Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मध्यपूर्वका श्रमिकको अवस्थाप्रति श्रम अधिकारवादी संस्थाको चिन्ता
मध्यपूर्वका श्रमिकको अवस्थाप्रति श्रम अधिकारवादी संस्थाको चिन्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २७, २०८२

काठमाडौं- मध्यपूर्वमा जारी युद्धका कारण त्यहाँ कार्यरत श्रमिकहरुले व्यहोर्नुपरेको जोखिमप्रति श्रम अधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । खाडीका श्रमिकको न्यायका लागि स्थापित संगठन ‘कोलिसन अन लेबर जस्टिस फर माइग्रेन्ट्स इन द गल्फ’ र यसका साझेदारहरूले द्वन्द्वग्रस्त क्षेत्रभरिका श्रमिकको पक्षमा ऐक्यवद्धता जनाएका छन् ।

कोलिसन अन लेबर जस्टिस फर माइग्रेन्ट्स इन त गल्फ, एन्टी स्लेभरी इन्टरनेसनल, विल्डिङ एण्ड उड वर्कर्स इन्टरनेसनल, इक्विडेम, ग्लोबल लेबर जस्टिस, अन्तर्राष्ट्रिय घरेलु कामदार महासंघ, आइटियुसी अफ्रिका र श्रमिक सञ्जालले संयुक्तरुपमा उक्त क्षेत्रमा कार्यरत श्रमिकले अत्यधिक जोखिमको सामना गरिरहेको बताएका हुन् । उक्त ऐक्यवद्धतापत्रमा जोर्डन, लेबनान, इजरायल, प्यालेस्टाइन, र इरानका श्रमिकहरु अझ बढी जोखिमको सामना गरिरहेको भनिएको छ ।

बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)मा ठूलो संख्यामा आप्रवासी कामदार छन् । यी मुलुकमा कम तलब पाउने, बाध्यताले रोजगारी गरिरहेका र आधारभूत श्रम अधिकारविना काम गरिरहेका कामदाहरु नै युद्धको मारमा परिरहेका औंल्याइएको छ । यस्ता कामदारहरु भाषा, रोजगारदाताको अनुमति, र कानुनी विभेदका कारण आपत्कालीन उद्धार प्रोटोकल र बम सेल्टरहरूको पहुँचबाट वञ्चित हुने गरेको भनिएको छ ।

Hardik health

द्वन्द्वले आर्थिक जोखिमलाई अझ बढाएको अवस्थामा रोजगारदाताहरूले द्वन्द्वलाई बहाना बनाएर ज्याला रोक्ने, बिदा नदिने वा क्षतिपूर्तिविना कामदारलाई कामबाट निकाल्ने जोखिम बढेको पनि भनिएको छ । यसले रेमिट्यान्स पठाउने उनीहरूको क्षमतामा असर गर्दा एसिया र अफ्रिकाका परिवार र अर्थतन्त्रलाई असर गर्ने जनाइएको छ ।

द्वन्द्वको कारण ज्यान गुमाउनेहरु श्रमिक वर्ग नै रहेको भन्दै यो समयमा आप्रवासी कामदारहरूप्रतिको दायित्व स्मरण गर्न सम्बन्धित मुलुकका सरकार, अन्तर्राष्ट्रिय संस्था र रोजगारदातालाई आग्रह गरिएको छ ।  आप्रवासीलाई मानवीय व्यवहार, हिंसाविरुद्धको सुरक्षा, राष्ट्रियताका आधारमा भेदभाव नगर्ने, स्वेच्छिक प्रस्थानको अधिकारलगायत सुनिश्चित गर्न तत्काल कदम चाल्न सुझाव दिइएको छ । 

हालसम्म युद्धका कारण युएईमा एक नेपालीसहित तीन जना, बहराइनमा एक र इजरायलमा एक जना आप्रवासी कामदारको मृत्यु भइसकेको छ । विभिन्न मुलुकमा ८० जनाभन्दा बढी श्रमिक मिसाइल आक्रमणमा परेर घाइते भएका उल्लेख गरिएको छ । मध्यपूर्वका १२ वटा मुलुकमा १७ लाखभन्दा बढि नेपाली कार्यरत रहेको सरकारी तथ्यांक छ ।

संगठनका सात सुझाव
हस्ताक्षर गर्ने संगठनका साथै गन्तव्य देश र मूल देशका सरकार, रोजगारदाता, भर्ना प्रक्रियामा संलग्न पक्ष र अन्तर्राष्ट्रिय संस्थाहरूलाई आप्रवासी कामदारको सुरक्षाका लागि गल्फमा मजदुर न्यायका लागि बनेको गठबन्धनले तत्काल निम्न कदम चाल्न माग गरेको छ ।

१) युद्धमा संलग्न सबै पक्षले शत्रुता रोकेर अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको सम्मान गर्नुपर्ने । 
२) गन्तव्य मुलुकले पूर्वसूचना प्रणाली, बम सेल्टर तथा सुरक्षा पूर्वाधार र मानवीय सहयोग सबै व्यक्तिहरूका लागि समानरूपमा पहुँचयोग्य बनाउनुपर्ने । दूतावासहरूले आप्रवासी समुदायले बुझ्ने भाषा र माध्यमबाट आपत्कालीन सेवाहरूको जानकारी प्रदान गर्नुपर्ने ।
३) गन्तव्य र स्रोत मुलुकका सरकारले द्वन्द्वप्रभावित मुलुकबाट देश छाडेर जाने आप्रवासी कामदारलाई तुरुन्तै सुरक्षित र निःशुल्क स्वदेश फिर्तीका लागि सहजीकरण गर्नुपर्ने । रोजगारदाताले काम छोड्न चाहने कामदारको बक्यौता र क्षतिपूर्ति तुरुन्त भुक्तानी गर्नुपर्ने ।
४) गन्तव्य देश र रोजगारदाताले कामदारको संगठनको स्वतन्त्रता र गन्तव्य वा मूल देशमा उनीहरूको संगठनमा पहुँच गर्न सक्ने क्षमतामा हस्तक्षेप गर्न नहुने । 
५) घरेलु कामदारको सूचना, स्रोत, स्वदेश फिर्ती, लैंगिक असमानता र यौन दुव्र्यवहारबाट संरक्षण सुनिश्चित गर्न विशेष उपायहरू अपनाउनुपर्ने ।
६) गन्तव्य देशले आप्रवासी कामदारलाई आवतजावतमा स्वतन्त्रता, आधारभूत श्रमअधिकार र न्यायमा पहुँच सुनिश्चित गर्न भिसामा कडाइ र एक्जिट पर्मिटको आवश्यकता तुरुन्त खारेज गर्नुपर्ने ।
७) सरकारले आपत्कालीन वित्तीय सुरक्षा प्रणाली लागू गरेर ज्याला चोरीमा संलग्न रोजगारदातालाई दण्डित गर्नुपर्ने ।
 


प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP