Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १७, २०८२

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जाने रोस्टरमा परेर पनि जान नपाएका युवाहरु आन्दोलित भएका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर वर्षौंदेखि कोरिया जाने प्रतीक्षामा रहेकाहरुले बुधबार ग्वार्कोस्थित इपिएस कोरिया शाखाको कार्यालय घेराउ गरे ।

आफ्नो फाइल एकचोटि पनि कम्पनीमा नपुगी रोस्टर अवधि सकिन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आवश्यक सबै प्रक्रियामा छनोट भएर पनि जाने अवसरबाट वञ्चित हुँदा १० हजारभन्दा बढी युवाको भविष्यमाथि खेलवाड भएको भन्दै उनीहरुले आक्रोश पोखे । भाषा परीक्षामा आवश्यकताभन्दा तीन गुणा बढी उत्तीर्ण गराउँदा समस्या भएको उनीहरुको भनाइ छ ।

‘परीक्षामा ३९-४० ल्याउनुपर्ने, स्किल टेस्ट (सीप परीक्षण) पनि उत्तिकै गराउँछ, आर्मीमा जाखिर खान लागेकोे जस्तो, मेडिकल रिपोर्ट पनि परफेक्ट हुनप¥यो । अनि भाषा उत्तीर्ण हुनु कोरिया जाने ग्यारेण्टी होइन भन्न पाइन्छ ?,’ आन्दोलनमा सहभागी मनोज घिमिरेले आक्रोश पोखे ।

अर्का युवा राज कुमारले रोस्टर अवधि सकिएर १०औं  हजार युवाहरुको बिचल्ली भइरहेको अवस्थामा परीक्षा सञ्चालन गरेर सरकारले लापरवाही गरिरहेको उनले बताए । ‘उत्तीर्ण भएकाहरुलाई नलगी अर्को परीक्षा किन गराएको ? म २०२३ मा कृषितर्फ उत्तीर्ण भएको हो । छ महिना अगाडि रोस्टर अवधि सक्किसक्यो । यत्रो वर्ष खेर गएको छ । हामी मानसिक समस्यामा छौं, यसको क्षतिपूर्ति कसले दिन्छ ?,’ बुटवलका राज कुमारको प्रश्न छ ।

Nada Auto Show 2026
Hardik health

सन् २०२२ देखि उत्तीर्ण भएर २०२६ लागिसक्दा पनि जान नपाउनुमा इपिएस कार्यालय र एचआरडी कोरिया मुख्य जिम्मेवार भएको उनीहरुको आरोप छ । आफूहरुले पटक–पटक यस विषयमा ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको युवाहरुले बताए । इपिएस प्रणालीमा दलाल र बिचौलिया हाबी भएकोसमेत उनीहरुको दाबी छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण भएकाहरुको रोस्टर अवधि दुई वर्ष हुन्छ । तर दुई वर्षसम्म कम्पनीमा फाइल नै नपुगी रोस्टर सकिएको भन्दै युवाहरुले इपिएस प्रणाली सुधार र इपिएस शाखा प्रमुखका राजीनामा माग गरेका छन् । साथै, सिबिटीको फाइल पनि नयाँ कम्पनीमा नपठाएको उनीहरुको भनाइ छ । 

रोस्टर अवधि सकिन लागेकाहरुको म्याद थप्नुपर्ने र सेक्टर परिवर्तन गरेर भए पनि कोरिया लग्नुपर्ने उनीहरुको प्रमुख माग छ । त्यस्तै, कृषि क्षेत्रमा सबैभन्दा बढी पीडित भएकाले प्राथमिकताका आधारमा रोस्टर अवधि थप हुनुपर्ने, कृषि, शिप बिल्डिङ र सिबिटीबाट अन्यायपूर्वक हटाइएकाहरुलाई पुनः समावेश गरिनुपर्ने, इपिएस उत्तीर्ण भएकाहरुको फाइल कम्तीमा १० पटक कम्पनीमा पठाइनुपर्ने, एउटै व्यक्तिलाई बारम्बार अवसर नदिई पीडितकेन्द्रित नीति अवलम्बन गर्नुपर्ने, रोस्टरमा भएका ९५ प्रतिशतलाई कोरिया पठाउने सुनिश्चितता गर्नुपर्नेलगायतका विषय तत्काल सम्बोधन गर्न उनीहरुले जोड दिएका छन् ।

उनीहरु गेटभित्रै छिरेर नाराबाजी गर्न थालेपछि इपिएस शाखाले थप छलफलका लागि वैदेशिक रोजगार विभाग पठाएको थियो । विभागमा उनीहरुले महानिर्देशक मिरा आचार्यलाई आफ्नो समस्या राखेका थिए । छलफलमा महानिर्देशक आचार्यले कानुनी व्यवस्था र एमओयूको विषयमा जानकारी गराउँदै पीडितपक्षको समस्या सम्बन्धित ठाउँसम्म पु¥याउने प्रतिबद्धता जनाएकी थिइन् ।
सन् २००८ यता भाषा परीक्षा उत्तीर्ण भएर एक लाख २० हजारभन्दा बढीले कोरियामा रोजगारीको अवसर पाएका छन् । कोरियामा नेपालसहित १७ वटा मुलुकबाट श्रमिक जाने गरेका छन् । इपिएसमार्फत अन्य मुलुकको तुलनामा नेपालबाट बढी श्रमिक लग्दै आएको शाखाको भनाइ छ ।

 


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP