Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२

काठमाडाैं- चालु आर्थिक वर्षको छ महिनामा चार लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विदेसिएका छन् । वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०८२/८३ को छ महिनामा चार लाख सात हजार ६७३ जना विभिन्न मुलुकमा गएका हुन् । यो संख्या व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर गएकाहरुको हो । 

अघिल्लो आव २०८१/८२ को यसै अवधिमा तीन लाख ९३ हजार ६७ जना रोजगारीमा गएका थिए । अघिल्लो वर्षको तुलनामा रोजगारीमा जानेहरु १४ हजार ६०६ जनाले बढी छन् । गएको पुस महिनामामात्रै ६८ हजार १५८ जना रोजगारीमा गएका छन् । जसमा ६० हजार ५३१ जना पुरुष र सात हनार ६२७ जना महिला छन् । उक्त महिना २३ हजार ९५१ जना संस्थागत माध्यमबाट विदेसिएका छन् । जसमा २१ हजार ७७४ जना पुरुष र दुई हजार १७७ जना महिला छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर १० हजार ४३ जना गएकामध्ये सात हजार ८३७ जना पुरुष र दुई हजार २०६ जना महिला छन् । उक्त एक महिनामा ३४ हजार ७९२ जना पहिलोपटक रोजगारीमा गएका छन् ।

पुसमा सबैभन्दा धेरै युवा श्रम स्वीकृति नवीकरण गरेर गएका छन् । यसरी ३३ हजार ३६६ जना गएकामा ३० हजार ३२५ जना पुरुष र तीन हजार ४१ जना महिला छन् । सो महिना जिटुजीमार्फत ७४४ जना कोरिया र इजरायल गएका छन् । जसमध्ये १८८ जना इजरायल र ५५६ जनाले दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन् ।

Nada Auto Show 2026
Hardik health

उक्त महिनामा युवाहरु रोजगारीका लागि १०५ वटा मुलुक पुगेका छन् जसमध्ये नौ वटा मुलुकमा मात्र एक हजारभन्दा बढी गएका छन् । म्यानपावर व्यवसायीले १२ वटा मुलुकमा रोजगारीका लागि पठाएका छन् । इजाजत प्राप्त संस्था (म्यानपावर कम्पनी)ले खाडीबाहेक जोर्डन, मरिसस, जापान, साइप्रस र माल्दिभ्समा कामदार पठाएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा भने ९० वटा मुलुकमा गएका छन् जसमा परम्परागत श्रम गन्तव्यदेखि अन्य महादेशका मुलुकहरु छन् । १२ वटा मुलुकमा एक–एक जनामात्र गएको तथ्यांक छ ।

सबैभन्दा धेरै कामदार साउदीमा 
गत पुसमा सबैभन्दा धेरै कामदार साउदी अरब गएका छन् । साउदीमा १४ हजार ४०९ जना जाँदा दोस्रोमा कतारमा १३ हजार ७६ जना गएका छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (युएई) तेस्रोमा छ । युएईमा १० हजार ५०८ जना गएका छन् । पहिलो गन्तव्य बन्दै आएको युएईको रोजगारीमा जेन-जी आन्दोलनले प्रभाव पारेको कारण जाने श्रमिकको संख्या केही घटेको छ । चौथोमा मलेसियामा नौ हजार २५१ जना र पाँचौं कुवेतमा चार हजार ८२४ जना गएका छन् ।

यस्तै सबैभन्दा बढी धनुषाबाट तीन हजार १९८, झापाबाट तीन हजार ४२, मोरङबाट दुई हजार ८४४, सिरहाबाट दुई हजार ५८३ र महोत्तरीबाट दुई हजार २८६ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा कम मनाङबाट १६ र मुस्ताङबाट ११ जना गएका छन् ।

विभागको तथ्यांकअनुसार पुस महिनामा १५ हजार ६१४ जना अदक्ष श्रमिक रोजगारीमा गएका छन् । यो रोजगारीमा गएकाको २२.९० प्रतिशत हो । उक्त एक महिनामा ४१ हजार ३५८ जना अर्थात् ६०.६ प्रतिशत युवा दक्षता हासिल गरेर रोजगारीमा गएका छन् । साथै, १० हजार ८६७ जना अर्धदक्ष, २५४ व्यावसायिक कामदार र ६५ जना उच्चदक्ष कामदार रोजगारीमा गएका छन् ।
 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP