Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १४, २०८२

 

यो निर्णयपछि इराकमा रहनुभएका नेपालीहरु यति खुसी हुनुभयो, वर्णन गर्ने शब्द छैन । सबैजना असाध्यै खुसी हुनुभएको छ । अब नेपाल आउन जानलाई सहज हुने भयो । भोलि समस्या आइपर्‍यो भने सरकारले सहयोग गर्ने भयो भनेर हर्षोल्लास छ ।
विनोद श्रेष्ठ
अध्यक्ष, गैरआवासीय नेपाली संघ इराक

काठमाडौं- सरकारले इराकमा कार्यरत नेपालीहरुलाई श्रम स्वीकृति दिने भएपछि उनीहरुमा खुसियाली छाएको छ । सन् २०१८ देखि उठाउँदै आएको माग सात वर्षपछि सुनुवाइ हुँदा त्यहाँ रहेका नेपालीहरुले सरकारलाई धन्यवाद दिएका छन् ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीको सिलसिलामा आधिकारिक भिसा प्राप्त गरेका नेपालीले यहाँ आएको बखत आवेदन दिएमा श्रम स्वीकृति दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार श्रम स्वीकृति लिनका लागि ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपी आवश्यक पर्ने छ । ‘वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत ‘रेसिडेण्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृतिका लागि स्वीकृति प्रदान गर्ने,’ निर्णयमा भनिएको छ ।

Nada Auto Show 2026
Hardik health

अवैधानिकरुपमा रहेका नेपालीहरुको अभिलेख राख्न र उनीहरुको स्वदेश फिर्ती सहज बनाउन उक्त निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । इराकमा रहेका नेपालीहरुमा समस्या पर्दा अब सरकारले सहयोग गर्ने भयो भन्ने आशा जागेको गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष विनोद श्रेष्ठले बताए । ‘यो निर्णयपछि इराकमा रहनुभएका नेपालीहरु यति खुसी हुनुभयो, वर्णन गर्ने शब्द छैन । सबैजना असाध्यै खुसी हुनुभएको छ,’ श्रेष्ठले भने, ‘अब नेपाल आउन जानलाई सहज हुने भयो । भोलि समस्या आइपर्‍यो भने सरकारले सहयोग गर्ने भयो भनेर हर्षोल्लास छ ।’

२०६१ साल भदौ १५ गतेको घटनामा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाउँदै सरकारले इराक जान लगाएको प्रतिबन्ध हटेको छैन । त्यसअघि कामदारहरु म्यानपावर कम्पनीमार्फत जाँदै आएका थिए । सरकारको प्रतिबन्धपछि व्यक्ति विशेष तथा कम्पनीसँग सम्पर्क गरेर तेस्रो मुलुक हुँदै जाने गरेका छन् । हाल इराकमा २० हजारभन्दा बढी नेपाली रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । हाल पनि इराक पुग्ने क्रम जारी रहेको उनले बताए ।
‘अवैध बाटोबाट गएकाले यकीन संख्या छैन । तर सन् २०१७–१८ तिर निकालिएको तथ्यांकमा २० हजारजति भएको आकलन गरिएको थियो,’ श्रेष्ठले भने, ‘तर त्यो बेलादेखि आजसम्म हरेक दिनजस्तो नेपालीहरु गइरहेकाले उक्त संख्या बढेको छ ।’

श्रेष्ठका अनुसार नेपालीहरु कुर्दिस्थान, बग्दादलगायतका क्षेत्रमा बढी रहेका छन् । त्यहाँ गएका महिलाहरु विशेषगरी घरेलु कामदारका रुपमा कार्यरत छन् भने पुरुषहरु सुरक्षा गार्ड, सरसफाइलगायतका काम गर्छन् । ‘महिलाहरु घरेलु काममा बढी जाने गर्छन् । उनीहरुको सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्छ । दुई वर्षभन्दा बढी काम गरेपछि कम्पनीबाट निस्किएर फ्रिल्यान्सरको रुपमा घरमा, बार, रेस्टुरेन्टको सरसफाइलगायतका काम गर्छन्,’ श्रेष्ठले भने, ‘पुरुषहरु भने विभिन्न मुलुकका दूतावास तथा आर्मी क्याम्पमा सुरक्षा गार्ड, होटल तथा अपार्टमेन्टमा सरसफाइ, व्यवस्थापकलगायतका काम गर्छन् ।’
घरेलु कामदारले मासिक न्यूनतम तलब ३०० अमेरिकी डलर (४० हजार रुपैयाँ)देखि ६०० डलर (८० हजार रुपैयाँ) भन्दा माथि कमाउन सक्ने बताइन्छ । दुई वर्षभन्दा बढी काम गरेकाहरुले भने धेरै ठाउँमा काम गरेर १५ सय डलरभन्दा माथि कमाएको पाएको उनले बताए । 

मुस्लिम राष्ट्र भए पनि इराकमा महिलाहरुलाई नेपालकै जस्तो स्वतन्त्रता रहेको त्यहाँ कार्यरतहरुको भनाइ छ । उनीहरुले इराकमा पनि नेपाली दूतावास खोल्नुपर्ने माग गर्दै आएका छन् । जसका कारण राहदानी नवीकरण गर्न, यदि मृत्यु भए शव झिकाउन, सामाजिक सुरक्षा कोषमा आबद्धतादेखि विभिन्न क्षेत्रमा सहज हुने उनीहरुको भनाइ छ ।
 
खुल्ला त इराक रोजगारी ?
हाल इराकमा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट धेरै कामदार जाने गरेका छन् । यही डिसेम्बर १२ मा संयुक्त राष्ट्रसंघले पनि इराकमा आफ्नो राजनीतिक मिसन अन्त्य भएको घोषणा गरेको छ । धेरै नेपालीहरु लुकिछिपी जाने क्रम नरोकिएको सरकारी अधिकारीहरु नै स्वीकार गर्छन् । 

इराकमा शान्ति स्थापना भइसके पनि रोजगारी खुलाउन हालसम्म छलफल हुन नसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । हाल खुलाइएको श्रम स्वीकृतिका परिणामहरु र विभिन्न विषयलाई हेरेर मात्र उक्त निर्णय लिनुपर्ने भएकाले यसका लागि लामो समय लाग्नसक्ने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । 

‘नयाँ जान खोल्ने कुरामा अर्कै प्रक्रिया छ । त्यो विषयमा समय लाग्छ । अहिले गरेको निर्णयको प्रभावसहित अरु पनि कुराहरु हेर्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘हालको निर्णयलाई पनि यत्रो वर्ष लाग्यो । रोजगारी खोल्ने भन्ने त विषयमा झनै लामो समय लाग्नसक्छ ।’
 


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP