Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सात महिनामा चार लाख ७८ हजारभन्दा बढीले रोजगारीका लागि छाडे देश
युएई पुनः प्रमुख गन्तव्य, माघ महिनामामात्रै ७० हजारभन्दा बढी विदेसिए सात महिनामा चार लाख ७८ हजारभन्दा बढीले रोजगारीका लागि छाडे देश
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ६, २०८२

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा साढे चार लाखभन्दा बढी युवा रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत साउनदेखि माघसम्मको अवधिमा चार लाख ७८ हजार १७६ जना रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका हुन् । यो संख्या व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर गएकाहरुको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवमा रोजगारीमा जानेहरु १२ हजार ६६८ जनाले बढे छन् । गत आव २०८१/८२ को यसै अवधिमा चार लाख ६५ हजार ५०८ जना रोजगारीमा गएका थिए । विभागका अनुसार पछिल्लो महिना माघमामात्रै ७० हजार ५०३ जनाले मुलुक छोडेका छन् । जसमा ६२ हजार १६२ जना पुरुष र आठ हजार ३४१ जना महिला छन् । उक्त महिना २६ हजार ८०७ जना म्यानपावर कम्पनीमार्फत रोजगारीमा गएका तथ्यांकमा देखिन्छ । यसरी जानेमा २४ हजार २८१ जना पुरुष र दुई हजार ५२६ जना महिला रहेका छन् । 

त्यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर १० हजार ३६० जना गएका छन् । यसरी जानेमा आठ हजार ४० जना पुरुष र दुई हजार ३२० जना महिला छन् । उक्त महिनामा ३२ हजार ६९१ जना पुनः श्रम स्वीकृति लिएर गएको तथ्यांक छ । पुनः श्रम स्वीकृति लिनेमा २९ हजार २८८ जना पुरुष र ३२ हजार ६९१ महिला छन् ।  माघमा ३७ हजार ८१२ जना पहिलोपटक रोजगारीमा गएका छन् । ३२ हजार ८७४ जना पुरुष र चार हजार ९३८ जना महिला रोजगारीका लागि पहिलोपटक विदेश यात्रामा निस्किएका हुन् । यस्तै जिटुजी प्रणालीमार्फत ५७९ जनाले रोजगारीको अवसर पाएका छन् । जसमा ५२२ जना दक्षिण कोरिया र ५७ जना इजरायल गएका विभागको तथ्यांकमा उल्लेख छ ।

Nada Auto Show 2026
Hardik health

माघमा युवाहरु रोजगारीको खोजीमा १०७ वटा मुलुकमा गएका छन् । उनीहरु संस्थागत माध्यमबाट १३ वटा मुलुक जाँदा व्यक्तिगत श्रम स्वीकृतिमा ९१ वटा मुलुक पुगेका छन् । विभागका अनुसार २५ वटा मुलुकमामात्र १०० जनाभन्दा बढी श्रमिक गएका छन् । २१ वटा मुलुकमा एक जना कामदारमात्र गएको तथ्यांक छ ।
 
लयमा युएई रोजगारी
नेपालीहरुको प्रमुख रोजगार गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) जेन–जी आन्दोलनपछि सातौं स्थानसम्म पुगेको थियो । गत पुसमासमेत युएई तेस्रो प्रमुख गन्तव्य थियो । माघबाट भने युएईको रोजगारीले पुरानै लय समात्न थालेको छ । सो महिनामा सबैभन्दा बढी १५ हजार १३७ जना युएई गएका छन् । यद्यपि, भदौअघिको तथ्यांक हेर्दा प्रत्येक महिना २० देखि २५ हजार युवा उक्त मुलुक जाने गरेका थिए । जेन-जी आन्दोलनपछि सुरक्षा चुनौतीका कारण युएई रोजगारी केही समय बन्द भएको थियो ।

माघमा युएईपछि धेरै युवा साउदी अरब गएका छन् । साउदीमा ११ हजार ५९२ जना गएको विभागको तथ्यांक छ । त्यसपछि कतारमा ११ हजार ५८०, मलेसियामा १० हजार ३४१ र कुवेतमा पाँच हजार ४४३ जना गएका छन् । जिल्लागत तथ्यांकअनुसार सबैभन्दा धेरै झापाबाट तीन हजार १२८, धनुषाबाट तीन हजार ११६, मोरङबाट दुई हजार ९७९, सिरहाबाट दुई हजार ५१३ र महोत्तरीबाट दुई हजार १६० जना रोजगारीमा गएका छन् । सबैभन्दा कम भने मनाङबाट १९, मुस्ताङबाट २१, हुम्लाबाट ५१, डोल्पाबाट ७० र मुगुबाट ८८ जना गएका छन् । 

माघमा रोजगारीमा गएकाहरुमध्ये सबैभन्दा धेरै ४१ हजार ४९५ जना सीपयुक्त कामदार रहेका छन् । अदक्ष कामदार १७ हजार ७३१ जना गएका छन् । त्यस्तै, अर्धदक्ष कामदार १० हजार ८६८, व्यावसायिक ३१९ र उच्च दक्ष ९० जना कामदार विदेसिएका छन् ।
 


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP