Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २५, २०८२

विराटनग- विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय कञ्चनबारीको संयोजनमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीबीच दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको पहिलो दिन विराटनगर महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा गराइएको थियो । यस चरणमा २६ वटा सामुदायिक विद्यालय सहभागी भएका थिए । प्रारम्भिक प्रतिस्पर्धाबाट उत्कृष्ट छ विद्यालय अन्तिम चरणका लागि छनोट भएका थिए ।

प्रारम्भिक चरणको मूल्याङ्कनअनुसार पोखरिया माध्यमिक विद्यालय प्रथम, गोग्राहा माध्यमिक विद्यालय द्वितीय र जनता बालआधारभूत विद्यालय तृतीय भएका हुन् । त्यस्तै सत्यनारायण आधारभूत विद्यालय, मदननगर आधारभूत विद्यालय र आयोजक विद्यालय श्री माध्यमिक विद्यालय कञ्चनबारी पनि दोस्रो चरणमा प्रवेश गरेका थिए ।

Hardik health

प्रतियोगिताको दोस्रो दिन संस्थागत विद्यालयतर्फबाट छनोट भई आएका छ र सामुदायिक विद्यालयतर्फबाट आएका छ विद्यालयबीच अन्तिम प्रतिस्पर्धा गराइएको थियो । अन्तिम नतिजाअनुसार मदननगर आधारभूत विद्यालय प्रथम, जनता बालआधारभूत विद्यालय विराटनगर-१४ द्वितीय, कान्तिपुर माध्यमिक विद्यालय तृतीय तथा पोलस्टार बोर्डिङ स्कुल चौँथो भएका छन् ।

विजेता विद्यालयलाई क्रमशः रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु तीन हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । पछिल्ला तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धन, विद्यार्थीमा अन्तरनिहित प्रतिभाको पहिचान तथा सामुदायिक र संस्थागत विद्यालयबीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा ३५० भन्दा बढी विद्यार्थीले विभिन्न जातजातिका लोकनृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए  भने सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले विजेता विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
 


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डको आवेदन खुला
तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डको आवेदन खुला बुधबार, साउन २०, २०८३
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने सोमबार, साउन १८, २०८३
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई आइतबार, साउन १७, २०८३
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा बिहीबार, साउन १४, २०८३
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP