काठमाडाैं- आज नेपाली बजारका सुनको १८ सय रुपैयाँले मूल्य बढेकाे छ । आज प्रतिताेला १८ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
बिहिबार एक तोला सुनको मूल्य दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्य एक सय ६५ रुपैयाँले बढेर आज एक ताेला चाँदीकाे मूल्य चार हजार ५६५ रुपैयाँ निर्धारण भएकाे छ । बुधबार एक तोला चाँदीको मूल्य चार हजार ४ सय रुपैयाँ निर्धारण भएको थियाे ।