Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०८२
  • संशोधित आप्रवासन नीति अन्तर्गत अधिकांश विदेशी नागरिकले देशमा काम सुरु गर्नुअघि रोजगारीको लागि अस्थायी बसाइँ अनुमतिपत्र लिनु पर्ने हुन्छ
  • लिथुआनियाको रोजगार सेवाको तथ्यांकअनुसार सन् २०२६ का लागि करिब ११० पेसामा उच्च माग भएका कामको रूपमा वर्गीकृत गरिएको जनाइएको छ
  • लिथुआनियामा गत आर्थिक वर्ष २०८१/८२मा १३४ जना नेपाली गएका थिए भने २०८०/८१मा १५३ जना नेपाली पुगेका थिए

काठमाडौं- लिथुआनियाले २०२६देखि विदेशी कामदार भित्र्याउन आफ्नो आप्रवासी प्रणाली परिमार्जन गरेको छ । करिव ११० मुख्य क्षेत्रमा कामदारको अभाव भएपछि लिथुआनिया नियम परिमार्जन गरेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाइएका छन् । 

नयाँ सुधारले लिथुआनियाका सम्पूर्ण क्षेत्रमा देखिएको श्रमिक अभाव हल गर्ने र विदेशी कामदारहरुको वैधानिक प्रवेशलाई सहज बनाउने बताइएको छ । जर्मनी, क्यानडा, र बेलायतजस्ता परम्परागत गन्तव्यमा भिसामा कडा नियम भोग्दै गरेका कामदारका लागि  लिथुआनियालाई विकल्पको रूपमा प्रस्तुत गर्ने जनाइएको छ ।

संशोधित आप्रवासन नीति अन्तर्गत अधिकांश विदेशी नागरिकले देशमा काम सुरु गर्नुअघि रोजगारीको लागि अस्थायी बसाइँ अनुमतिपत्र लिनु पर्ने हुन्छ । विगतमा लिइँदै आएको केही क्षेत्रहरूमा लागू हुने छोटो अवधिको रोजगार व्यवस्था बन्द गरिएको छ । आवेदनहरु केन्द्रीय डिजिटल प्रणालीमार्फत अप्रवासन प्राधिकरणले व्यवस्थापन गर्ने भएका छन् ।

सरकारले क्षेत्र–विशेष रोजगारीको कोटा पनि हटाइदिएको जनाइएको छ । यसलाई एकल राष्ट्रिय श्रम कोटाले प्रतिस्थापन गरेको छ । समाचारमाअनुसार अब सबै रोजगारदाताले विदेशी कामदार भर्ना गर्दा एउटै कोटाबाट छनोट गर्नेछन् । वार्षिक कोटा सकिएपछि कम्पनीहरूले फेरी आप्रवासी कामदार भर्ना गर्न सक्छन् । कामदारका आवश्यकताहरु सुरक्षित गर्न तलबसम्बन्धी मापदण्ड बनाइएको छ । यो पेसा र भिसा प्रकार अनुसार फरक पर्न सक्छ । 

Hardik health

लिथुआनियाको रोजगार सेवाको तथ्यांकअनुसार सन् २०२६ का लागि करिब ११० पेसाहरुमा उच्च माग भएका कामको रूपमा वर्गीकृत गरिएको जनाइएको छ । जसअन्तर्गत निर्माण र सीपयुक्त व्यवसायमा करिब ३५ पेसा पर्छन् भने उद्योग र निर्माण क्षेत्रमा करिब ४० पेसा छन् । सेवा र व्यावसायिक पेसामा करिब १५ पेसा र कृषि, वनजंगल र मौसमी काममा करिब १० पेसा समावेश रहेको जनाइएको छ । यो सुची रोजगारदाताको माग र रोजगार प्रवृत्तिमा आधारित भएर हरेक वर्ष तयार गरिन्छ ।

आवेदन प्रक्रियाका लगि लिथुआनियाली रोजगारदाताबाट विदेशी नागरिकलाई रोजगार दिने आधिकारिक प्रस्ताव प्राप्त गर्नुपर्ने जनाइएको छ । जागिर प्रस्तावपछि, रोजगारदाताले लिथुआनियाली अधिकारीसँग वर्क पर्मिटका लागि कागजात पेश गर्छन् । पर्मिट पाइसकेपछि, आवेदकले आफ्नो देशमा रहेको लिथुआनियाली दूतावास वा कन्सुलेटमार्फत भिसाको लागि आवेदन दिनुपर्ने भनिएको छ ।

लिथुआनियाले विभिन्न पेसाअनुसार कामदार भिसा प्रदान गर्छ । जसमा श्रमिक अभाव भएका पेसाका लागि दक्ष कामदार भिसा, उच्च योग्य विशेषज्ञका लागि इयू ब्लु कार्ड, मौसमी कार्य भिसा, उद्यमीहरुको लागि स्टार्टअप भिसा, र बहुराष्ट्र्रिय कम्पनीका कर्मचारीका लागि इन्ट्रा–कम्पनी ट्रान्सफर भिसा रहेका छन् ।

आवेदकले आधिकारिक पासपोर्ट, रोजगार सम्झौता, स्वीकृत कार्य अनुमति, योग्यता र अनुभवको प्रमाण, स्वास्थ्य बीमा प्रमाण, र आवास विवरण बुझाउन पर्छ भने अन्तिम स्वीकृतिसम्म बायोमेट्रिक बुझाउनु आवश्यक छ । दक्ष कामदारले स्थिर रोजगार, पर्याप्त आय, वैध स्वास्थ्य बीमा र उपयुक्त आवास देखाएपछि आफ्ना परिवार ल्याउनसमेत आवेदन दिन सक्ने उल्लेख गरिएको छ । 

उक्त मुलुकमा गत आर्थिक वर्ष २०८१/८२मा १३४ जना नेपाली गएका थिए भने २०८०/८१मा १५३ जना नेपाली पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । उनीहरु सबै व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् । लिथुआनिया, इस्टोनिया लगायतका बाल्टिक मुलुकमा कामदारको माग उच्च रहेपनि मागपत्र प्रमाणीकरण नहुँदा ती मागहरु खेर गइरहेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन् ।  


 


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP