Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ २०, २०८२
  • २०५६ यता कहिल्यै संसदीय निर्वाचन जित्न शंकर पोखरेल अक्षम
  • पार्टी सत्तामा सफल शंकर जनमत परीक्षणमा जहिल्यै असफल
  • यसपटक पनि पराजित भए पार्टीको उत्तराधिकारीमा नैतिक बल कमजोर हुने विश्लेषण

काठमाडौं- संसदीय निर्वाचनमा २६ वर्षदेखि लगातार पराजित भएर रेकर्ड बनाएका नेकपा एमालेका महासचिव शंकर पोखरेल यसपटक दाङ-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । पार्टी सत्ताको केन्द्रमा रहँदै आएका पोखरेलले संघीय निर्वाचनमा भने जनताबाट २०५६ यता प्रत्यक्ष अनुमोदन हुन पाएका छैनन् ।

पार्टीभित्र शक्तिशाली पद सम्हाले पनि मतपेटिकाले अस्वीकार गरेको नेताको छवि उनका लागि ठूलो राजनीतिक बोझ बन्दै गएको छ । त्यही भएर उनले सोमबार चुनावी कार्यक्रममा भने, ‘यसपटक नेकपा एमाले र तिनका देशभरका उम्मेदवारहरूलाई जिताउनुपर्छ । एमालेले दिग्विजय हासिल गर्नुपर्छ । विदेशी षड्यन्त्रहरूलाई परास्त गर्नुपर्छ ।’ 

पोखरेल यसपटक जसरी विजयी हुनेगरी चुनावी अभियानमा छन् । उनी पछिल्लोपटक निर्वाचित भएको वाम गठबन्धनको बलमा लुम्बिनी प्रदेशसभामा २०७४ मा हो । त्यसबेला मुख्यमन्त्री भएर उनले ४२ महिना शासन चलाए । प्रदेश सरकारको नेतृत्व गर्दै उनी प्रशासनिक र संगठनात्मक रूपमा शक्तिशाली बने । 

अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र भएकै कारण उनी दुई कार्यकाल शक्तिशाली महासचिव बनेका छन् । पार्टीभित्र उनी भावी नेतृत्वका मुख्य दाबेदारमध्ये एकका रूपमा हेरिन्छ । तर, पार्टीभित्र सत्ताको शिखरमा पुगे पनि संघीय संसद् प्रवेशका लागि भने उनी पटक-पटक असफल भएका छन् । यसले पोखरेललाई ‘पार्टी सत्तामा सफल, जनमतमा असफल’ नेताको रूपमा चित्रित गरिँदै आएको छ । हुन पनि उनले बेहोरेको हारको शृंखला लामो छ । 

Hardik health

२०५६ यता पोखरेलको संघीय निर्वाचन यात्रामा हारकै मात्र इतिहास छ । उनी २०५६ मा कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भए । २०७० मा कांग्रेसकै बुद्धिराम भण्डारीसँग हारे । २०७९ मा कांग्रेस-माओवादी गठबन्धनबाट चुनाव लडेकी तत्कालीन माओवादी नेतृ रेखा शर्मासँग मात्र १९३ मतले पराजय बेहोरे ।

२०७९ को साँघुरो हारले पोखरेललाई दाङ-२ मा पुनः मैदानमा फर्किन बाध्य बनाएको छ । पार्टी वृत्तमा यो पराजयलाई ‘अधुरो बदला’को रूपमा हेरिँदै आएको छ । अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन पोखरेलका लागि साधारण चुनाव होइन । पोखरेलका लागि यसलाई राजनीतिक जीवनकै निर्णायक मोडका रूपमा लिइएको छ । हार दोहोरिए महासचिव पदमा नैतिक दबाब बढ्ने, भावी नेतृत्वको लाइनबाट पछाडि धकेलिने र पार्टीभित्र उनको हैसियत कमजोर बन्ने जोखिम छ ।

एमालेभित्र पोखरेललाई अध्यक्ष ओलीले भावी नेतृत्वका रूपमा अघि सार्दै आएको बुझाइ छ । यही कारण पोखरेलको जित/हारलाई व्यक्तिगतभन्दा पनि ओलीको उत्तराधिकारीको जनमतका रूपमा व्याख्या गरिँदै छ । तर, जेन-जी विद्रोहपछि देशभर देखिएको असन्तुष्टि, विद्रोहको क्रममा भएको सरकारी दमन, सार्वजनिक तथा निजी सम्पत्ति जोगाउन नसकिएको आरोप र सरकार ढालिएको घटनाक्रमले एमाले नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ । यी सबै घटनाको राजनीतिक असर दाङ-२ को चुनावी मैदानमा प्रत्यक्ष देखिने विश्लेषण भइरहेको छ ।

ओलीका सबैभन्दा विश्वासपात्र पोखरेल भएकाले यो असन्तुष्टिको झड्का सीधै उनको उम्मेदवारीमा पर्न सक्ने आँकलन गरिएको छ । पार्टीभित्रै पनि पोखरेलको जितलाई ओली नेतृत्वको लोकप्रियताको सूचक र हारलाई नेतृत्वप्रतिको अस्वीकारको संकेतका रूपमा लिन थालिएको छ ।

पोखरेलले समृद्ध दाङ र विकसित दाङ निर्माणमा योगदान पुर्‍याएको दाबी गर्दै आएका छन् । उनले आइतबारमात्रै विगतमा उनी मुख्यमन्त्री वा संघीय सरकारको मन्त्री छँदा गरेका कामको फेहरिस्त सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले मन्त्रीदेखि मुख्यमन्त्री हुँदासम्ममा दाङको घोराहीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरेका छन् । दाङको पूर्वाधार र स्वास्थ्य क्षेत्रमा सुधार गरेकोदेखि जिल्लामा उच्च प्राविधिक शिक्षालयको जग तयार गरेको बताउने गरेका छन् ।

अब निर्वाचन जिते भने लमही-घोराही-तुलसीपुर चार लेनको सडक सम्पन्न गर्ने र तुलसीपुर विमानस्थलको क्षेत्र विस्तार गर्ने र ३५० बिघा जग्गामा औद्योगिक क्षेत्र विकास गर्ने बताएका छन् । दाङका युवालाई विनाधितो ऋणदेखि सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गर्ने भन्दै पोखरेलले मतदातासँग मत मागेका छन् ।
 

पोखरेलका तगारा
दाङ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री वीपिनकुमार आचार्य पोखरेलका प्रमुख चुनौतीकर्ता बनेका छन् । पहिलोपटक संसदीय चुनाव लडिरहेका आचार्यलाई ‘परिवर्तनको अनुहार’को रूपमा प्रस्तुत गरिएको छ । पुराना दलप्रति बढ्दो असन्तुष्टिको फाइदा उठाउँदै रास्वपाले निर्णायक मत तान्ने रणनीति बनाएको देखिन्छ ।

कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का निर्मल आचार्यलगायत अन्य उम्मेदवारले प्रतिस्पर्धालाई बहुपक्षीय बनाएका छन् । यहाँ २०७९ मा एमालेका पोखरेल २६ हजार ६८७ मतमा रोकिँदा तत्कालीन माओवादीकी रेखा शर्माले २६ हजार ८८० मत प्राप्त गरेकी थिइन् । समानुपातिकतर्फ भने एमाले पहिलो दल बनेको थियो ।

यसपटक विप्लव नेतृत्वको नेकपा माओवादीले उम्मेदवारी नदिई एमालेलाई समर्थन गरेको छ । जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीसँगको सहमतिले पोखरेल पक्षलाई मनोवैज्ञानिक बल दिएको छ । एमालेले यिनै समर्थनका आधारमा चुनावी गणित आफ्नो पक्षमा जाने दाबी गरिरहेको छ ।

तर, कांग्रेस र एमालेप्रति बढ्दो वितृष्णा, आन्तरिक असन्तुष्टि र रास्वपाप्रतिको आकर्षणले यो गणित उल्टिन सक्ने जोखिम पनि उत्तिकै रहेको टिप्पणी भइरहेको छ ।


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP