Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ८, २०८२
  • सरकारले दिएको आश्वासन पूरा नभएपछि पुनः आन्दोलनमा
  • आन्दोलनरत पक्ष र एचआरडी प्रमुखबीच आज छलफल हुने
  • इपिएस समस्याबारे अध्ययन गर्न गठित अध्ययन कार्यदलले आजै श्रममन्त्रीलाई प्रतिवेदन बुझाउने

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीमार्फत भाषा परीक्षा उत्तीर्ण गरेकाहरु पुनः आन्दोलित भएका छन् । सरकारसँग भएको वार्ताको १५ दिन बित्दा पनि कुनै निचोड ननिस्किएको भन्दै उनीहरु ललितपुरको भैँसेपाटीस्थित एचआरडी कार्यालयमा आन्दोलन थालेका छन् ।

गत पुस १६ गतेबाट तीन दिनसम्म भएको आन्दोलन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको वार्तापछि स्थगित भएको थियो । सो वार्ताबाट श्रम मन्त्रालयले कोरिया सरकारसँग रोस्टर अवधि थप गर्न पहल गर्ने, कोटा वृद्धिका लागि आवश्यक कूटनीतिक पहल गर्ने र रोस्टरमा भएकाहरुको विवरण पारदर्शीरुपमा रोजगारदाताकोमा पठाउने निर्णय गरेको थियो । तर १५ दिन बित्दा पनि मन्त्रालयले केही पहल नगरेको भन्दै परीक्षार्थीहरु मंगलबारदेखि पुनः आन्दोलित भएका छन् ।

इपिएस समस्याबारे अध्ययन गर्न मन्त्रालयले प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले मंगलबार नै तयार पारेको प्रतिवेदन श्रममन्त्री राजेन्द्रसिंह भण्डारी उपत्यकाबाहिर गएका कारण बुझाउन पाएको थिएन । सो प्रतिवेदन आज बिहीबार श्रममन्त्रीलाई बुझाउने कार्यक्रम छ । साथै, आजै आन्दोलनरत पक्ष र एचआरडी प्रमुखबीच श्रम मन्त्रालयमा छलफल हुँदै छ ।

इपिएस समस्याको विषयमा छलफल गर्न श्रम मन्त्रालयको टोली कोरिया जाने बताइएको छ । टोली तयार भइसके पनि कोरियापक्षबाट कुनै जानकारी नआएको प्रवक्ता घिमिरेले बताए । ‘कोरिया सरकारसँग एक-दुई चोटि पत्राचार भइसकेको छ । सोधेका विषय स्पष्ट पार्ने काम हुँदै छ,’ घिमिरेले भने, ‘तर अझै पनि इन्भिटेसन आइसकेको छैन । आउनेबित्तिकै जानका लागि हामी तयार छौं ।’

Nada Auto Show 2026
Hardik health

यद्यपि, मन्त्रालय स्रोतका अनुसार कोरियापक्षले नेपालका समस्याप्रति खासै चासो नदेखाएको बुझिएको छ । इपिएस प्रणालीमार्फत श्रमिक लग्दै आएका अन्य १६ वटा मुलुकमा यही नियम लागू भएकाले नेपालको माग सम्बोधन गर्न कठिन हुने स्रोतको भनाइ छ ।
सन् २०२५ मा कोरिया जानका लागि एक लाख ६३ हजार जना सहभागी भएको परीक्षाबाट १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये झण्डै १२ हजार युवाको रोस्टर अवधि सकिन लागेको छ । आफूहरुको भविष्यमाथि खेलवाड भएको भन्दै यसको समाधान ननिस्किएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरुको छ । तत्काल रोस्टर अवधि थप्नपर्ने र उत्तीर्ण भएका ८० प्रतिशतलाई रोजगारीको अवसर दिनुपर्ने उनीहरुको माग छ ।

 

एचआरडीबाट चलखेल भएको पीडितको दाबी
आन्दोलनको संयोजन गरिरहेका एक युवा आफूले सन् २०१३ बाट भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान प्रयास गर्दा अहिलेसम्म जान नपाएको गुनासो गर्छन् । यसरी जान नपाउँदा आफ्नो अमूल्य समय खर्च भइसकेको उनको भनाइ छ । ‘सरकार खाली एउटा विज्ञप्ति निकालेर बस्छ । २०१३ मा पास गरेँ । त्यो समयमा भएन,’ उनले भने, ‘फेरि २०२२ मा दिएँ, फेरि अवधि सकिन लाग्यो । वर्षौंदेखिको मिहेनत त्यसै खेर जान्छ भने यो सिस्टम किन चाहियो हामीलाई ?’

कोरिया रोजगारीको प्रक्रियामा एक जना युवाको कम्तीमा डेढ लाख रुपैयाँ खर्च हुने उनको दाबी छ । हरेक वर्ष लाखौं युवाहरुलाई भाषा सिकाउने नाममा इन्स्टिच्युटहरुले फाइदा लिइरहेका पीडितको भनाइ छ । ‘भाषा पास गर्न इन्स्टिच्युटमा पढ्नुप¥यो । परीक्षाको फाराम भर्नुप¥यो । स्किल टेस्ट, स्वास्थ्य परीक्षण, पुलिस रिपोर्ट सबै गर्दा डेढ लाख खर्च हुन्छ । कुरेर बस्यो, अन्तिममा केही छैन,’ उनले भने, ‘इन्स्टिच्युट चलाउनेहरुले दुई–तीन वटा घर, गाडी जोडिसके । गरिबका छोराछोरीलाई जहाँ गए पनि मारमा पर्नुपर्ने ।’

रोस्टरमा भएकाहरुको नाम कम्पनीमा पठाउन पनि एचआरडीले ठूलो चलखेल गरेका उनको आरोप छ । नेपालबाट तोकिएका कन्ट्री ट्रान्सलेटर र भाषा परीक्षा उत्तीर्ण गराउन खुलेका संस्थाको संलग्नतामा आफ्ना मान्छे छिराउने खेल भएको आरोप उनले लगाए ।‘दुई वर्षसम्म कसैको एकचोटि पनि पुगेको छैन । कसैको १०२ पटक पनि पुगेको प्रमाण हामीसँग छ । एउटा व्यक्ति कसरी त्यति प्राथमिकतामा पर्छ ?,’ पीडित युवकले भने, ‘एचआरडीमा एक जना कन्ट्री ट्रान्सलेटर राखिदिएको छ । उनीसँग भाषा सिकाउने इन्स्टिच्युट, भोकेसनल टे«निङ गराउनेलगायतका संस्थाको संलग्नता छ ।’

इन्स्टिच्युटबाट पढ्ने सबै कोरिया गइसक्दा घरबाटै पढेर दिनेहरुको कहिल्यै फाइल नपुगेको उनीहरुको भनाइ छ । पैसा बुझाउनेको चेकमा समस्या आउँदा उक्त कुरा बाहिर आएको जनाइएको छ । सरकारले यति गम्भीर विषयमा छानबिन गर्न नसकेको भन्दै पीडितपक्षले आक्रोश व्यक्त गरेको छ ।


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP