काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । आज छापावाल सुनकाे मूल्य ताेलाको ११ सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ६हजार ६ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख ५ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला ५० रुपैँयाले बढेकाे छ । आज चांँदीको मोल प्रतितोला ५ हजार २ सय ९० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै,मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैँयामा कारोबार भएकाे थियाे ।