Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती 
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ९, २०८२

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध लम्बिँदै जाँदा यसको प्रत्यक्ष असर नेपालको वैदेशिक रोजगारमा देखिएको छ । जारी तनावले खाडी मुलुकमा जाने श्रमिकको प्रक्रिया प्रभावित भएको व्यवसायी बताउँछन् । 

अमेरिका-इजरायल र इरानबीचको युद्ध चौथो सातामा प्रवेश गर्दा तत्काल टुंगिने संकेत देखिएको छैन । यहीबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न चेतावनी दिएको छ । ट्रम्पले उक्त अवधिमा पूर्णरुपमा होर्मुज नखोले इरानको ऊर्जा संरचना नष्ट गरिदिने चेतावनी दिएका छन् । 

ट्रम्पको उक्त चेतावनीपछि इरानले कडा जवाफ दिएको छ । उसले यदि अमेरिकाले आफ्नो ऊर्जा संरचनामा आक्रमण गरे भने खाडी क्षेत्रमा अमेरिकाको संलग्नता रहेका सबै उर्जा संरचनाहरुलाई निशाना बनाउने बताएको छ । इरानको यस्तो चेतावनीले खाडी क्षेत्रमा आक्रमण थप बढ्ने देखिएको छ । यसले खाडी क्षेत्रको सुरक्षा चुनौती बढाएको छ । यसबाट त्यस क्षेत्रमा रहेका नेपालीहरु प्रभावित हुने भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

इजरायल-इरान युद्ध सुरु भएयता नेपालीहरुको प्रमुख रोजगार गन्तव्य अशान्त बनेको छ । यसले वैदेशिक रोजगारीमा जाने प्रक्रिया प्रभावित तुल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जोखिमलाई मध्यनजर गर्दै नयाँ श्रमिक पठाउने प्रक्रिया खुलाएको छैन । यसले दैनिकरूपमा विदेश जाने श्रमिकको संख्या घटाएको छ ।

Hardik health

नेपालबाट दैनिक करिब दुई हजारदेखि २५ सय युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । तर पछिल्लो अवस्थामा श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य गिरावट आएको वैदेशिक रोजगार विभागले जनाएको छ । हरेक महिना हजारौं श्रमिक जाने संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार, कुवेतलगायतका मुलुकमा श्रमिकहरु जान पाएका छ्रैनन् ।

युद्धको कारण हवाई उडान ठप्प भएकोमा हाल सीमित उडाहरु हुँदै आएका छन् । विकसित घटनाक्रमको असर विदेश जान तयारी गरेका युवाहरूमा परेको छ । वैदेशिक रोजगारीका लागि आवश्यक सबै प्रक्रिया पूरा गरी भिसासमेत लिइसकेका धेरै कामदार अहिले उडानको प्रतीक्षामा छन् ।

चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांक हेर्दा प्रत्येक दिन औसतमा ७२२ जना पहिलोपटक रोजगारीका लागि खाडीका छ वटा मुलुक गएको पाइन्छ । २० दिनभन्दा लामो समयदेखि युद्ध जारी रहँदा कम्तीमा १५ हजारभन्दा बढी युवा अलपत्र परेको अनुमान छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जान औसतमा एकदेखि तीन लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । यस्तो ऋण बैंक तथा सहकारीदेखि उच्च ब्याजदरमा चिनजानको व्यक्तिसँगसमेत लिएको पाइन्छ । उडान अनिश्चित हुँदा उनीहरु ऋणको ब्याज तिर्न बाध्य छन् । महिनौं अगाडि लिएको ऋणको ब्याज बढिरहँदा यसरी पीडित हुने युवाहरुको संख्या पनि बढ्दै गएको सरोकारवालाहरुको भनाइ छ ।

युद्धले खाडी क्षेत्रको आर्थिक गतिविधिमा पनि असर पार्न थालेको देखिन्छ । त्यहाँ मिसाइल आक्रमण, ड्रोन हमला र ऊर्जा पूर्वाधारमा क्षति पुगेका घटना सार्वजनिक भइरहेका छन् । यसले श्रमिकको रोजगारीको स्थायित्वलाई समेत अन्योल बनाएको छ ।
नेपालको अर्थतन्त्र वैदेशिक रोजगारसँग प्रत्यक्ष जोडिएको छ ।

कूल ग्रार्हस्थ उत्पादनको करिब ३० प्रतिशत हिस्सा रेमिट्यान्सबाट आउने गरेको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिएको थियो । लगातार बढ्दै गएको रेमिट्यान्समा जारी युद्धले असर पर्ने सम्भावना बढाएको अर्थशास्त्रीहरुको भनाइ छ ।
 


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP