Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १३, २०८२
  • नयाँ योजनाअनुसार सन् २०२७ को मार्चबाट कामदार लग्न सुरु गर्ने 
  • श्रमिक आपूर्ति अत्यन्तै न्यून भएका क्षेत्रमा मात्र विदेशी कामदार स्वीकार गर्न दिइने
  • याँ प्रणालीअन्तर्गत तीन वर्ष काम गरेपछि विदेशी कामदारहरुलाई विशेष दक्ष कामदारको दर्जामा स्तरवृद्धि गर्न प्रोत्साहित गरिने

काठमाडौं- जापानले मुख्य श्रम प्रवासी कार्यक्रमअन्तर्गत सन् २०२८ सम्म कटिरब १२ लाख ३० हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । यसलाई श्रम संकट घटाउने उद्देश्यले गरिएको ठूलो परिवर्तनको रुपमा हेरिएको द जापान टाइम्सले जनाएको छ ।

योजनाअनुसार स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लू) प्रकार १ भिसामा रहने व्यक्तिहरूको संख्या आठ लाख पाँच हजार ७०० हुने छ । त्यस्तै, नयाँ प्रशिक्षणमा आधारित कामदारको संख्या चार लाख २६ हजार २०० मा सीमित गरिने जनाइएको छ । यसर्थ कूल मिलाएर १२ लाख ३३ हजार श्रमिक हुने छन् ।

समाचारका अनुसार यो संख्या आर्थिक वर्ष २०२८ को अन्त्यमा हुनसक्ने श्रमिक अभावको अनुमान लगाएर गणना गरिएको हो । सरोकारवालाका अनुसार केही क्षेत्रमा भने डिजिटलाइजेसन र स्वचालनले श्रमिकको माग घटाउने छ । जसले एसएसडब्लू प्रकार १ को सीमा घटाउनुमा योगदान पु¥याउने भनिएको छ ।

Nada Auto Show 2026
Hardik health

नयाँ योजनाअनुसार सन् २०२७ को मार्चबाट कामदार लग्न सुरु गर्ने तय भएको छ । यो कार्यक्रम आव २०२८ को अन्त्यसम्म दुई वर्षको अधिकतम सीमाभित्र सञ्चालन हुने बुझिएको छ । श्रमिक आपूर्ति अत्यन्तै न्यून भएका क्षेत्रहरुमा मात्र विदेशी कामदार स्वीकार गर्न दिइने भनिएको छ । उनीहरूले जनवरीमा वा यसको आसपास मन्त्रीपरिषद्को स्वीकृति प्राप्त गर्ने लक्ष्य राखेका छन् ।
जापानमा सरकारले दिएको गत जुनको अन्त्यसम्मको तथ्यांकअनुसार एसएसडब्लू टाइप १ स्थितिमा तीन लाख ३३ हजार १२३ कामदार र प्राविधिक प्रशिक्षणमा चार लाख ४९ हजार ४३२ जना कामदार थिए । 

यो योजना जापानले विदेशी कामदारसम्बन्धी नीतिहरूको व्यापक समीक्षा गर्दै गर्दा आएको होजसअन्तर्गत भिसा म्याद नाघ्नेहरुका लागि कडा कानुनहरु समावेश थिए । प्रधानमन्त्री सानाए ताकाइचीको निर्देशनपछि नीतिहरुमा व्यापक समीक्षा भएको थियो । मुलुकमा विदेशी कामदारको माग बढ्नुले उक्त समीक्षाका लागि उत्प्रेरित गरेको बताइएको छ ।

जापान आफ्नो वृद्ध जनसंख्याका कारण लगातार कामदार अभावको सामना गरिरहेको छ । यसको समाधान गर्न त्यहाँको सरकारले लामो समयदेखि आलोचित ‘टेक्निकल इन्टर्न टे«ेनिङ प्रोग्राम’लाई बन्द गर्ने योजना बनाएको छ । उक्त कार्यक्रमले सस्तोमा कामदार ल्याउने गरेको र उनीहरुका अधिकार उल्लंघन भएको भन्दै जोडेर आलोचना हुँदै आएको छ । यसलाई इम्प्लोइमेन्ट फर स्किल डेभलपमेन्ट (इएसडि)नामको नयाँ कार्यक्रमले प्रतिस्थापन गर्ने छ । नयाँ प्रणालीअन्तर्गत तीन वर्ष काम गरेपछि विदेशी कामदारहरुलाई विशेष दक्ष कामदारको दर्जामा स्तरवृद्धि गर्न प्रोत्साहित गरिने छ । यसबाट उनीहरू जापानमा लामो समय बस्न अनुमतिसमेत पाउने छन् ।

जापान केही वर्षयता नेपालीहरुको आकर्षक रोजगार गन्तव्य बन्दै गएको छ । गत आव २०८१÷८२ मा २३ हजार ७१ नेपाली श्रम स्वीकृति लिएर जापान गएका छन् । तर वैदेशिक रोजगार व्यवसायीले भने सन् २०१७ मै खारेज भइसकेको प्रावधानअनुसार कामदारलाई जापान पठाउँदा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको संख्या बढेको छ । यसलाई मध्यनजर गर्दै सरकारले जापानमा सीपयुक्त जनशक्ति पठाउनेसम्बन्धी कार्यविधि बनाइसकेको छ । जापानमा श्रमिकको उच्च माग रहेको अवस्थामा उक्त प्रणाली कार्यान्वयनमा आएपछि धेरै नेपालीले रोजगारीको अवसर पाउने बताइएको छ ।
 


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP