Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बहराइनमा आजबाट वैधानिकीकरण श्रम स्वीकृति दिइने 
बहराइनमा आजबाट वैधानिकीकरण श्रम स्वीकृति दिइने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २०, २०८२
  • सन् २०२४ सेप्टेम्बर ३० सम्म कामदार भिसा पाएर वैधानिकरुपमा काम गरिरहेका तर श्रम स्वीकृति नलिएकाहरुले आवश्यक प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिन सक्ने

काठमाडाैं- बहराइनमा आज (आइतबार)बाट वैधानिकीकरण श्रम स्वीकृति दिइने भएको छ । बहराइनमा श्रम स्वीकृतिविनै काम गरिरहेका नेपालीहरुले मनामास्थित नेपाली दूतावासबाट यस्तो श्रम स्वीकृति लिन सक्ने छन् ।

सन् २०२४ सेप्टेम्बर ३० सम्म कामदार भिसा पाएर वैधानिकरुपमा काम गरिरहेका तर श्रम स्वीकृति नलिएकाहरुले आवश्यक प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिन सक्ने दूतावासले जानकारी दिएको छ । यसका लागि वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (फेम्स)मा आवश्यक कागजात अपलोड गरेर अनलाइन आवेदन दिनुपर्ने छ । त्यहाँ व्यक्तिगत विवरण, रोजगारदाता कम्पनीको नामलगायतका विवरण भर्नुपर्छ । 

साथै, तीन महिनाको म्याद भएको राहदानी, बहराइनको सिपिआर कार्ड, बहराइनको वर्क पर्मिट, कम्पनीसँगको करार सम्झौता, २०२४ सेप्टेम्बर ३० भन्दा पहिले बहराइनको रोजगार भिसा लिइसकेको प्रमाण आदि आवश्यक पर्छ । कागजात अपलोड गरेपछि व्यक्ति स्वयं दूतावासमा गएर बायोमेट्रिक्स दिनुपर्ने छ । श्रम स्वीकृतिका लागि नेपालमा म्यादी जीवन बिमा, वैदेशिक रोजगार कल्याणकारी कोष र सामाजिक सुरक्षा कोेषका लागि भने आवश्यक रकम बुझाउनुपर्ने छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी वैदेशिक रोजगार सेवा प्रवाह कार्यविधि, २०८२ मा भएको व्यवस्थाबमोजिम उक्त श्रम स्वीकृति दिन थालिएको हो । मन्त्रालयले विदेशस्थित नेपाली दूतावासहरुलाई उक्त स्वीकृति प्रदान गर्न निर्देशन दिएको थियो । यसअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित नेपाली दूतावासले गत साउन ३ गते औपचारिक कार्यक्रममार्फत यो सेवा सुरु गरेको थियो ।

Nada Auto Show 2026
Hardik health

हाल विभिन्न मुलुकमा गरी करिब आठ लाखभन्दा बढि नेपालीहरु कागजातविहीन अवस्थामा रहेका बताइन्छ । विदेशमा अवैधानिक रूपमा काम गर्दा राज्यको अभिलेखमा नआउने, राज्यले दिने सेवा सुविधाबाट वञ्चित हुने र समस्या पर्दा सम्बोधन गर्न कठिनाइ हुँदै आएको छ । यस्ता श्रमिकहरु ठगी, श्रम शोषण, स्वास्थ्य उपचारमा कठिनाइ र कानुनी कारबाहीजस्ता समस्याको जोखिममा हुन्छन् ।

भिजिट भिसामा गएकाहरु लुकिछिपी काम गर्ने, कम्पनीबाट भागेर या अन्य प्रक्रियाबाट काम गर्नेजस्ता कारण कामदारहरु सो अवस्थामा पुग्ने गर्छन् । वैधानिक भएका श्रमिकले कानुनी सुरक्षा पाउने छन् । यसो हुँदा पक्राउ परेर ‘डिपोर्ट’ भइएला कि भन्ने डर पनि हुँदैन । श्रमिकलाई सामाजिक सुरक्षा कोष र कल्याणकारी कोषमा आबद्ध गराइने भएकाले औषधि उपचार, बिमालगायत कोषले समेट्ने सुविधा पाइन्छ ।

यस्ता श्रमिकहरु राज्यको आधिकारिक तथ्यांकमा समेटिने भएकाले नीति निर्माण सहयोग पुग्नुका साथै आपत्कालीन अवस्था वा दुर्घटनामा पर्दा सरकारी संयन्त्रमार्फत उद्धार र सहयोग पाउन सहज हुनेसमेत बताइन्छ ।

बहराइन नेपालीहरुको प्रमुख १० श्रम गन्तव्यमध्येमा पर्छ । गत आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६२४ जना रोजगारीका लागि बहराइन गएको तथ्यांक छ । त्यहाँ पनि धेरै नेपालीहरु अवैधानिकरुपमा बसोबास गरिरहेको भनिँदै आएको छ । त्यहाँको सरकारले अवैधानिक हिसाबले रहेकाहरुलाई वैधानिक हुन या मुलुक छोड्न पटक-पटक भन्दै आएको छ ।

 


प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP