काठमाडौं- चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक भएको छ। निर्माणपक्षले बिहीबार चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरेको हो।
मल्टिस्टारर सिनेमाको ट्रेलरले चलचित्रको कथा संकेत गरेको छ। तर, कथा पूर्णरुपमा खुलाएको भने छैन।
यसअघि पहिलो र दोस्रो ट्रेलरमार्फत पात्र चिनाएको निर्माणपक्षले बिहीबार ट्रेलरमार्फत सिनेमाको कथा आंशिकरुपमा बताउने प्रयास गरेको छ।
आफूलाई स्वर्गबाट आएको बताउने युदिष्ठिरले भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेको ट्रेलरमा देखिन्छ। तर, केका लागि उनी भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेका छन्, त्यो भने प्रस्ट छैन।
पृथ्वीमा भइरहेको आन्दोलन, दमन, यातना, अपराध देखाइरहँदा देखिने सुन्दर युवतको आकर्षणमा स्यंम युदिस्टिर मोहित भएका छन्। कुनै निश्चित उद्देश्य लिएर युदिस्टिर हिँडिरहे पनि उनी बीचमा अलमलिएको देखाइएको छ।
यसलाई विम्ब बनाएर सिनेमाले निश्चित उद्देश्यमा नपुग्दै नेतृत्व बीचमै पतन हुने गरेको वा भड्किएर पुरानै बाटो समाउने गरेको यथार्थ कथा भन्ने संकेत गरेको छ। यद्यपि, निर्माणपक्षले यसबारे केही बोलेको छैन।
चलचित्रका मुख्य पात्र एकातिर पाँच पाण्डवको रुपमा पनि छन्, अर्कातिर अहिलेको समाजका पात्रका रुपमा पनि उत्रिएका यसले सिनेमा र यसका पात्रलाई रहस्मयी बनाएको छ।
हेर्नुहोस् ट्रेलर-१: