Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १३, २०८२
  • यो वर्ष नेपालसहित १७ मुलुकबाट ८० हजार कामदार लैजाने
  • गत वर्षको तुलनामा ३८.५ प्रतिशत अर्थात् ५० हजार न्यून
  • सबैभन्दा बढी उत्पादन क्षेत्रमा ५० हजार कामदार लैजाने तयारी
  • मौसमी कामदारको रुपमा ई-८ भिसामा लैजाने कोटा बढाइयो

काठमाडौं- दक्षिण कोरियाले यो वर्ष (सन् २०२६) रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत लैजाने विदेशी कामदारको कोटामा उल्लेख्य कटौती गरेको छ । गत वर्षको तुलनामा साढे ३८ प्रतिशत कम संख्यामा विदेशी कामदार लैजाने योजना कोरिया सरकारले बनाएको हो ।

कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा ई-९ भिसामार्फत यो वर्ष विभिन्न मुलुकबाट ८० हजार कामदार लैजानेगरी कोटा निर्धारण गरिएको छ । जबकि, गत वर्ष सन् २०२५ मा एक लाख ३० हजार जनाको कोटा छुट्याइएको थियो । यो वर्ष लग्ने कामदार सबैभन्दा बढी उत्पादन क्षेत्रमा ५० हजार जना रहेको बताइएको छ । यस्तै कृषि तथा पशुपालनतर्फ १० हजार, निर्माणमा दुई हजार, मत्स्यपालनमा सात हजार, सेवा क्षेत्रमा एक हजार हुने जनाएको छ । त्यस्तै, मागको उतारचढावलाई सम्बोधन गर्न १० हजार आरक्षित कोटा राखिएको छ । उल्लिखित कोटा कोरिया सरकारले श्रमबजारमा भएको मागको पूर्वानुमानको विश्लेषण र सम्बन्धित क्षेत्रहरुमा ई-९ भिसावाला कामदारको आवश्यकताका आधारमा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । 

कोरिया सरकारले कोरोना महामारीपछि विदेशी कामदारका अस्थायी आवश्यकतालाई पूर्ति गर्ने क्रम प्रायः पूरा भइसकेको जनाउँदै आएको छ । जसले गर्दा हालैका समयहरूमा उत्पादन र निर्माण क्षेत्रहरूमा कामदार रिक्त हुने अवस्था उल्लेखनीयरूपमा घटेको बताइन्छ ।   साथै, विश्वव्यापीरुपमा देखापरेको आर्थिक मन्दिका कारण कोरियाली रोजगारदाता प्रभावित हुँदा यसको असर इपिएस प्रणालीमा देखापरेको उल्लेख गरिएको छ ।

Nada Auto Show 2026
Hardik health

यो वर्ष विदेशी कामदार छनोट गर्ने योजनाको सन्दर्भमा कोरियाली श्रम मन्त्रालयले पाँचवटा ‘लाइसेन्सिङ’ चरणहरू आयोजना गर्ने छ । जसअन्तर्गत कोरियन भाषा परीक्षा, स्किल टेस्ट, काम गर्ने क्षमता मूल्यांकन, रोस्टर रजिस्ट्रेसन र मेडिकल चेकजाँच रहेको छ । यस वर्षदेखि सन् २०२३ मा अस्थायीरुपमा ल्याइएको पानीजहाज निर्माणको कोटालाई पनि उत्पादन क्षेत्रमै गाभ्ने मन्त्रालयले जनाएको छ ।

कामदार पठाउने कार्यलाई सहज र गुणस्तरीय बनाउन प्रस्थानको प्रतीक्षा समय घटाउन र इपिएससँग सम्बन्धित ठगी तथा बिचौलियाका गतिविधिहरू रोक्नका लागि आप्रवासी स्रोत केन्द्रले गृह मन्त्रालयअन्तर्गतका विभागहरूलाई सक्रिय गराएको छ । आवेदन दिइसकेका कामदारहरुका लागि इपिएसको आधिकारिक वेबसाइटमा सूचना प्रवाह गर्न, मार्गदर्शन दिन, आवश्यक शुल्क तयारी गर्नलगायतका काममा समन्वय गर्न केन्द्रले विभागलाई आग्रह गरेको छ । 

त्यस्तै, कोरियाले ई-८ भिसाअन्तर्गत मौसमी कामदारका लागि एक लाख नौ हजार कोटा छुट्याएको छ । मौसमी कामदार भने सन् २०२५ को भन्दा १३ हजार बढी लग्ने तयारी रहेको जनाइएको छ । यस्ता कामदारले घट्दो जनसंख्या र लामो समयदेखि श्रमअभाव भोगिरहेका ग्रामीण क्षेत्रमा सहयोग पुग्ने सरकारको दाबी छ । कोरियाले नेपालसहित १७ वटा मुलुकबाट भाषा परीक्षा उत्तीर्ण गरेका अदक्ष कामदारहरुलाई ई-९ भिसामा लग्दै आएको छ । मुलुकमा देखिएको रोजगारीको समस्याका कारण आकर्षक तलब सुविधा दिने कोरियामा नेपाली युवाहरुको आकर्षण बढ्दो छ । नेपालबाट सन् २००८ यता एक लाख २५ हजारभन्दा बढी युवा जिटुजीमार्फत कोरिया गएका छन् ।

पछिल्लो समय न्यून संख्यामा श्रमिक लग्दा परीक्षा उत्तीर्ण भएर रोस्टरमा पालो कुर्दाकुर्दै अवधि सकिनेहरु आक्रोशित हुँदै आएका छन् । उनीहरु कहिले सेक्टर परिवर्तन, रोस्टर अवधि बढाइदिन, रोजगारदाताकोमा फाइल पुग्ने प्रक्रिया पारदर्शी बनाइदिनलगायतका माग राख्दै अहिले पनि आन्दोलित छन् । यद्यपि, कोरियापक्षले भने १६ वटा मुलुकमध्ये नेपालीहरुलाई रोजगारीको अवसर बढी दिएको दाबी गर्दै आएको छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP