Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
पश्चिम एसिया द्वन्द्वको कहर छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ३, २०८२

काठमाडौं- विगत १८ दिनदेखि जारी पश्चिम एसियाको द्वन्द्वले वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ । खाडी राष्ट्रमा कार्यरत नेपाली श्रमशक्ति त्रासकाबीच काम गर्न बाध्य छन् भने रोजगारीका लागि जाने तयारी गरिरहेकाहरु अलपत्र परेका छन् ।

इरानमाथि इजरायल र संयुक्त राज्य अमेरिकाले हमला गरेपछि खाडी राष्ट्रहरुसम्म युद्ध फैलिएपछि त्यस क्षेत्रमा कार्यरत श्रमिकहरु प्रभावित बनेका हुन् । हाल पश्चिम एसियाका १२ मुलुकका लागि श्रम स्वीकृति, मागपत्र प्रमाणीकरणलगायत कार्य स्थगित गरिएको छ । यसले छुट्टी सकेर फर्कनुपर्ने तथा भर्खरै जाने तयारी गरिरहेकाहरु अन्योलमा परेका छन् । खाडी क्षेत्रमा श्रमिकका रुपमा गएकाहरु मात्रै होइनन्, आफ्नै व्यवसाय चलाइरहेका नेपालीहरु पनि युद्धको प्रभावमा परेका छन् ।  

नेपालगञ्जकी चन्द्रा तामाङ कुवेतमा ब्युटी पार्लर सञ्चालन गर्छिन् । स्वास्थ्य उपचारका लागि आएकी तामाङले मार्च ८ तारिखको टिकट लिएकी थिइन् । तर जानेहरुको उडान रद्द हुँदा उनी अलपत्र परेकी छन् । ‘पहिला पार्लर चलाएको घर पुरानो भएर सरकारले भत्काउने भयो अनि नयाँ घरमा सामान सारेर एक महिनाको रेण्ट तिरेर उपचार गरेर फर्किहाल्छु भनेर आएको थिएँ,’ उनले भनिन्, ‘अब कहिले खुल्छ अत्तोपत्तो छैन । नेपाली दुई लाख रुपैयाँ भाडा छ । लामो समय यस्तै भयो भने त आम्दानी नभई त्यत्रो भाडामात्र कसरी तिर्नु ?’

छुट्टीमा आएकाहरुले जाने वातावरण मिलाइदिन सरकार गुहार्न थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यस्ता युवाहरु पुग्न थालेको एक अधिकारीले बताए । ‘जान खोज्नेहरु हामीलाई श्रम स्वीकृति दिनप¥यो । छुट्टी सकियो । जागिर गयो भने परिवारको बिजोग हुन्छ भन्दै दैनिक पाँच–सात जना आउन थालेका छन्,’ ती अधिकारीले भने ।

Hardik health

नेपालबाट श्रम स्वीकृति नवीकरण गरेर रोजगारीमा जानेहरुको संख्या पनि लाखौं छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा तीन लाख ३३ हजार ३०९ जना श्रम स्वीकृति नवीकरण गरेर रोजगारीमा गएका थिए । जसमध्ये दुई लाख ६९ हजार ३४३ जना खाडीका छ वटा मुलुकमा गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । प्रत्येक महिना औसतमा २२ हजारभन्दा बढी कामदार पुनः श्रम स्वीकृति लिएर खाडी मुलुक जाने गरेको देखिन्छ । 

निशानामा युएई
नेपालमा भएकाहरु बेरोजगारीको पीडाले द्वन्द्व साम्य नभएको अवस्थामा पनि जान पाए हुन्थ्यो भनिरहँदा खाडीमा भएकाहरु ज्यान जोखिममा राखेर त्रासमा काम गर्न बाध्य छन् । इरानले कम्तीमा पनि ११ वटा मुलुकमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये प्रमुख निशानामा युएई परेको बुझिन्छ । इरानले युद्ध सुरु भएयता खाडी मुलुकमा दुई हजार वटा मिसाइल र ड्रोन हमला गर्दा युएईमामात्र एक हजार ८०० वटा आक्रमण गरेको अल जजिराले उल्लेख गरेको छ । 

युएईमा सबैभन्दा धेरै सात लाख नेपाली कार्यरत रहेको सरकारी तथ्यांक छ । इरानले अमेरिकी बेस क्याम्प भएका क्षेत्रमामात्र आक्रमण गरिएको दाबी गरे पनि युएईका अपार्टमेन्ट, दुबईको आर्थिक केन्द्र लगायतमासमेत आक्रमण गरेको छ । सोमबारमात्रै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ । वासिङ्टनलाई चुनौती दिन युएईलाई निशाना बनाउँदा त्यहाँ कार्यरत लाखौं श्रमिक असुरक्षित महसुस गरिरहेको श्रमविज्ञको भनाइ छ । आफूहरुसँगको कुराकानीमा श्रमिकहरु ज्यान जाने हो कि भन्ने त्रासकाबीच बसिरहेको उनीहरुले बताएका छन् ।

युएईमा कार्यरत चितवनका प्रविन सिलवालले आक्रमणमा परिने डर हुँदाहुँदै पनि काम गर्न बाध्य भएको बताए । प्रभावसँग ‘भर्चुअल’ माध्यममा कुरा गर्दै उनले आक्रमण भएको बेला मोबाइलमा सन्देश आएपछि सुरक्षित ठाउँमा जानुपर्ने स्थिति रहेको बताए । ‘काम गर्नै आएको हो, नगरे त घरमा गाह्रो पर्छ । मिसाइल आएपछि ‘इमर्जेन्सी अलर्ट’ भनेर मोबाइलमा नेटिफिकेसन आउँछ । अनि सुरक्षित ठाउँतिर भाग्न पर्छ,’ उनले भने, ‘दुई तीन मिनेट अगाडि नेटिफिकेसन आउँछ, त्यो भएर भाग्नचाहिँ समय हुन्छ । आएको मिसाइल आकाशमै नष्ट हुन्छ । भाग्दै काम गर्दै गर्नु परिराछ ।’

यस्तो पूर्वसूचना आक्रमण हुनुअघि र त्यसको असर सक्किसकेपछि दुईपटक आउने गरेको सिलवालले बताए । केही मानिसहरु भने भाग्नुको साटो हेर्दै बस्ने, भिडियो बनाउने पनि गरेको पाइएपछि त्यहाँको सरकारले त्यस्तो कार्य बन्द गर्न सचेत गराएको छ । आक्रमणको भिडियो बनाउने, त्रास फैलाउने सामग्री सिर्जना गर्ने या सेयर गर्ने कार्य कानुनविपरीत भन्दै आएको छ । यस्तो कार्य गर्नेलाई जरिवाना, जेल सजाय या डिपोर्ट गरिने चेतावनी दिँदै आएको छ । यस्तो कार्यमा संलग्न केही नेपाली समातिएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । 
 


प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक सोमबार, चैत २, २०८२
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली आइतबार, चैत १, २०८२
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता शुक्रबार, फागुन २९, २०८२
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी बिहीबार, फागुन २८, २०८२
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स बिहीबार, फागुन २८, २०८२
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP