Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #चितुवाको उद्धार
  • #प्रियतम
  • #श्वेत र काल
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०८२

काठमाडौं -  विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको ‘दिमाग घोच्‍ने मान्छे’ आजदेखि सार्वजनिक प्रदर्शन भएको छ।  थापाको बाल्यकालदेखिकै कथालाई समेटिएर बनाएकाे चलचित्र वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आजदेखि सार्वजनिक प्रदर्शन भएको हाे । 

उज्ज्वल थापा फाउन्डेसनले तयार गरेको उक्त वृतचित्रमा स्व थापाले राष्ट्र निर्माणका लागि राजनीतिक, सामाजिक, आर्थिक पक्षमा गरेका योगदान, परिकल्पना, अभियान र युवा नेतृत्वको भूमिकालाई समावेश गरिएको छ। स्व थापाका शुभेच्छुकहरूबाट रकम सङ्कलन गरेर तयार गरिएको उक्त वृत्तचित्रलाई सुदीप भाजुले निर्देशन गरेका छन्। निर्देशक भाजुले वृतचित्र सुरू गर्दा र सकिनेबेलासम्ममा स्व थापाको जीवनीले आफूलाई प्रभाव पारेको बताए।

“वृत्तचित्र सुरु गर्दा सामान्य मान्छेको असामान्य यात्रा भनेर सुरुआत गरेका थियौँ, तर उज्ज्वल दाइले गरेको कार्य कुनै सामान्य मान्छेले गर्न सक्दैन, उनको भौतिक शरीर हामीसँग नभए पनि उहाँको विचारले अझै हाम्रो दिमाग घोचिरहेको छ, यो नै उहाँको सफलता हो, यसमा हामीले उज्वल दाईलाई नजिकबाट चिन्ने र बुझ्नेको भनाइ समेट्ने प्रयास गरेका छौँ”, निर्देशक भाजुले भने।

Hardik health

आइटी उद्यमी, सामाजिक अभियन्ता हुँदै विवेकशील नेपाली दलको नामबाट राजनीति यात्रा सुरुआत गरेका स्व थापाको प्राथमिकताको पहिलो नम्बरमा सधैँ देश नै रहेको उनकी श्रीमती एरिका अधिकारीले बताए। “आफ्नो परिवारलाई दोस्रो नम्बरमा राख्ने उज्ज्वलले देशलाई धेरै माया गर्थे, उनले आफ्नो कमाइ नै ‘सोसल क्यापिटल’ रहेको बताए , मैले त्यो उन बिरामी हुँदा अस्पतालमा उपचारका लागि र यो वृत्तचित्र निर्माण गर्न स्वःस्फूर्त रुपमा आर्थिक सहयोग सङ्कलन भएको देखेर बुझेँ”, उहाँको विचारलाई अपनाएर केही गर्नसके मात्र पनि उहाँलाई शान्ति मिल्नेछ”, अधिकारीले भने।

‘आन्टरप्रेनर्स’ फर नेपाल एवं वर्डप्रेस नेपाल कम्युनिटीका संस्थापकसमेत रहेका स्व थापा स्याङ्जाको सामान्य परिवारमा जन्मिए तापनि मल्टीमिडियामा स्नातक गरेर चर्चित सर्च इञ्जिन याहु डटकमसम्म पुगेका थिए। आइटी उद्यमशीलता सुरू गरेर नेपाली राजनीतिमा होमिएका थापालाई कोरोना र निमोनियाले च्यापेपछि २०७८ जेठमा निधन भएको थियो। वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ मा उनको बाल्यकालदेखिकै कथालाई समेटिएको छ।

एक घण्टा ५० मिनेट अवधिको उक्त वृत्तचित्रलाई सार्वजनिक प्रदर्शन अगाडि बुधबार बेलुकी आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियरं मा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री प्रदीप पौडेल, सुमना श्रेष्ठ, डाक्टर गोविन्द केसी, गायिका आनी छोइङ डोल्मा, राजनीतिज्ञ रवीन्द्र मिश्रलगायतले हेरेका थिए।

 


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘राम नाम सत्य’ फिल्मको पहिलो गीत सार्वजनिक
‘राम नाम सत्य’ फिल्मको पहिलो गीत सार्वजनिक सोमबार, फागुन ११, २०८२
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा शुक्रबार, फागुन ८, २०८२
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव शुक्रबार, फागुन ८, २०८२
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा बिहीबार, फागुन ७, २०८२
सकारात्मक र नकारात्मक ऊर्जाबीच 'श्वेत र काल'
सकारात्मक र नकारात्मक ऊर्जाबीच 'श्वेत र काल' बुधबार, फागुन ६, २०८२
म्युजिक भिडियो प्रियतम सार्वजनिक
म्युजिक भिडियो प्रियतम सार्वजनिक बुधबार, फागुन ६, २०८२
‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ काे नोमिनेसन सार्वजनिक  
‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ काे नोमिनेसन सार्वजनिक   बुधबार, फागुन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP