Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायल र ओमानसँग गरिने श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत 
इजरायल र ओमानसँग गरिने श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २२, २०८२

काठमाडौं- सरकारले इजरायल र ओमानसँग गरिने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

इजरायलको केयरगिभर र कृषि क्षेत्रमा नेपाली श्रमिक पठाउने सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार इजरायलले कृषि क्षेत्रका नेपाली विद्यार्थीहरुलाई कृषि र घरमा आधारित रोजगारी दिन भन्दै दुईवटा नयाँ सम्झौताको प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गरेको हो । जसअनुसार विद्यार्थीहरुले सहायक श्रमिक (केयरगिभर)का रुपमा पाँच वर्षको रोजगारी पाउने छन् । अब यी दुई सम्झौतामा छिट्टै हस्ताक्षर हुने प्रवक्ता घिमिरेले बताए ।

यो श्रम सम्झौताअन्तर्गत नयाँ प्रोटोकल स्वीकृत र पुरानोको परिमार्जन हुन लागेको उनले बताए । ‘मन्त्रिपरिषद्ले इजरायल र नेपालबीच हुने श्रम सम्झौताअन्र्तगत थप दुईवटा प्रोटोकल स्वीकृत गरेको छ,’ प्रवक्ता घिमिरेले भने, ‘विगतमा दीर्घकालीन स्याहार केन्द्रमा श्रमिक पठाउनेमात्रै सम्झौता थियो । त्यो पनि परिमार्जन हुने छ । अब इजरायलका तीनवटै प्रोटोकलले पूर्णता पाएको छ ।’

Nada Auto Show 2026
Hardik health

घिमिरेका अनुसार तीनवटा प्रोटोकलमा एउटा वृद्धवृद्धालाई स्याहारसुसार गर्ने यसअघिकै प्रोटोकललाई थप परिमार्जन गरिएको हो । इजरायलले बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएकाहरुको स्याहारका लागि नेपालबाट केयरगिभर लग्दै आएको छ । दोस्रो, कृषि क्षेत्रमा अध्ययनका लागि गएका विद्यार्थीलाई रोजगारी दिने र तेस्रो, घरमा नै बसेर केयरगिभरमा रोजगारी दिने हो ।

तीनवटै क्षेत्रमा जिटुजीमार्फत इजरायलले श्रमिक लग्ने मन्त्रालयले जानकारी दिएको छ । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विद्यार्थीहरुले कृषि क्षेत्रमै काम पाउने जनाइएको छ । उक्त कार्यक्रम एक वर्षभन्दा कम अवधिको हुन्छ । अहिलेसम्म इजरायलमा यो कार्यक्रममा धेरै विद्यार्थी जाँदै आएका छन् । सम्झौतामा हस्ताक्षर भएपछि उनीहरुले कामसमेत पाउने छन् ।

त्यस्तै, घरमा नै बसेर वृृद्धवृद्धा र शारीरिक अशक्तता भएका व्यक्तिको हेरचाहमा पनि रोजगारी दिने इजरायलले बताएको छ । यो क्षेत्रमा सन् २००७ देखि नै नेपालीहरु जाँदै आएका छन् । उनीहरु घरमै काम गरिरहेका छन् । हाल इजरायलमा पाँच हजार नेपाली कार्यरत रहेका बताइन्छ । २०८१ असार ११ गते केयरगिभरका लागि आवेदन आह्वान भएपछि चार हजार २४ जनाले अनलाइन फाराम भरेका थिए । जसमध्ये दुई हजार ११२ जना गोलाप्रथाबाट छनोट भएर इजरायल जान तयार पारिएको थियो । पहिलो लटका करिब २०० जना मेडिकलका लागि बाँकी रहेको जनाइएको छ । जेटुजीमार्फत सन् २०२० यता करिब दुई हजार जना इजरायल पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले नेपाल र ओमान सरकारबीच हुने सम्झौतापत्र पनि स्वीकृत गरेको छ । खाडी राष्ट्र ओमानसँग श्रम सम्झौता नभए पनि नेपालीहरु रोजगारीका लागि जाँदै आएका छन् । त्यहाँ मासिक औसतमा आठदेखि ९०० को हाराहारीमा श्रमिक जाने गरेको तथ्यांक छ । त्यहाँ हाल करिब २५ हजार नेपाली कार्यरत रहेको बताइन्छ ।


प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP