Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । चुनावी प्रतिबद्धतामा दलहरुले स्वदेशमै रोजगारी सिर्जना, युवालाई रोजगारीको अवसर तथा वैदेशिक रोजगारी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।

नयाँ सरकार गठन प्रक्रिया सुरु हुनै लाग्दा वैदेशिक रोजगारीबाट फर्किने श्रमिक (रिटर्नी)को व्यवस्थापन कसरी होला भन्ने आम चासो बढ्दै गएको छ । चुनावी परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमतसहितको शक्ति बन्ने संकेत देखाएसँगै यो विषयमा चासो बढेको हो । कारण रास्वपाले वैदेशिक रोजगारीमा रहेकाहरुलाई स्वदेशमै फर्कने वातावरण बनाउने वाचा गरेको छ ।

वैदेशिक रोजगार नेपालको अर्थतन्त्रको आधारशीला बन्दै आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हरेक वर्ष लाखौं युवाहरु वैदेशिक रोजगारीमा गइरहेका छन् । अघिल्लो आर्थिक वर्षमामात्र आठ लाख ३९ हजारभन्दा बढी श्रम स्वीकृति लिएर रोजगारीमा गएका थिए । हाल वैदेशिक रोजगारीमा ४० लाख नेपाली रहेको बताइन्छ ।

नेपालीहरुको प्रमुख रोजगार गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, मलेसियालगायतका मुलुक नै हुन् । पछिल्लो समय जापान, युरोपियन मुलुकहरुमा पनि जाने क्रम बढेको छ । विदेश जाने क्रम बढेसँगै निश्चित समयपछि उनीहरु स्वदेश फर्किन्छन् । रोजगारीमा जाने श्रमिकहरु प्रायः दुईदेखि पाँच वर्ष विदेशमा काम गरेपछि स्वदेश फर्किदै आएका छन् । अध्यागमन विभागको तथ्यांक हेर्दा प्रत्येक महिना विभिन्न प्रयोजनका लागि विदेश जाने र स्वदेश फर्किनेको संख्या करिब उस्तै देखिन्छ ।

Hardik health

खाडीलगायतका विभिन्न मुलुक गएका कतिपय भने श्रम स्वीकृति नवीकरण गरेर दशकौंसम्म एउटै कम्पनीमा गइरहन्छन् । खाडी मुलुकमा धेरै कमाइ नहुने हुँदा कतिपय श्रमिकहरु घर बनाउने, छोराछोरीको शिक्षालगायतको प्रयोजनका लागि एउटै कम्पनीमा दशकौं काम गर्ने गरेका छन् । नेपाल फर्किएपछि रोजगारीको टुंगो नहुने हुँदा उनीहरु पटक–पटक विदेसिने गरेको पाइन्छ ।

उदयपुर गाइघाटका जितबहादुर खड्का २०६८ सालमा साउदी अरेबियाको अरामको कम्पनीमा कन्स्ट्रक्सनमा गएका थिए । ४३ वर्षका खड्का हालसम्म चारपटक छुट्टीमा नेपाल आए । प्रभावसँग ‘भर्चुअल’ माध्यमबाट कुरा गर्दै उनले अझै दुई तीन वर्षपछिमात्रै कम्पनीबाट बिदा भएर आउने उनले बताए । ‘विदेश आएको त १४ वर्ष भयो नि । तर छोराछोरीले पढाइ सकेका छैनन्,’ उनले भने, ‘त्यहाँ आएपछि काम हुँदैन । गाईघाटमा घर बनाएको ऋण छ । छोराले ब्याचलर सक्न एक वर्ष बाँकी छन् । उसलाई कुनै राम्रो देश पठाएर फर्किन्छु ।’

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोजगारी र युवाको भविष्य प्रमुख मुद्दा बनेको छ । दलहरुले स्वदेशमै रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने र फर्किएका श्रमिकलाई पुनस्र्थापित गर्ने कार्यक्रममा जोड दिने बताएका छन् । तर विगतका अनुभवले यस्ता प्रतिबद्धताको कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ ।

केही वर्षअघि कोरोना महामारीका कारण हजारौं नेपाली स्वदेश फर्किन बाध्य भएका थिए । तर महामारी साम्य भएपछिको तथ्यांक हेर्दा रोजगारीमा जानेहरुको संख्या झन् बढ्दै गएको देखिन्छ । उक्त समयमा फर्किएका श्रमिकको व्यवस्थापन र पुनस्थापनाका लागि दीर्घकालीन योजना नभएको भन्दै आलोचना भएको थियो । कमाएर ल्याएको पुँजी लगानी गर्न चाहनेहरुका लागि सुरक्षित वातावरण नभएको वैदेशिक रोजगारीबाट फर्र्किएकाहरुले बताउने गरेका छन् ।

भएका कार्यक्रम छैनन् प्रभावकारी
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरु ‘रिटर्नी’का लागि केही कार्यक्रम सञ्चालन गरेको छ । उदाहरणका लागि वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएकाहरुका लागि उद्यमशीलता प्रवद्र्धन तथा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने कार्यक्रम अघि सारेको छ । तर यो कार्यक्रमबाट अधिकांश श्रमिकले लाभ लिएको पाइँदैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि स्वीस सरकारसँगको सहकार्यमा रिइन्टिग्रेसन अफ रिटर्नी माइग्रेन्ट वर्कर्स(रेमी) परियोजना सञ्चालन गर्दै आएको छ । तर यस्ता कार्यक्रममा पनि दलमा आबद्ध भएका श्रमिकहरु मात्र जोडिएको पाइन्छ । केही समयअघि श्रम मन्त्रालयको कार्यक्रममा भेटिएकी नुवाकोटकी ४४ वर्षीया हिरा पोखरेलले उक्त कार्यक्रमभित्र संगठित रिटर्नीहरु कुनै न कुनै दलमार्फत जोडिएको बताएकी थिइन् । आफ्नो जिल्लाको संगठनको नेतृत्व एमालेले गरिरहेको उनको भनाइ थियो । 

हरेक क्षेत्रमा राजनीतिले प्रवेश पाउँदा यस्ता कार्यक्रमबाट पहुँच नभएका श्रमिकहरुले लाभ लिन नसकेको देखिन्छ । चुनावको नतिजा लगभग आइसक्दा नयाँ सरकारसामु वैदेशिक रोजगारीको व्यवस्थापनसँगै फर्किएका श्रमिकलाई यहिँ अवसर प्रदान गर्नु प्रमुख चुनौती हो । श्रमिकहरुको ज्ञान र सीपको सदुपयोग गर्ने क्षेत्रमा नयाँ सरकारको परीक्षा हुने देखिन्छ ।


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP