Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाको श्रमिक भर्तीसम्बन्धी नयाँ योजनामा ‘सिण्डिकेट’को आशंका
मलेसियाको श्रमिक भर्तीसम्बन्धी नयाँ योजनामा ‘सिण्डिकेट’को आशंका
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २६, २०८२

 

टियुआरएपी भन्ने संस्थालाई देखाएर त्यसको निम्ति जिथ्री ग्लोबल नामको कम्पनीलाई आउटसोर्स गर्ने भन्ने उनीहरुले तयारी देखिन्छ । जिथ्री ग्लोबल नामको संस्था मेडिकलमा एकाधिकार कायम गर्ने बंगलादेशका नागरिक अमिनको संस्था हो । 
डिकबहादुर खत्री
वरिष्ठ उपाध्यक्ष, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल

काठमाडौं- मलेसियाले श्रमिक भर्नामा नयाँ योजना ल्याउने तयारी गरिरहँदा एकाधिकार (सिण्डिकेट) लागू हुनसक्ने भन्दै व्यवसायीले आशंका व्यक्त गरेका छन् । यसअघि पटक-पटक एकाधिकार कायम गर्ने प्रयासहरु भएकाले नयाँ योजनाप्रति सतर्क हुनुपर्ने उनीहरुको भनाइ छ । 

मलेसियन सञ्चारमाध्यकाअनुसार मलेसियाले बिचौलियाविना प्रत्यक्ष विदेशी कामदार भर्ना गर्न नयाँ डिजिटल भर्ती प्लेटफर्म सुरु गर्ने योजना बनाएको छ । बिचौलियाका कारण रोजगारीमा जाने कामदारको लागत बढेको भन्दै तेस्रो पक्षको सहभागिता हटाउने विषयमा छलफल भएको बुझिएको छ । सुरक्षा गार्डमा मलेसिया गएका अधिकांश नेपाली कामदारले साढे तीन लाख रुपैयाँभन्दा बढी रकम बुझाएको बताउने गरेका छन् ।

Nada Auto Show 2026
Hardik health

मलेसियाको बजारमा धमिलो पानी बनाएर माछा मार्न धेरै प्रयत्नहरु यस अगाडि पनि भएका छन् । त्यसो गर्न खोजिएको हो भने हामी प्रतिरोध गर्न तयार नै छौं ।
महेशकुमार बस्नेत
महासचिव, वैदेशिक रोजगार व्यवसायी संघ

त्यहाँका मानव संशाधनमन्त्री दातुक सेरी रामानन रामाकृष्णनले प्रस्तावित भर्ना प्रक्रियालाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गर्नुअघि गृह मन्त्रालय र सम्बन्धित सरोकारवालासँग छलफल गर्ने बताएको ‘द मलेसियन रिजर्भ’लगायतका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मलेसियाको योजना बाहिरीरुपमा ठीकै देखिए पनि यसको भित्री पाटो अर्कै भएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले बताए । भर्ना प्रक्रियाका लागि प्रस्ताव गरिएको संस्था युनिभर्सल रिक्रुटमेन्ट एड्भान्सड प्लेटफर्म (टियुआरएपी)मा काम गर्ने कर्मचारी बेस्टिनेट नामको संस्थाका भएकाले शंकास्पद भएको उनको भनाइ छ । बेस्टिनेट स्वास्थ्य परीक्षणमा सिण्डिकेट ल्याएका भनिएका बंगाली मुलका मलेसियन नागरिक अमिनले सञ्चालन गरिरहेको संस्था हो ।

‘त्यहाँको मानव संसाधन र गृह मन्त्रालयका अधिकारीहरुलाई नयाँ सिस्टमका विषयमा बेस्टिनेट भन्ने संस्थाले जनवरी १५ मा ब्रिफिङ गरेको पाइएको छ,’ उनले भने, ‘टियुआरएपी भन्ने संस्थालाई देखाएर त्यसको निम्ति जिथ्री ग्लोबल नामको कम्पनीलाई आउटसोर्स गर्ने भन्ने उनीहरुले तयारी हो । जिथ्री ग्लोबल नामको संस्था मेडिकलमा एकाधिकार कायम गर्ने बंगलादेशका नागरिक अमिनको संस्था हो ।’ 

सरकारले विवादित व्यक्तिद्धारा सञ्चालित कम्पनीलाई भर्ना प्रक्रियामा समावेश गर्नुले कतै एकधिकारतर्फ जाँदै त छैन ? भन्ने शंका उत्पन्न गराएको खत्रीको भनाइ छ । सुरुआती चरणमै यस्ता कुराको विरोध ग¥यो भने यसले जरा गाड्न नपाउने उनले बताए ।

कामदार भर्ना प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता नहुनु उचित भए पनि कुनै पनि रुपमा आउने एकाधिकार स्वीकार्य नहुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले बताए । विगतदेखि नै यस्ता प्रयासहरु भएकाले यसविरुद्ध उभिन संघ तयार रहेको उनले बताए ।

‘विभिन्न भेरियन्टमा आएका सिण्डिकेटको संकेत हाम्रा लागि स्वीकार्य हुँदैन । यसलाई नजिकबाट अध्ययन गरिरहेका छौं,’ बस्नेतले भने, ‘मलेसियाको बजारमा धमिलो पानी बनाएर माछा मार्न धेरै प्रयत्नहरु यस अगाडि पनि भएका छन् । त्यसो गर्न खोजिएको हो भने हामी प्रतिरोध गर्न तयार नै छौं ।’ मलेसियाजस्तो धेरै कामदार जाने मुलुकमा जिटुजी गर्ने सम्भावना नभएको बस्नेतको भनाइ छ । सरकारले निजी क्षेत्रलाई काम गर्न दिएको अवस्थामा सरकारले आफैं पठाउन थाले ऐनविपरीत हुने उनले बताए । 

मानव संसाधनमन्त्री रामाकृष्णनका अनुसार नयाँ प्रणाली यो वर्षको अन्त्यसम्म तयार भइसक्ने  छ । सन् २०२८ सम्म मलेसिया आसियानको नैतिक भर्तीको केन्द्र बन्ने उनले बताएका छन् । कामदारहरु बिचौलियामा निर्भर हुँदा अत्यधिक लागत, ऋणको भार र आधुनिक दासत्वको सिकार भइरहेकाले नयाँ प्रणालीका विषयमा स्रोत मुलुकहरूसँग पनि छलफल गरिने उल्लेख गरिएको छ ।

मलेसियामा हाल तीन लाखभन्दा बढी नेपाली कार्यरत छन् । नेपालीहरु विशेषगरी सुरक्षा गार्ड, प्यान्टेसनलगायतका क्षेत्रमा जाने गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार १८७ जना व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर मलेसिया गएका थिए ।
 


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP