Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो
आन्दोलनरत युवाहरु थप आक्रोशित, आन्दोलन रोक्न श्रम मन्त्रालयको अपिल इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १९, २०८२
  • आन्दोलनरत युवाहरु थप आक्रोशित, आन्दोलन रोक्न श्रम मन्त्रालयको अपिल

काठमाडौं- दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस)मा परिवर्तन गर्न नसकिने जानकारी दिएको छ । इपिएसमार्फत कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेर पनि जान नपाएकाहरुले उठाएका मागअनुसार उक्त प्रणाली परिवर्तन गर्न नसकिने बताइएको हो । 

शुक्रबार कोरिया सरकारका प्रतिनिधि र कोरियास्थित नेपाली दूतावासका कर्मचारीबीच भएको छलफलमा कोरिया पक्षले नेपालको लागि मात्रै इपिएस प्रणाली परिवर्तन गर्न नसक्ने प्रस्ट पारेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कोरियाले नेपालसहित १७ वटा मुलुकबाट सो प्रणालीमार्फत कामदार लैजाँदै आएको छ । ती सबै मुलुकका लागि एउटै नियम लागू हुने कोरिया पक्षको भनाइ छ ।

बरु जारी आन्दोलनका आफ्ना कर्मचारीको सुरक्षा चुनौती बढेकोप्रति कोरियाली अधिकारीहरुले चासो व्यक्त गरेको मन्त्रालयका ती अधिकारीले बताए । आन्दोलनरत युवाहरुका कारण ललितपुरको भैँसेपाटीस्थित एचआरडी कार्यालयमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षा चुनौती देखिएको भन्दै उनीहरुलाई फिर्ता लैजानेसम्मको चेतावनी दिएको ती अधिकारीले बताए । यद्यपि, नेपाली पक्षले भने उनीहरुको सुरक्षाप्रति गम्भीर रहेको भन्दै आश्वस्त पारेको जनाइएको छ । 

गत माघ ६ गतेदेखि एचआरडी कार्यालयमा इपिएसपीडित युवाहरुको आन्दोलन जारी छ । निरन्तरको आन्दोलनका कारण आफ्ना कर्मचारीको सुरक्षालाई लिएर कोरियापक्ष गम्भीर देखिएको छ । शुक्रबारको बैठकबाट उक्त कुराहरु आए पनि सरकारी टोली कोरिया गएर वार्ता गरेपछि मात्र ठोस निष्कर्ष निस्कने मन्त्रालयका ती अधिकारीले बताए । युवाहरुका मागका विषयमा कोरियाले नै तयार हुनुपर्ने भएकाले माग सम्बोधनमा कठिनाइ रहेको उनले बताए । ‘कोरियाले नमानी हुँदैन । यता पीडितपक्षको आन्दोलन रोकिएको छैन । गाह्रो छ माग सम्बोधन हुन,’ उनले भने ।

Nada Auto Show 2026
Hardik health

कोरियाले नेपाली पक्षलाई वर्ताका लागि बोलाउने संकेत देखिए पनि नजिकै आएको निर्वाचनका कारण तत्काल नभई निर्वाचनपछि मात्र कुरा अगाडि बढ्नसक्ने उनले बताए । ‘उताबाट बोलाउने जस्तोचाहिँ देखिरहेको छ । छिट्टै बोलाउँछौं भनेको छ तर हाम्रो यहाँ चुनाव आएको छ । उता जाने कुरा चुनावपछि मात्र हुनसक्छ,’ ती अधिकारीले भने । 

वार्ता सकारात्मक नदेखिँदा युवाहरु आक्रोशित
कोरियामा भएको वार्ता सकारात्मक नदेखिएको र नेपालले पीडित युवाहरुको माग प्रभावकारीरुपमा राख्न नसकेको भन्दै आन्दोलनरत युवाहरु आक्रोशित भएका छन् । एचआरडी कार्यालयमा जारी आन्दोलन शनिबारबाट आन्दोलन स्थगित छ, तर अझ सशक्त भएर आउने उनीहरुको दाबी छ । कोरियाको नाममा हरेकचोटि दशौं हजार युवा पीडित भएको भन्दै इपिएस बन्द हुने चेतावनीले पछि नहट्ने आन्दोलनको नेतृत्व गरिरहेका एक युवाले बताए ।

‘हामी रोकिएको होइन, मास जुटाउँदै छौं । शुक्रबारको वार्ता हेर्दा पनि माग सम्बोधन हुने देखिँदैन । सरकारका कर्मचारीले पनि केही गर्न सकेको देखिँदैन । यो आन्दोलन अझ चर्किन्छ,’ उनले भने, ‘दुई वर्षमा एकपटक पनि कम्पनीमा फाइल नपुग्ने अनि सकियो तिमीहरुको भविष्य भनेर हुन्छ ? यो प्रणाली बन्द भए पनि होस् । यहाँ वर्षैपिच्छे दशौं हजारपीडित बनाउने, पैसा लग्ने, नेपाल सरकारका कर्मचारी पाल्नेमात्र काम भएको छ ।’

इपिएस समस्याबारे अध्ययन गर्न मन्त्रालयले प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गरेको थियो । उक्त प्रतिवेदनमा आवेदकको उमेर हद घटाउँदा केही हदसम्म समस्याको न्यूनीकरण हुने सुझाव राखिएको छ । आन्दोलनरत पक्षले उक्त सुझावप्रति समेत आपत्ति जनाएको छ । उमेर हदका विषयमा आफूहरुको कुनै समस्या नरहेको र हालको नियमले कम्तीमा असफल भएको व्यक्तिलाई फेरि परीक्षा दिन मिल्ने बनाएको अवस्थामा कर्मचारीहरुले कुरा नबुझेको अर्का युवाको भनाइ छ ।

‘परीक्षार्थीको उमेर ३५ वर्ष बनाउने भन्ने सुझाव दिएको रहेछ । लोकसेवाको दिएको हो र ? ३३ वर्षमा कोरियन भाषा परीक्षा दिएको मान्छे ३५ वर्ष हुन्छ,’ उनले भने, ‘अनि अझ उमेर हद ३५ वर्ष बनाऔं भनेर प्रस्ताव गरेको छ । कोरिया जानलाई पर्खंदापर्खंदै ३५ वर्ष कटेको मान्छे त्यसपछि के गर्न जाने ? मन्त्रालयका कर्मचारीहरुबाट हामीलाई झन् पीडित बनाउने काम हुँदै छ ।’

मन्त्रालयले भने बढि उमेरका कामदार न्यून संख्यामा लग्ने भएकाले यस्तो सुझाव मात्र दिएको जनाएको छ । पीडित युवाहरुले रोस्टर अवधि बढाउनपर्ने, कोटा थप गर्नुपर्ने, कामदारको छनौट पारदर्शी हुनुपर्ने लगायतका माग राख्दै आएका छन् ।  सन् २०२४ मा जान भनेर आवेदन दिएका एक लाख ८१ हजार २९९ जना युवामध्ये १८ हजार २८२ जना परीक्षामा उत्तीर्ण भएको श्रम मन्त्रालयको तथ्यांक छ । जसमध्ये आठ हजार ९१२ जनाको रोस्टर अवधि यही २०२६ भित्र सकिँदै छ ।

अनावश्यक आन्दोलन नगर्न मन्त्रालयको आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिया रोजगारीलाई असर पर्नेगरी आन्दोलन नगर्न युवाहरुलाई आग्रह गरेको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । 

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जारी गरेको विज्ञप्तिमा कोरियासँगको सुमधुर सम्बन्ध र कोरिया रोजगारीलाई असर पर्न सक्ने भएकाले अनावश्यक दबाब सिर्जनालगायतका गतिविधि नगर्न आग्रह गरिएको छ । मन्त्रालयले युवाहरुले राखेका मागमाथि सम्बन्धित निकायबाट नियमितरुपमा अनलाइनमार्फत पत्राचार, बैठक एवं छलफल गरिरहेको जनाएको छ ।

मागकर्ताको मागका विषयमा कूटनीतिक पहलका लागि पत्राचार भएको र बैठकको विषयवस्तु पनि तय भएकाले निमन्त्रणा गर्नेबित्तिकै समस्या समाधानका लागि नेपालको टोली जाने उल्लेख गरिएको छ । मन्त्रालयले छानबिन समितिको सुझावलाई क्रमशः कार्यान्वयन गराउँदै लगेकोसमेत दाबी गरेको छ । 

यस्तै रोस्टरमा रहेकाहरुका लागि सबै मुलुकहरुमा एउटै प्रणाली नियम लागू हुने र कामदार छनोट स्वचालित अनलाइन प्रणालीले गर्ने भएकाले शंका नगर्नसमेत अनुरोध गरिएको छ ।

 


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP