Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ४, २०८२
  • मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृतिमध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति
  • साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीको श्रम स्वीकृति नवीकरण हुने
  • इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानका लागि भने पुनः श्रम स्वीकृति अझै स्थगनमै

काठमाडौं- सरकारले मध्यपूर्वका सात मुलुकका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण बन्द गरिएको पुनः श्रम स्वीकृति खुलाउने निर्णय गरिएको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । 

यो निर्णयसँगै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीको श्रम स्वीकृति नवीकरण हुने भएको छ । इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानका लागि भने पुनः श्रम स्वीकृति अझै स्थगनमै राखिएको छ । मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा पुनः श्रम स्वीकृति खुलाउन चौतर्फी दबाब आएकाले उक्त निर्णय भएको जनाएको छ । सम्बन्धित देशका गैरआवासीय नेपाली संघ, दूतावासहरु तथा श्रम स्वीकृति समाप्त भएर पुनः नवीकरण गर्न नपाएका श्रमिकहरुले विभिन्न माध्यमबाट पुनः श्रम स्वीकृति खुलाउन माग गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, मंगलबार नै परराष्ट्र मन्त्रालयले सो विषयको सम्बोधन गर्न सिफारिस गरेको र वैदेशिक रोजगार विभागलेसमेत पत्राचार गरेकाले खुलाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

गत फागुन १६ गते शनिबारदेखि इजरायल-अमेरिका र इरानबीच युद्ध सुरु भएको थियो । श्रम मन्त्रालयले फागुन १७ गते सुरक्षा संवेदनशीलताका कारण भन्दै मध्यपूर्वका १२ मुलुकमा व्यक्तिगत र संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरेको थियो । मध्यपूर्व नेपालीहरुको प्रमुख श्रम गन्तव्य हो । हाल त्यस क्षेत्रमा १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत रहेको परराष्ट्रको तथ्यांक छ । जसमध्ये युएईमा सबैभन्दा धेरै सात लाख नेपाली छन् । त्यस्तै, साउदीमा तीन लाख ८४ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार, इजरायलमा छ हजार ५००, लेबनानमा एक हजार ५००, इजिप्टमा ५०० तथा इरानमा छ जना छन् ।

Hardik health

अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्दा तीन लाख ३३ हजार ३०९ जना श्रम स्वीकृति नवीकरण गरेर रोजगारीमा गएका थिए । जसअनुसार दैनिक औसतमा ९१३ जना गएको देखिन्छ । यसरी दैनिक ६०० भन्दा बढी पुनः श्रम स्वीकृति लिएर मध्यपूर्वका देशहरुमा जाने गरेका छन् । श्रम स्वीकृति रोकिएको १८ दिनभन्दा बढी भइसक्दा मध्यपूर्वबाट छुट्टीमा आएका करिब १० हजार श्रमिक जान नपाएको देखिएको छ ।

सरकारले मध्यपूर्वको सुरक्षा अवस्था केही सामान्य भएको तथा बढी नेपाली कार्यरत क्षेत्रमा श्रम स्वीकृति नवीकरण खुलाएको बुझिएको छ । साथै, सम्बन्धित मुलुकका दूतावास तथा गैरआवासीय संघले नै आग्रह गर्नुले उक्त मुलुकमा श्रमिकको अवस्था जोखिमपूर्ण नरहेको अनुमान गर्न सकिन्छ ।

केही मुलुकको श्रम स्वीकृति नवीकरण खुलेसँगै चरणबद्धरुपमा मध्यपूर्वको रोजगारी खुल्ने अनुमानसमेत गरिएको छ । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही हप्ताभित्र नभए पनि चाँडै युद्ध रोकिने दाबी गरेका छन् । यद्यपि, मध्यपूर्वमा इरानको मिसाइल तथा ड्रोन आक्रमण रोकिएको छैन । 


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP