Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सरकारको अनुगमनबाट मेडिकल व्यवसायी असन्तुष्ट
पेसागत असुरक्षा सिर्जना गरेको आरोप सरकारको अनुगमनबाट मेडिकल व्यवसायी असन्तुष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १२, २०८२

 

यो अनुगमन नियमित प्रक्रिया हो । हाम्रो ऐन, नियम, कानुनमा भएको व्यवस्थाअनुसार नै भइरहेको छ । मेडिकल या कुनै एउटा संस्थामामात्र सीमित हुँदैन । क्रमिकरुपमा अन्य क्षेत्रमा पनि गर्दै जान्छौं ।
पिताम्बर घिमिरे
प्रवक्ता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राल

काठमाडौं- सरकारको अनुगमनप्रति मेडिकल व्यवसायी आक्रोशित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत केही हप्तादेखि गरिरहेको अनुगमनप्रति असन्तुष्टि जनाउँदै राज्यले नीति नियमभन्दा बाहिर गएर काम गरिरहेको आरोप व्यवसायीले लगाएका छन् ।

वैदेशिक रोजगारीमा देखिएको विकृतिलाई अन्त्य गर्न भन्दै हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको अनुगमनलाई तीव्रता दिएको छ । हालसम्म अनुगमन भएजति सबैजसो संस्थामा कुनै न कुनै समस्या देखिएको मन्त्रालयले जनाएको छ ।

Hardik health

मेडिकल व्यवसायीहरुले भने रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गुणस्तरीय बनाउन विशेषज्ञ समितिले १८ महिनाको अध्ययनपछि दिएका सुधारका सुझावलाई मन्त्रालयले बेवास्ता गर्दै निश्चित समूहको पृष्ठपोषण गर्नतर्फ लागेको आरोप लगाएका छन् । सरकारी परीक्षणमासमेत १० हजारसम्म लिने गरेकोमा निजी क्षेत्रले लिँदाचाहिँ आर्थिक भार भयो भनेर गलत प्रचार भइरहेको एक व्यवसायीले बताए । व्यवसायीलाई अर्बौं लगानी गर्न बाध्य पारेर उल्टै पेसागत असुरक्षा सिर्जना गरेको भन्दै उनले आक्रोश पोखे ।

‘सरकारले आफैं गरेको परीक्षणको शुल्क १० हजारसम्म लिएको छ । अनि निजी क्षेत्रका हकमामात्र श्रमिक आर्थिक भार भयो भन्ने प्रचारबाजी कत्तिको जायज छ ?,’ उनले भने, ‘हरेक मन्त्री आएपिच्छे नयाँ नियम बनाएर अर्बौं लगानी गर्न बाध्य बनाउने अनि पेसाको सुरक्षात कहाँ हो कहाँ उल्टै धरपकड गर्नेलाई के बुझ्ने ?’

‘स्पेसल टास्क फोर्स’ र मन्त्रालयका कर्मचारीसमेत गरी १६ जनाको टोलीले गत माघ २५ गतेबाट अनुगमन गरिरहेको छ । उक्त टोलीले पहिलो चरणमा ५० वटा संस्थाको अनुगनको रिपोर्ट श्रममन्त्री राजेन्द्रसिंह भण्डारीलाई बुझाइसकेको छ । रिपोर्टमा स्वास्थ्य संस्थाले आवश्यक परीक्षण नै नगरी फिट भएको रिपोर्ट दिने गरेको, पर्याप्त जनशक्तिविनै संस्था सञ्चालन गरेको, राज्यलाई कर छली गरेको, गैरकानुनीरुपमा विदेशमा पैसा पठाएको, सिण्डिकेट गरेकोजस्ता १२ वटा बुँदामा समस्या औंल्याइएको थियो । 

स्वास्थ्य व्यवसायीहरुले भने मन्त्रालयले एकपक्षीय निर्णय गरेको दाबी गर्दै आएका छन् । रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने व्यवसायमा दुई हजारभन्दा बढी दक्ष स्वास्थ्य प्राविधिक कार्यरत रहेको बताइन्छ । सरकारको कदम व्यवसायलाई विस्थापित गराउने खालको भएको भएको अर्का व्यवसायीले बताए । युएईमा हुने प्रहरी रिपोर्ट प्रमाणीकरण, कतार भिसा सेन्टरले लिइरहेको शुल्कजस्ता विषयमा भने सरकारले केही गर्न नसकेको ती व्यवसायीको आरोप छ ।

‘हाल युएईले एउटा छाप हानेको १४ हजार २०० रुपैयाँ लिइरहेको छ । कतार भिसा सेन्टरले स्वास्थ्य परीक्षणमा २० हजारसम्म लिने गरेको छ । खोइ त्यो हेरेको ?,’ उनले भने, ‘अनि हामी स्वदेशमै केही गरौं भन्नेहरुलाई पनि खाडी नै जाऊ त भन्न खोजेको होला नि !’
मन्त्रालयले भने व्यवसायीलाई तर्साउन या विस्थापित गर्नका लागि अनुगमन नभएको जनाएको छ । वैदेशिक रोजगारीमा विभिन्न समस्या भएकाले क्रमिक रुपमा सुधार गर्दै लैजानका लागि अनुगमन थालिएको प्रवक्ता पिताम्बर घिमिरेले बताए । यो नियमित प्रक्रिया भएकाले एउटा संस्थामामात्र सीमित नहुने उनले बताए । 

‘यो अनुगमन नियमित प्रक्रिया हो । हाम्रो ऐन, नियम, कानुनमा भएको व्यवस्थाअनुसार नै भइरहेको छ । मेडिकल या कुनै एउटा संस्थामामात्र सीमित हुँदैन । क्रमिकरुपमा अन्य क्षेत्रमा पनि गर्दै जान्छौं,’ प्रवक्ता घिमिरेले भने, ‘स्वास्थ्य संस्थाको अनुगमन गर्ने टोलीले प्रतिवेदन बुझाएपछि वैदेशिक रोजगारसँग सम्बन्धित सबै संस्थाको अनुगमन हुन्छ ।’

स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउने, सबै देशको मेडिकल सबैले गर्न पाउने सुनिश्चतता, आधुनिक उपकरणबाट परीक्षणलगायतको व्यवस्था गरेपछि निरन्तर अनुगमन गर्नाले यस क्षेत्रका समस्या हट्दै जाने व्यवसायीको दाबी छ । 
 


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP