Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान
नेपाली कामदारलाई खुल्दै अवसरको ढोका दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २४, २०८२

 

जापानबाट धेरै मागपत्र आइरहेका छन् । पहिले जिट्कोको लाइसेन्स नभएका कारण पठाउन पाइँदैन भनेर मार्केटिङ पनि भएको थिएन । अब सबैले काम गर्छन् ।
कुन्छादोर्जे डिम्दोङ
सचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं- जापान सरकारको एक प्यानलले दुई प्रणालीअन्तर्गत विदेशी कामदार स्वीकार गर्ने कार्ययोजनाको मस्यौदा तयार पारेको छ । विज्ञहरुको प्यानलको बुधबार बसेको बैठकले औद्योगिक क्षेत्रको मस्यौदालाई अन्तिम रुप दिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । उक्त योजनाअनुसार मार्च २०२९ को अन्त्यसम्म अधिकतम १२ लाख ३० हजार विदेशी कामदार स्वीकार गर्न सक्ने भनिएको छ ।

Nada Auto Show 2026
Hardik health

जापान सरकारले ‘स्पेसिफाइड स्किल्ड वर्कर्स’ (एसएसडब्ल्यू)का लागि हालको प्रणालीअन्तर्गत विदेशी कामदारलाई स्वीकार गर्ने योजना बनाएको छ । यसका साथै अर्को वर्ष अप्रिल १ मा नयाँ प्रशिक्षण कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । नयाँ कार्यक्रमको उद्देश्य कामदारलाई तालिम दिनु हो । जसपश्चात् उनीहरु तीन वर्षमा दक्ष कामदारको स्तर हासिल गर्न सक्ने जनाइएको छ ।  हालको प्रणालीअन्तर्गत औद्योगिक उत्पादन, खाद्य र पेयपदार्थ उत्पादनसहित १९ क्षेत्रमा कामदार लगिने छ । यी क्षेत्रमा आठ लाख पाँच हजार ७०० कामदार लग्ने जनाइएको छ । नयाँ तालिम कार्यक्रमअन्तर्गत थप चार लाख २६ हजार २०० जनालाई १७ वटा क्षेत्रमा लैजाने योजना छ । यी १७ क्षेत्र निश्चित दक्ष कामदार प्रणालीअन्तर्गत पर्छन् । यसमा यातायात र उड्डयन भने समावेश छैन ।

जापानले लग्ने भनेको विदेशी कामदारको संख्या घरायसी श्रमशक्तिको अनुमानित आकार र अपेक्षित उत्पादकत्व सुधारजस्ता कारकहरूलाई आधार मानेर निर्धारण गरिएको थियो । सरकारले यो योजना सत्तारूढ पार्टीहरुसँग छलफल गर्ने बताइएको छ । त्यसपछि यस महिनाभित्र मन्त्रिपरिषद्को स्वीकृति लिने योजना बनाएको छ ।

जापान केही वर्षयता नेपालीहरुको आकर्षक रोजगार गन्तव्य बन्दै गएको छ । जापानले आफ्नो वृद्ध जनसंख्याका कारण लगातार कामदार अभावको सामना गरिरहेको छ । त्यहाँको सरकारले कामदारको संख्या बढाउने भनिरहेको अवस्थामा नेपाल सरकारले जापान पठाउने विगतको झण्झटिलो जापान इन्टरनेसनल टे«नी एण्ड स्किल्ड वर्कर को-अपरेसन (जिट्को) निर्देशिका हालै खारेज गरिदिएको छ । उक्त निर्देशिका खारेजीपछि व्यवसायीहरु उत्साहित भएका छन् । अब जापान कामदार पठाउन छुट्टै इजाजतपत्र लिन नपर्ने भएको छ । व्यवसायीलाई दुःख दिइरहेको प्रवधान हटेको  अवस्थामा रोजगारीमा जानेहरुको संख्या बढ्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले बताए । 

‘जाने कामदारको संख्या वृद्धि हुन्छ । जापानबाट धेरै मागपत्र आइरहेका छन् । पहिले जिट्कोको लाइसेन्स नभएपछि पठाउन पाइँदैन भनेर मार्केटिङ पनि भएको थिएन,’ उनले भने, ‘अब सबैले काम गर्छन् । विगतमा परीक्षा लिएर फेल गराउनेजस्ता कार्यले पनि जानेहरुको संख्या घटेको थियो ।’ जापानमा नेपालीहरु रेस्टुरेण्ट, कियरगिभर, प्याकेजिङ, हस्पिटालिटीलगायतका काममा जाँदै आएका छन् । त्यहाँका रोजगारदाताहरु नेपाली कामदारप्रति सकारात्मक रहेको डिम्दोङको भनाइ छ । श्रमिक पठाउने प्रक्रिया छिटो छरितो नहुँदा समस्या हुँदै आएको उनले बताए ।

गत आर्थिक वर्ष २०८१÷८२ मा २३ हजार ७१ युवा श्रम स्वीकृति लिएर जापान गएका थिए । जसमध्ये एक हजार ५८१ जना म्यानपावर र १७ हजार १६३ जना व्यक्तिगत माध्यमबाट गएका हुन् । त्यस्तै आव २०८०÷८१ मा १३ हजार ८६४ जना जापान गएका थिए । जसमा एक हजार २०१ जना संस्थागत र नौ हजार २९९ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका थिए ।
 


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP