Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२

काठमाडौं- सरोकार भएकाहरूले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सबै सेवा सुविधा एकीकृत प्रणालीमार्फत वितरण गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोषलगायत सेवाको एकद्वार प्रणाली लागू गर्दा श्रमिकको समय र खर्चको बचत हुने उनीहरूको धारणा छ । 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘वैदेशिक रोजगारमा श्रमिकको सहजतासम्बन्धी निजी क्षेत्रको धारणा’ विषयक छलफलमा निजी, सरकारी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी एवं विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूबीच विचारविमर्श भएको थियो । 

छलफलमा राष्ट्रिय जीवन बिमा कम्पनीका सहायक व्यवस्थापक सुजितप्रसाद साहले वैदेशिक रोजगारमा जाने श्रमिकले अनिर्वाय बिमा गर्नुपर्ने भनिए पनि श्रमिकले पर्याप्त जानकारी नपाउँदा पूर्ण रूपमा लागू हुन नसकेको बताए । उनले वैदेशिक रोजगार व्यवसायीले बिमा गरिए पनि श्रमिकलाई त्यसको फाइदा र बेफाइदा नै थाहा नपाउने चुनौती रहेको बताए । 

Hardik health

राष्ट्रिय व्यवसाय सीप प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य विष्णुगोपाल गड्तौलाले २०६० सालदेखि वैदेशिक रोजगारमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिने व्यवस्था सुरु भएको बताउँदै वर्तमान अवस्थामा आइपुग्दा समयसापेक्ष पाठ्यक्रम परिमार्जन गर्न जरुरी रहेको बताए । सरकारलाई पटकपटक पाठ्यक्रम परिमार्जन गर्न दबाब दिइएको भन्दै उनले प्रशिक्षणमा शिक्षकहरूको अभाव भए पनि पहिलाभन्दा तालिम प्रभावकारी बनाउने प्रयत्न गरिएको जानकारी दिए ।

नेपाल मेडिकल व्यवसायी सङ्घका प्रतिनिधि निपोन शेरचनले खाडी मुलुकमा जाने श्रमिकलाई गर्मीको समस्याले गर्दा केही महत्त्वपूर्ण जाँच अनिवार्य गर्नुपरेको बताए । यसकारण ३८ प्रकारका स्वास्थ्य परीक्षण मापदण्ड अनिवार्य भएको उनले खुलाए । आप्रवासी महिला कामदार समूहका प्रतिनिधि विजया श्रेष्ठले सरकारले अनिवार्य गरेको बिमा, सामाजिक सुरक्षा कोषलगायत सेवा वितरण एउटै प्रणालीबाट लागू हुनसके श्रमिकले कठिन प्रक्रिया झेल्नु नपर्ने बताए । श्रमिकले सजिलै सेवा पाउन डिजिटल प्रणाली अब्बल बनाउनु आवश्यक रहेको उाको सुझाव थियो । 

वैदेशिक रोजगार बोर्ड सचिवालयका पूर्वकार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारलाई श्रमिकमैत्री बनाउन एकीकृत सेवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारको श्रम रोजगार नीति बनाउने प्रक्रियामा सुरु भएको जानकारी दिए।सञ्जालका उपाध्यक्ष चाँदनी राणाले सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार व्यवसाय बनाउन सरकार, निजी क्षेत्र र नागरिक समाजको ऐक्यबद्धता जरूरी रहेको बताए ।
 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP