Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासी श्रमिकका लागि क्रोएसियामा अवसरसँगै चुनौती
आप्रवासी श्रमिकका लागि क्रोएसियामा अवसरसँगै चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ७, २०८२
  • विदेशी कामदारहरुमा सामाजिक एकीकरण, अपनत्वको भावना र भेदभावका अनुभवमा महत्‍वपूर्ण चुनौती
  • ८८.३ प्रतिशत कामदारको चाहनाः क्रोएसियाली नागरिकको जस्तै गुणस्तरीय जीवनको अधिकार
  • लगातार भेदभाव महसुस गर्ने १०.७ प्रतिशत 

काठमाडौं- धेरै नेपाली रहेको युरोपेली मुलुक क्रोएसियामा श्रमिकहरु हिंसामा पर्ने गरेको पाइएको छ । उनीहरुले हिंसा र उत्पीडनका बाबजुद त्यहाँको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको पछिल्लो सर्वेक्षणले देखाएको छ ।

क्रोएसियाको आप्रवासन अनुसन्धान संस्थाद्वारा हालसालै प्रकाशित एक सर्वेक्षणले विदेशी कामदारहरुमा सामाजिक एकीकरण, अपनत्वको भावना र भेदभावका अनुभवमा महत्‍वपूर्ण चुनौतीहरू रहेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । सो सर्वेक्षण ५ देखि १७ डिसेम्बरसम्म एसिया र अफ्रिकाका ४२९ कामदारहरुमाथि प्रत्यक्षरुपमा गरिएको जनाइएको छ । सहभागीहरुमा सबैभन्दा धेरै नेपाल, फिलिपिन्स र भारतका कामदार रहेको उल्लेख गरिएको छ ।

सर्वेक्षणका अनुसार ८८.३ प्रतिशत कामदारले क्रोएसियाली नागरिकको जस्तै गुणस्तरीय जीवनको अधिकार पाउनुपर्ने जनाएका थिए । सहभागी ४० प्रतिशतले क्रोएसियाली साथी नभएको जनाएका थिए । २४ प्रतिशतले कहिल्यै स्थानीय गतिविधिमा भाग नलिएको तथा ३२.६ प्रतिशतले कहिलेकाहीँ मात्र भाग लिएको जनाएका थिए ।
७० प्रतिशतले कहिलेकाहीँ भेदभाव महसुस गरेको र १०.७ प्रतिशतले लगातार भेदभाव महसुस गरेको भनी बताएको उल्लेख गरिएको छ । सो अध्ययनका अनुसार सहभागी एक डेलिभरी राइडरले काम गर्ने क्रममा दुईपटक दुव्र्यवहार भएको बताएका थिए । युवाहरूको समूहले उनलाई आफ्नै देश फर्कन भनेका थिए भने डेलिभरी ब्याग चोर्ने प्रयाससमेत गरेको बताइएको छ । त्यस्तै, अर्का एक जना कामदारले आफूलाई कोठाको प्रतिमहिनाको शुल्क २७० युरो लिएको र आफूखुसी नियमहरु लगाइएको बताएका थिए । 

Nada Auto Show 2026
Hardik health

सर्वेक्षणमा सहभागीमध्ये १९.३ प्रतिशतसँग स्वास्थ्य बिमा नभएको पाइएको उल्लेख गरिएको छ । सहायता आवश्यक पर्दा ४०.८ प्रतिशत कामदारले आफ्नो रोजगारदातासँग सम्पर्क गर्ने गरेको र २५.२ प्रतिशत अन्य आप्रवासीमा निर्भर हुने गरेको देखिएको छ ।   शरणार्थी अनुसन्धान संस्थाको सर्वेक्षणले ६० प्रतिशतभन्दा बढी क्रोएसियालीले विदेशी कामदारको उपस्थितिप्रति असन्तुष्टि व्यक्त गरेको देखाएको छ । उनीहरुले सम्भावित अपराध वृद्धि, तलबमा दबाब, रोजगारी गुम्ने र सांस्कृतिक भिन्नताहहरुलाई कारण देखाएको पाइएको छ । त्यहाँको राष्ट्रिय अपराध तथ्यांकले सन् २०२४ मा नेपाली नागरिकमाथि रिपोर्ट भएका अपराध बढेकोसमेत देखाएको छ । भारतीय, फिलिपिनो र बंगलादेशी नागरिकको हकमा पनि त्यस्तै अवस्था रहेको भनिएको छ ।  

त्यहाँको आन्तरिक मन्त्रालयको तथ्यांकअनुसार सन् २०२५ को जनवरी–फेब्रुअरीमा ३४ हजार ४४० स्थायी आवास र कार्य अनुमति जारी भएका थिए । जसमा नेपालीहरू शीर्षस्थानमा रहेको जनाइएको छ । आठ हजार २०० अर्थात् करिब २४ प्रतिशत अनुमति नेपालीले लिएको तथ्यांक छ । त्यसपछि यस्तो अनुमति लिनेमा फिलिपिनो चार हजार ४०० र भारतीय चार हजार रहेको जनाइएको छ । गत वर्षको पर्यटकीय सिजन बचाउन विदेशी कामदारले महत्‍वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

पछिल्लो समय उदयीमान गन्तव्य बनेको क्रोएसिया पुगेकाहरुले जीवनस्तर सुधारिएको पनि बताएका छन् । ४५.९ प्रतिशत सहभागीले यस्तो बताउँदा ३२.४ प्रतिशतले सामान्य सुधार भएको भनेका थिए । सात प्रतिशतले भने जीवन स्तरमा गिरावट आएको बताएका छन् । क्रोएसियाको जनसंख्या घट्दै जाँदा प्रमुख क्षेत्रमा जनशक्तिको अभाव भएको बताइन्छ । जसकारण केही वर्ष यता एसियाबाट हजारौं विदेशी कामदारहरु लग्न थालिएको छ । सन् २०२३ मा क्रोएसिया युरोपको पासपोर्टरहित शेञ्जेन क्षेत्रसँग समाहित भएपछि तीव्र भएको पाइन्छ ।

विश्व बैंकको तथ्यांकअनुसार सन् २०२३ मामात्रै क्रोएसियाबाट ६८.५ मिलियन युरोबराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । क्रोएसिया, अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा नेपालबाट रोजगारी लागि सबैभन्दा बढी श्रमिक लैजाने युरोपियन मुलुक बनेको थियो । त्यस वर्ष १५ हजार ३६५ जना रोजगारीका लागि त्यहाँ गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । त्यस्तै, आव २०८१÷८२ मा १३ हजार ८३५ जना क्रोएसिया गएका थिए ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP