • मुखमा राम राम, बगलीमा छुरा !
मुखमा राम राम, बगलीमा छुरा !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, चैत १०, २०८२

‘ए थाहा पाइस् ? त्यसलाई पनि भ्रष्टाचार मुद्दा लागे छ नि !,’ कृष्णले किरणलाई भने । कृष्णको भनाइ सुनेर किरणले भने, ‘हो र ? त्यस्तो मान्छे त थिएनन् त ! कति ज्ञानी, कति सञ्जन थिएन कसरी परे छन् त हो ती भ्रष्टाचार मुद्दामा ?’ ‘खै ! यी हेर त यहाँ रिलमा पूरै भाइरल भएको छ,’ कृष्णले किरणलाई थपे । यसो मुण्टो तन्काएर कृष्णको मोबाइलमा किरणले आँखा लगाए । एउटी केटी घाँटी सक्ने गरी एक मिनेटजति फलाक्दै थिई । सायद उसलाईबाहेक अरुलाई यो खबर नै थाहा छैन । अनि भ्रष्टाचारको मुद्दा दायर भएको व्यक्तिले निकै ठूलो अपराध गरेर जेल नै गइसकेको जस्तो । 

‘यस्तै हो,’ किरणले सान्त्वना दिँदै भने, ‘शक्ति र सत्ता हुँदा यिनकै अघिपछि लाग्छन् अनि थोरै तलमाथि भयो भने अपराधी नै बनाउँछन् । यो पनि त्यस्तै होला ।’‘खै ! त्यस्तो होला र अहिलेको अवस्थामा ? कतै न कतै चुकेका थिए होलान् र त मुद्दा नै दर्ता भयो होला त,’ कृष्णले थपे ।  ‘मुद्दा दर्ता हुँदैमा पूरै अपराधीकरण गर्ने हाम्रो बानी भएर हो । कतिपय इमान्दार मानिसहरुलाई पनि मुद्दा लाग्ने अनि फेरि फुकुवा हुने गरेको पनि छ नि । यहाँ त सामाजिक सञ्जाल चलाउने नै न्यायाधीश बनिदिन्छन् । अनि अपराधी भगवान् बन्छन् । इमान्दारलाईचाहिँ डाका बनाइदिन्छन् !,’ किरणले आफ्नो मत राखे । 

‘त्यस्तो हुँदैन होला । सबै कुरा छानबिन नगरी त मुद्दा के हाल्लान् र हो ? हावा नचली पात हल्लँदैन भन्ने हाम्रो उखान नै छ नि,’ कृष्णले भने । ‘हो हुनु त ! हावा नलागी पात हल्लँदैन । तर कहिलेकाहीँ रुखै हल्लाएर पनि पात हल्लाउने हाम्रा सामाजिक सञ्जाल छन् नि त ! बाहिर एउटा कुरा, भित्र अर्कै कुरा,’  किरणले अलि बुझाउने किसिमले भने । ‘हामीमा यति धेरै प्रजातन्त्र आको छ कि, कुरै नगरौं । जसलाई जे मन लाग्छ त्यही गर्ने पाउने । त्यही भएर पनि मलाई त कतिपय कुरा विश्वास नै लाग्दैन ।’ ‘तपाईंले विश्वास नगरेर के गर्ने गर्ने ? यसरी मोबाइलमै आइसकेपछि सबैले विश्वास गर्छन् । अहिले केटाकेटीदेखि बूढापाकाले पनि यही मोबाइल नै हेरेर निर्णय गर्ने हो । को कस्तो थियो, के छ भन्ने कुरा बुझ्न छाडिसके,’ कृष्णले पनि आफ्नै अनुभव सुनाए ।

‘जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै हो । हल्लाखल्ला गर्छन् । साना-साना पहुँच नभएकाहरुलाई बद्नाम गराउँछन् । पहुँच भएकाहरुले जति लुटे पनि कसैको आँखा लाग्दैन । हामीले सबै बुझेका छौं, तर हामीले बुझेर नहुने,’ किरणले सुनाए । ‘त्यही त... । दिनदिनै यसलाई भ्रष्टाचार, उसलाई भ्रष्टाचार भनेको सुनिन्छ । तर जेल गाको त कोही देखिँदैन । घुस नखाने मान्छे पनि भेटिँदैन । खरिदारदेखि सचिवसम्म, ठेकेदारदेखि हकदारसम्मले यो वा त्यो बहानामा कमिसन हानेका छन् । तर कुरा कहाँँ बिग्रेको छ क्या ?,’ निकै खुल्दुली हुनेगरी कृष्णले सोध्छ ।

Hardik health

किरणले हाँस्दै भन्छ, ‘यी सब ‘मुखमा राम राम, बगलीमा छुरा’ भनेजस्तै हो । अर्बाैं कर छली कसरी हुन्छ ? जाँदाजाँदै सरकारमा बस्नेहरुले गर्ने गैरकानुनी नियुक्ति पनि त भ्रष्टाचार नै त हो । कसरी सेटिङ हुन्छ भनेर छर्लंगै छ । त्यसकारण यो मुद्दासुद्दा भन्ने कुरा छाड्नुस् ।’ ‘त्यसो भनेर कहाँ हुन्छ ? हेर्नुस् त यत्रा युवा मरेर परिवर्तन भएको छ । अब त परिवर्तन हुनुपर्‍यो नि ! उही मान्छेमात्र फेरियो भने त के काम र ?,’ कृष्णले प्रश्न उठाए । ‘सबैको आशा त्यही नै हो । सुशासनका लागि युवाहरु लडे । भ्रष्टाचारका विरुद्ध सबै लडे । शक्तिको दुरुपयोग गर्नेहरुका विरुद्ध रगत बगाए । अब फेरि उही दोहोरिने छैन भन्ने मलाई विश्वास छ । अब पनि मुखमा एउटा र व्यवहार अर्को गर्न थाले भने त कोही बाँकी रहँदैनन्,’ किरणले आशावादी हुँदै भने । 

‘त्यस्तो होला र ?,’ उत्साहपूर्वक कृष्ण सोधे । ‘के हुन्छ के हुँदैन भन्ने होइन । समय हो, जे पनि हुन सक्छ । सोचेजस्ता पनि हुन सक्छ । हामीले कल्पना गरेकोभन्दा फरक पनि हुन सक्छ । किनकि, यहाँ त ‘मुखमा राम राम, बगलीमा छुरा’ बोकेर हिँड्नेहरुको भीड छ,’ किरणले भने । ‘त्यसो भए के गर्ने त ?,’ कृष्णले फेरि सोधे ।

किरणले हाँस्दै भने, ‘खासमा मेरो भनाइ मान्ने हो भने अब बन्ने सरकारको पहिलो निर्णय नै भिआइपीका नाममा पद सकिएपछि खरानी नहुञ्जेलसम्म दिने सुविधा कटौती गर्नुपर्छ ।’‘ओहो ! गज्जबको कुरा गर्नु भो तपाईंले । तर त्यसो गर्लान् र ? आफैंले पनि लिनु छ,’ कृष्णले भने । ‘ल... त्यसो गर्न नसक्ने हो भने त पुराना र नयाँमा के फरक भो र ?,’ किरणले भने ।

‘जेन-जी विद्रोहले मागेकै सुशासन होइन र ? एकपटक प्रधानमन्त्री वा विशिष्ट पदमा पुगेपछि जीवनभर राज्यको ढुकुटी रित्याएर सुविधा लिइरहने होइन । पदमा रहुञ्जेल राज्यले दिएको सुविधा लिने, पद छाडेपछि सर्वसाधारण बन्ने । त्यसो गरेमात्र राज्य राज्यजस्तो हुन्छ । नत्र फेरि उही हो । मुखमा राम राम बगलीमा छुरा,’ किरण खित्का छाडेर हाँस्छन् ।

‘ठिकै हो कुरा । अब रामराज्य बनाउने भनेरै होला रामनवमीको दिन पारेर सत्ता सम्हाल्दै छन् क्यार ! राम लक्ष्मण बनवास जाँदा पनि भरतले राज्य चलाएका हुन् ! अहिले त्यही रामराज्य होस् भने ड्याम- ड्याम आँखा चिम्म गरेर जिताएर पठाएका छन् । उही पहिलेकै जस्तो सुविधाभोगी बन्ने, राज्यको ढुकुटी रित्याउने अनि आर्यघाट पुगुञ्जेलसम्म सुविधा लिइरहनेगरी बसे भने तिनलाई पनि तिलको पहाड बनाएर तालुमा आलु पलाइहाल्छन् नि,’ कृष्णले निष्कर्ष निकाले । 

‘जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने गीताको सारलाई बुझौं । मुखमा राम राम, बगलीमा छुरा नगरौं । अहिलेलाई बिदा होऔं,’ किरण जुरुक्क उठेर हिँडे ।


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP