Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
अनुगमन भएजति सबै समस्याग्रस्त श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १०, २०८२

 

उजुरी नै परेर अनुगमन भएकाले प्रायः सबै नै कारबाही गर्ने किसिमको देखिएको छ । अहिलेसम्मका सबै संस्था कुनै न कुनै रुपमा दोषी देखिन्छन् । पटक-पटक परीक्षण गराएको, परीक्षणको बढी रकम लिएको, मागपत्र नआई र अन्तर्वार्ता पनि नभई मेडिकल गर्न पठाएकोलगायत समस्याहरु पाइएको छ । 
लवराज जोशी
सहसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु समस्याग्रस्त देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन गरेजति सबैजसो संस्थामा कुनै न कुनै किसिमको बेथिति रहेको पाइएको हो ।

मन्त्रालयले गत माघ २५ गतेदेखि स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको थियो । श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका विकृतिको अन्त्य गर्ने भन्दै गठन गरेको ‘स्पेसल टास्क फोर्स’सहित १६ जनाको अनुगमन टोलीलाई मन्त्रालयका सहसचिव लवराज जोशी र उपेन्द्र पौडेलले नेतृत्व गरिरहेका छन् । अनुगमन गरिएका सबैजसो संस्थामा कुनै न कुनै अनियमितता भेटिएको सहसचिव जोशीले बताए ।

Hardik health

‘उजुरी नै परेर अनुगमन भएकाले प्रायः सबै नै कारबाही गर्ने किसिमको देखिएको छ । कतिसम्म कारबाही गर्ने भन्नेचाहिँ मात्रामा भरपर्ने भयो । अहिलेसम्मका सबै संस्था कुनै न कुनै रुपमा दोषी देखिन्छन्,’ उनले भने, ‘पटक-पटक परीक्षण गराएको, परीक्षणको बढी रकम लिएको, मागपत्र नआई र अन्तर्वार्ता पनि नभई मेडिकल गर्न पठाएकोलगायत समस्याहरु पाइएको छ ।’

मेडिकल व्यवसायीहरुले राज्यलाई कर छली गरेकोसमेत भेटिएको जोशीले बताए । उनका अनुसार लेखापरीक्षण प्रतिवेदनमा स्वास्थ्यपरीक्षण गरेको संख्याभन्दा थोरै संख्या देखाउने तथा एउटै व्यक्तिलाई पटक-पटक परीक्षण गर्न पठाए पनि बिल भर्पाइ एकपटकको मात्र दिने गरेको भेटिएको हो । मन्त्रालयको टोलीले पहिलो चरणको प्रतिवेदन श्रममन्त्री भण्डारीलाई केही दिनअघि बुझाइसकेको छ । जसमा स्वास्थ्य संस्थाले आवश्यक परीक्षण नै नगरी फिट भएको रिपोर्ट दिने गरेको, आवश्यक जनशक्तिविनै संस्था सञ्चालन गरेको, गुनासो सुन्ने संयन्त्र नराखेकोजस्ता समस्या भेटिएको दाबी गरिएको छ । 

हाल रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने २०० भन्दा धेरै संस्था छन् । तर मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३६ वटा संस्थाको ‘सिण्डिकेट’ भएकोले ती संस्थामा बढी बेथिति देखिएकोसमेत प्रतिवेदनले उजागर गरेको छ । साथै, अर्बौं रकम बैंक खातामार्फत मलेसिया पठाएको पनि भेटिएको छ । बायोमेट्रिक प्रणाली प्रयोग गरेबापत ३६ वटा स्वास्थ्य संस्थाले मलेसियाको ‘बेस्टिनेट एसडिएन बर्हाड’लाई म्याक्रो टेक प्रालिले तिर्नुपर्ने शुल्क भुक्तानी गर्न सन् २०२० जुन १६ मा मलेसियाली दूतावासले नेपाल राष्ट्र बैंक बालुवाटारमा पत्राचार गरेको थियो । ३६ वटा संस्थाले अनुमतिविना म्याक्रो टेकको भ्याट बिल काटी तीन हजार १६४ रुपैयाँ उठाई म्याक्रोको सन्राइज बैंकको खातामा रकम जम्मा गर्ने गरेको र बैंक खातामार्फत मलेसिया ट्रान्स्फर गर्ने गरेको पाइएको उल्लेख गरिएको छ ।

उक्त रिपोर्टमा कुनै पनि परीक्षण नै नगरीकन रिपोर्ट दिनेदेखि खारेज भइसकेको शुल्क नौ हजार ५०० रुपैयाँ नै लिएको पनि पाइएको उल्लेख गरिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ बमोजिमको मापदण्ड पालना नगरेको अनुगमनका क्रममा भेटिएको छ ।

मन्त्रालयले उजुरीका आधारमा स्वास्थ्य संस्थाको अनुगमन गरेको जनाएको छ । यस्ता उजुरीहरु भौतिक, लिखित, सामाजिक सञ्जाल तथा स्वयं मन्त्रीलाई नै आएको पनि जनाइएको छ । साथै, कतिपय शंकास्पद संस्थाहरुमा पनि अनुगमन भइरहेको छ । समस्या देखिएका संस्थामाथि के कस्तो  कारबाही हुन्छ भनेर वैदेशिक रोजगार ऐनमा स्पष्ट व्यवस्था नभएकाले त्यस्ता संस्थालाई अन्य निकायमार्फत कारबाही गरिने जोशीले बताए । ‘वैदेशिक रोजगार ऐनले मेडिकल चेकअपको सम्बन्धमामात्रै भन्छ । त्योभन्दा परकोलाई सम्बन्धित अरु निकायमा पठाउनुपर्छ,’ उनले भने, ‘पठाउने तयारी भइरहेको छ । रिपोर्टका आधारमा मन्त्रीज्यूबाट निर्देशन आउला ।’

हाल अनुगमन टोलीले दोस्रो चरणको अनुगमनलाई निरन्तरता दिइरहेको छ । यसै हप्ताभित्र बाँकी स्वास्थ्य संस्थाको अनुगमन सकिने बताइएको छ । स्वास्थ्य संस्थाको सकिएपछि म्यानपावर कम्पनीलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सबै क्षेत्रको अनुगमन चरणबद्धरुपमा गर्ने तयारी मन्त्रालयको छ । 
 


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP