Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस समस्या समाधानका लागि कोरिया जाने तयारीमा सरकारी टोली
श्रम सम्झौता नवीकरणको एजेण्डामा पनि छलफल गरिने इपिएस समस्या समाधानका लागि कोरिया जाने तयारीमा सरकारी टोली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २७, २०८२

 

कोरियाले छलफलका लागि २६ र २७ फेब्रुअरीको मिति प्रस्ताव गरेको छ । हामीले हुन्छ भनेका छौं । बैठकमा के-के राख्ने भन्ने विषय तय हुँदै छ ।
पिताम्बर घिमिरे
प्रवक्ता, श्रम मन्त्रालय

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस)मा देखिएको समस्या समाधानका लागि नेपाली टोली कोरिया जाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यही फागुन १४ र १५ गतेका लागि कोरियाले निम्तो दिएको हो ।

इपिएस भाषा परीक्षा उत्तीर्ण भएर पनि कोरिया जान नपाएका युवाहरु निरन्तर आन्दोलनमा उत्रिएपछि मन्त्रालयले समस्या समाधानका लागि कोरियालाई पत्राचार गरेको थियो । जसको जवाफ कोरियाले करिब एक हप्ता अगाडि पठाएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए । 

Nada Auto Show 2026
Hardik health

सोही जवाफमा कोरियाले प्रस्ताव गरेकै मितिमा सरकारी टोली जाने गरी तयारी भइरहेको उनले बताए । त्यहाँ गएर आन्दोलनरत पक्षले माग गरेका कुन-कुन विषयवस्तु राख्नु सान्दर्भिक हुन्छ भनेर मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ । ‘कोरियाले छलफलका लागि २६ र २७ फेब्रुअरीको मिति प्रस्ताव गरेको छ । हामीले हुन्छ भनेका छौं । बैठकमा के-के राख्ने भन्ने विषय तय हुँदै छ,’ प्रवक्ता घिमिरेले भने, ‘आन्दोलनरत पक्षले राखेका विषयलाई कूटनीतिकरुपमा राख्न कत्तिको सान्दर्भिक हुन्छ भनेर हेर्दै छौं ।’

त्यस्तै, कोरियासँग सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरण २०२० मा सकिएको थियो । यो भ्रमणका क्रममा श्रम सम्झौता नवीकरणको विषयमा पनि छलफल गर्ने मन्त्रालयको तयारी छ । सचिवस्तरीय टोलीमा को-को जाने भन्ने निश्चित भइनसकेको घिमिरेको भनाइ छ । ‘यो भ्रमणमा श्रम सम्झौता नवीकरणको विषयमा पनि छलफल हुन्छ । त्यहाँ श्रमसचिवसँग वार्ता हुन्छ,’ प्रवक्ता घिमिरेले भने, ‘सचिवज्यूको नेतृत्वमा जाने हो, को-को जाने भन्ने टुंगो छैन । यसबारे मन्त्रिपरिषद्मा जानकारी गराउन पनि बाँकी छ ।’

गत पुस १६ गतेबाट ग्वार्कोस्थित इपिएस कोरिया शाखामा लगातार आन्दोलन भएपछि पुस १८ गते मन्त्रालयले आन्दोलित युवाहरुलाई वार्तामा बोलाएको थियो । सो वार्तापछि मन्त्रालयको टोली कोरिया गएर उक्त समस्याहरु राख्ने भन्दै पत्राचार गरेको थियो । 

आन्दोलित युवाहरुसँगको बैठकमा मन्त्रालयले कोरिया सरकारसँग रोस्टर अवधि थप गर्न पहल गर्ने, कोटा वृद्धिका लागि आवश्यक कूटनीतिक पहल गर्ने र रोस्टरमा भएकाहरुको विवरण पारदर्शीरुपमा रोजगारदाताकोमा पठाउनेलगायतका विषयमा पहल गर्ने निर्णय गरेको थियो । मन्त्रालयसँग भएको वार्ता निष्कर्षविहीन नहोस् भन्दै पछिल्लोपटक गत माघ ६ गतेबाट पीडित युवाहरुले भैँसेपाटीस्थित एचआरडी कार्यालयमा शान्तिपूर्ण दबाब दिँदै आएका थिए । आफ्ना कर्मचारी भएको कार्यालयमा निरन्तर आन्दोलन भएपछि कोरियाले उक्त विषयलाई सुरक्षा चुनौतीको रुपमा लिएको थियो ।

सन् २०२४ मा जान भनेर आवेदन दिएका एक लाख ८१ हजार २९९ जना युवामध्ये १८ हजार २८२ जना परीक्षामा उत्तीर्ण भएको श्रम मन्त्रालयको तथ्यांक छ । जसमध्ये आठ हजार ९१२ जनाको रोस्टर अवधि यही २०२६ भित्र सकिँदै छ । कम्पनीमा एक पटक पनि फाइल नपुगी रोस्टर अवधि सकिएको भन्दै कोरिया जाने सपना देखेका युवाहरु आक्रोशित छन् । 

भाषा परीक्षणमा कडाइ गरिने
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिइस)अन्तर्गत जाने आप्रवासी कामदारका लागि कोरियन भाषा परीक्षणमा कडाइ गर्ने भएको छ । कोरियाको रोजगार तथा श्रम मन्त्रालयअन्तर्गतको मानव संसाधन विकास सेवाले सोमबार उक्त घोषणा गरेको हो ।

‘द कोरिया टाइम्स’का अनुसार ई-९ भिसामा कामदारको अंकमा आधारित छनोट प्रक्रियामा लिइने अन्तर्वार्ता र सीप परीक्षण परिमार्जन हुने भएको छ । भाषासम्बन्धी समस्याका कारण कार्यस्थल दुर्घटनामा हुने वृद्धिलाई मध्यनजर गर्दै बोल्ने क्षमतामा बढी जोड दिइने भएको छ ।

ई-९ भिसामा गएका कामदारको कोरियन भाषाको क्षमतासँग सम्बन्धित सर्वेक्षणपछि यो निर्णय गरिएको समाचारमा भनिएको छ । सर्वेक्षणमा करिब आधा रोजगारदाता आफ्नो कामदारको कोरियन भाषा क्षमतामा सन्तुष्ट नभएको पाइएको थियो । ४८.९ प्रतिशत रोजगारदाताले कामदारले कामसम्बन्धी निर्देशन नबुझेको र ३६.७ प्रतिशतले सुरक्षा नियम नबुझेको बताएका थिए । 

सन् २०२२ मा घातक कार्यस्थल दुर्घटनामा ९.२ प्रतिशत, २०२३ मा १०.४ प्रतिशत र २०२४ को छ महिनामा ११.८ प्रतिशत विदेशी कामदार परेको अध्ययनले देखाएको छ । बढ्दो दुर्घटनाको तथ्यांकले त्यहाँको राष्ट्रिय मानवअधिकार आयोगलाई सुधारात्मक कदम चाल्न प्रोत्साहित गरेको उल्लेख गरिएको छ । विभिन्न अध्ययनले विदेशी कामदारको मृत्युदर कोरियाली कामदारको तुलनामा करिब दुईदेखि तीन गुणा बढी रहेको देखाएको समाचारमा भनिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP