Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १५, २०८२

 

  • नयाँ नीतिअनुसार रोजगारदाता र श्रमिकले मासिक तलबको दुई प्रतिशत इपिएफमा योगदान गर्नुपर्ने
  • यो नीति घरेलु कामदारको हकमा भने लागू नहुने
  • वैधानिकरुपमा रहेका कामदारहरु मात्र यसमा जोडिन पाउने भएकाले यसले औपचारिक रोजगारलाई प्रोत्साहित गर्ने विश्वास 

काठमाडौं- मलेसिया सरकारले आप्रवासी कामदारहरूका लागि अनिवार्य गरेको ‘इम्प्लोइज प्रोभिडेण्ट फण्ड’ (इपिएफ)ले अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार मलेसियाको श्रमबजारमा समानता र न्याय सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

गत नोभेम्बरबाट लागू भएको यो प्रावधानलाई पछिल्ला वर्षहरूमा भएको सबैभन्दा महत्‍वपूर्ण सामाजिक सुरक्षा सुधारमध्येको कदम भनिएको छ । यसले मलेसियाको न्यायपूर्ण, लचिलो र विश्वव्यापी मापदण्डसँग मिल्दोजुल्दो श्रमबजार निर्माण गर्ने प्रतिबद्धतालाई झल्काउने बताइएको छ । सन् २०२५ मार्चसम्म मलेसियामा एक करोड ७० लाखभन्दा बढी कामदारमध्ये करिब १३ प्रतिशत विदेशी कामदार रहेको त्यहाँको सरकारी तथ्यांक छ । तीमध्ये करिब तीन चौथाइ उत्पादन, निर्माण कार्य र सेवा क्षेत्रमा कार्यरत छन् । त्यहाँ भएका आप्रवासी कामदारमध्ये करिब ८० प्रतिशत बंगलादेश, इण्डोनेसिया र नेपालका श्रमिक छन् ।

Nada Auto Show 2026
Hardik health

रिपोर्टहरुका अनुसार धेरै कामदारहरु दुर्घटना, दीर्घकालीन स्वास्थ्य समस्या र वृद्धावस्थामा आर्थिक असुरक्षाको उच्च जोखिममा पुग्ने गरेका छन् । दीर्घकालीन बचत प्रणाली नहुने हो भने उक्त श्रमशक्तिको ठूलो हिस्सा आर्थिकरूपमा असुरक्षित रहने अवस्था औंल्याइएको छ । उक्त जोखिमलाई सम्बोधन गर्न इपिएफले महŒवपूर्ण भूमिका खेल्ने भनिएको छ । 

नयाँ नीतिअनुसार रोजगारदाता र श्रमिकले मासिक तलबको दुई प्रतिशत इपिएफमा योगदान गर्न आवश्यक छ । हाल कामदारले न्यूनतम १७ सय मलेसियन रिंगिट न्यूनतम तलबमा काम गर्दै आएका छन् । यसबाट इपिएफमा मासिक ६८ रिंगिट जम्मा गर्नुपर्ने हुन्छ । यो सानो रकमजस्तो देखिए पनि वार्षिक लाभांशमार्फत उल्लेख्य वृद्धि हुने भनिएको छ । यो कदमले राष्ट्रियताभन्दा माथि उठेर सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गर्ने नीतिलाई समर्थन गर्छ ।  

यो नीति घरेलु कामदारको हकमा भने लागू हुँदैन । वैधानिकरुपमा काम गरिरहेका, पासपोर्ट भएका, मलेसियाको अध्यागमन विभागद्वारा जारी गरिएको रोजगारी सम्बन्धित पास भएका र तलब प्राप्त गर्ने कामदारहरु यसमा आबद्ध हुन्छन् । साथै, वैधानिकरुपमा रहेका कामदारहरु मात्र यसमा जोडिन पाउने भएकाले यसले औपचारिक रोजगारलाई अझ प्रोत्साहित गर्ने विश्वास गरिएको छ । यसले गैरकानुनी बसोबास घटाउँदै कार्यस्थलको सुरक्षालाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।

रोजगारदाताहरुले अब इपिएफमा आबद्ध नभएकाहरुलाई अनिवार्यरुपमा आबद्ध गराउनुपर्ने भएको छ । इपिएफमा दर्ता भएका नियोक्ताहरुले आफ्नो कम्पनी दर्ता गर्न आफ्नो पेरोल प्रणाली अपडेट गर्नुपर्ने भएको छ । मलेसियामा करिब चार लाख नेपाली वैधानिकरुपमा काम गरिरहेको बताइन्छ । हावापानी, आकर्षक पारिश्रमिकजस्ता कारणले गर्दा नेपाली श्रमिकहरु मलेसिया जान रुचाउँछन् । उनीहरु विशेषगरी सुरक्षा गार्ड, प्यान्टेसनलगायतका क्षेत्रमा बढी जाने गरेका छन् । 
आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार १८७ जना रोजगारीका लागि मलेसिया गएका थिए । जसमध्ये नौ हजार ९७७ जना संस्थागत, २४२ जना व्यक्तिगत, ३८ हजार ९६८ जना पुनः श्रम स्वीकृति लिएर गएका हुन् । पछिल्लो समय मलेसियामा रोजगारीको माग न्यून छ । तर विगतमा गएकाहरु श्रम स्वीकृति नवीकरण गरेर त्यहीँ काम गर्ने प्रचलन बढेको छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP