Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
पश्चिम एसियाको तनावले फागुनमा श्रम स्वीकृति घट्यो  रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०८२

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामा पाँच लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विभिन्न मुलुकतर्फ लागेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको तथ्यांकअनुसार उक्त अवधिमा पाँच लाख ३१ हजार १२० जना श्रम स्वीकृति लिएर विदेश लागेका हुन् ।  यो संख्या संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको हो । 

गत फागुन महिनामा रोजगारीमा जानेको संख्या भने घटेको छ । उक्त महिनामा ५२ हजार ९४४ जनाले मात्र श्रम स्वीृकति लिएका छन् । जसमा ४६ हजार ४५२ जना पुरुष र छ हजार ४९२ जना महिला छन् । अघिल्लो महिना माघसम्म मासिक औसत ६८ हजार ३११ जना रोजगारीमा गएका थिए । फागुन १६ गतेदेखि पश्चिम एसियामा द्वन्द्व चर्किंदा सो क्षेत्रको रोजगारी बन्द भएको छ । द्वन्द्वले आवागमन बन्द हुँदा रोजगारीमा जानेहरुको संख्या घटेको छ ।

नेपालीहरुको प्रमुख गन्तव्य रहेको क्षेत्रमा युद्धको असर पर्दा श्रम स्वीकृति दिन सरकारले बन्द गरेको छ । जसकारण रोजगारीमा जानेको संख्या फागुनमा घटेको हो । फागुनमा पहिलोचोटि रोजगार गर्न जानेहरुको संख्यामा विगतका महिनाभन्दा कमी आएको छ । फागुनमा २८ हजार ३८३ जना पहिलोपटक विदेसिएको तथ्यांक छ, जसमा २४ हजार १२९ जना पुरुष र चार हजार २५४ जना महिला छन् । संस्थागत माध्यमबाट २० हजार १३० जना जाँदा १७ हजार १६६ जना पुरुष र दुई हजार ४६९ जना महिला छन् ।

विभागका अनुसार उक्त महिना व्यक्तिगत श्रम स्वीकृति लिएर सात हजार ६४५ जना विदेसिएका छन् । यसरी जानेहरुमा पाँच हजार ९८६ जना पुरुष र एक हजार ६५९ जना महिला छन् । त्यस्तै, जिटुजीमार्फत जम्मा ५७४ जना जाँदा ४४० जना दक्षिण कोरिया र १३४ जना इजरायल गएको तथ्यांक छ । फागुनमा युवाहरु रोजगारीको सिलसिलामा १०४ वटा मुलुक पुगेका छन् । उनीहरु म्यानपावरबाट १४ र व्यक्तिगत श्रम स्वीकृतिमा ९० वटा मुलुकमा गएका छन् ।

Hardik health

मलेसिया प्रमुख गन्तव्य
पश्चिम एसिया द्वन्द्वग्रस्त बन्दा गत फागुनमा मलेसिया प्रमुख गन्तव्य बनेको छ । उक्त मुलुकमा सबैभन्दा धेरै १२ हजार ६०४ जना रोजगारीका लागि गएका छन् । लामो समयदेखि पहिलो गन्तव्य बन्दै आएको संयुक्त अरब इमिरेट्स (युएई) भने दोस्रोमा झरेको छ । युएईमा ११ हजार ४९२ जना गएका छन् । त्यसपछि, कतारमा छ हजार ७५७ जना, साउदी अरबमा छ हजार २२५ र रोमानियामा तीन हजार २६८ जना पुगेका छन् । यो फागुन महिनाको तथ्यांक हो ।

उक्त महिना महिलाहरुका लागि भने युएई नै पहिलो गन्तव्य बनेको छ । सो महिना एक हजार ६५२ जना महिला युएई गएका छन् । यद्यपि, विगतमा प्रत्येक महिना औसतमा दुई हजार ५०० को हाराहारीमा महिलाहरु युएई जाने गर्थे । त्यसपछि मलेसियामा ७५४, साइप्रसमा ६२०, कतारमा ५९९ र कुवेतमा ५०० जना गएका छन् ।

जिल्लागत तथ्यांक हेर्दा रोजगारीमा जाने सबैभन्दा धेरै धनुषाबाट दुई हजार ४७९ जना छन् । उक्त जिल्लाबाट दुई हजार ४४९ जना पुरुष विदेसिदा महिला भने ३० जनामात्र छन् । त्यसपछि, झापाबाट दुई हजार ३६५, मोरङबाट दुई हजार १४०, सिरहाबाट एक हजार ८४५ र महोत्तरीबाट एक हजार ७९१ जना रोजगारीका लागि विदेश लागेका छन् । सबैभन्दा कम मनाङबाट नौ जना पुरुष र दुई जना महिला गरी ११ जना परदेसिएका छन् ।

उक्त एक महिनामा सबैभन्दा बढी ३१ हजार २२३ जना दक्ष श्रमिक रोजगारीमा गएका छन् । दक्ष श्रमिकमध्ये २७ हजार २८१ जना पुरुष र तीन हजार ९४२ जना महिला छन् । त्यसपछि १३ हजार ५५४ जना अदक्ष कामदार विदेसिदा ११ हजार ६९४ जना पुरुष र एक हजार ८६० जना महिला छन् । त्यस्तै अर्धदक्ष ९३८, व्यावसायिक १७९ र उच्च दक्ष ५० जना कामदार रोजगारीमा गएका छन् ।

 


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP