Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १८, २०८२

काठमाडौं- कोरिया जान पाउनुपर्ने माग राख्दै भाषा परीक्षा पास गरेकाहरुले बिहीवार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । भाषा परीक्षा पास भएकामध्य कम्तिमा पनि ९० प्रतिशतको कोरिया जाने सुनिश्चितता हुनुपर्ने र रोस्टर अवधि सकिएकाको म्यादथप गरेर भएपनि लग्नुपर्ने माग राख्दै दोस्रो दिन पनि उनीरुले इपिएस शाखा घेराउ गरेका छन् ।

सन् २०२२मा परीक्षा पास भएकाहरुको रोस्टर अवधि सकिन थालेको छ । केहीको भने डिसेम्बरसम्म बाँकी छ । कसैको फाइल कम्पनीमा १० चोटिसम्म पुग्दा कसैको एक पटक पनि नपुगि दुई वर्ष सकिएको भन्दै उनीहरु आक्रोशित छन् । कोरिया जान पाइएला भन्दाभन्दै आफूहरुको वर्षौँदेखिको सपना, लामो प्रयास र प्रतिक्षा त्यसै खेर गएको पीडित युवाहरुको दाबी छ । हजारौँ युवाहरुको यति लामो समय खेर गइरहँदा पनि सरकारले बेवास्ता गरेको उनीहरुले बताएका छन् । सरकारले आश्वासन मात्र दिँदै आएको र आफूहरुलाई आश्वासन नभइ परिणाम चाहिएको उनीहरुले बताएका छन् ।

आन्दोलनरत मोरङको रङ्गेलिका राजेश लामाको कृषि तथा पशुपालतर्फको रोस्टर अवधि आउँदो फेब्रअरी १०मा सकिँदैछ । यति समयमा कुनै पनि कम्पनीमा किन फाइल पुगेन भन्ने जवाफ इपिएससँग नभएको उनले बताए । ‘म एग्रिकल्चरमा २०२२मा पास भएको हो । अहिलेसम्म एक चोटि पनि कम्पनीमा फाइल गएको छैन । रोस्टर अवधि यही फेब्रअरी १०मा सकिँदैछ,’ लामाले भने, ‘रोस्टरमा किन फाइल पुगेन भनेर इपिएससँग पनि जवाफ नै छैन । हाम्रो समस्या समाधान गर्न सरकारले के कसरी हुन्छ कोरियालाई रिझाउनपर्‍यो ।’

Nada Auto Show 2026
Hardik health

फेब्रुअरीबाट रोस्टर नै खाली हुने स्थितिमा पास गरेकाहरुमा म्यादथप गरेर लग्नुपर्ने र माग सुनुवाइ नहुन्जेलसम्म आन्दोलन जारी राख्ने युवाहरुको भनाइ छ । बुधवारबाट आन्दोलनमा उत्रिएका परिक्षार्थीहरु त्यस दिन पनि रातको नौ बजेसम्म ईपिएसमै बसेका थिए । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जनाभाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्य अधिकांशले कोरिया जान पाएका छैनन् । भाषा परीक्षा पास गरेका १२हजारभन्दा बढी रोस्टरमै रहेको बताइएको छ ।

श्रम मन्त्रीसँग वार्ता
आन्दोलित परिक्षार्थिहरुले बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग पनि वार्ता गरेका छन् । मन्त्री भण्डारीले उनीहरुका मागहरु सुनेपछि आफूहरुले गर्नसक्ने जति गर्ने आश्वासन दिएका छन् । उनीहरुले राखेका मागमाथि मन्त्रालयमा छलफल गरेर समाधानको प्रयत्नगर्ने बताएको प्रवक्ता पिताम्बर घिमिरेले बताए ।

‘उहाँहरुका मागहरु सकारात्मक छन् । कतिपय कुराहरु मित्रराष्ट्रसँग कूटनीतिक माध्यमबाट राख्नुपर्ने हुन्छ । समाधान गर्नसक्ने हामी समाधान गर्छौँ,’ घिमिरेले भने, ‘हामीले आश्वासन दिनेमात्र होइन द्विपक्षीय विषय भएकाले कूटनीतिक पहलमार्फत समाधानगर्न प्रयत्न गर्छौँ ।’

यद्यपि कति रोजगारी दिने भन्ने रोजगारदाताको विषय भएकाले परिक्षार्थीहरुले भनेजस्तो पास गरेका सबै जान पाउनुपर्छ भन्ने विषय जटिल रहेको उनले बताए । यद्यपि मन्त्रालयले पीडित युवाहरुको हितमा हुनेगरी कुराहरु राख्ने उनको भनाइ छ ।

सरकारले युवाहरुको समस्या बुझिसकेकाले सडकबाट दबाब दिन आवश्यक नरहेको र आन्दोलन रोक्नसमेत आग्रह गरेको छ । अंग्रेजी नयाँ वर्ष र अन्य सर्वजनिक बिदाका कारण केही दिनमामात्र निर्णय आउने बुझिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP