Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १०, २०८२

 

  • बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र नेपालका लागि साउदीका कार्यवाहक राजदूत अब्दुलनासर बिन हुसेन अल-हार्थिबीच भेटवार्ता
  • श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने विषयमा कुराकानी
  • श्रमिकको अधिकार र दुई देशबीचको श्रम कूटनीतिका आधारभूत विषयहरु सम्झौतामा समेटिने

काठमाडौं- सरकारले साउदी अरेबियासँग सन् २०२६ को पहिलो महिनामै श्रम सम्झौता गर्ने तयारी गरेको छ । पछिल्लो समय नेपालीहरुको दोस्रो ठूलो रोजगार गन्तव्य बनेको साउदीसँग जनवरी महिनाभित्रै सम्झौता गर्ने गरी तयारी गरेको हो ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र नेपालका लागि साउदीका कार्यवाहक राजदूत अब्दुलनासर बिन हुसेन अल-हार्थिबीचको भेटमा श्रम सम्झौताको विषयमा छलफल भएको जानकारी दिएको छ । आगामी जनवरी २६ देखि २७ मा साउदीमा ‘ग्लोबल लेबर मार्केट कन्फरेन्स, २०२६’ हुँदै छ । सोही सम्मेलनमा सहभागी हुने क्रममा साउदी सरकारसँग श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

Nada Auto Show 2026
Hardik health

पहिलो श्रम सम्झौता भएकाले श्रमिकको हक हित र दुई देशबीचको श्रम कूटनीतिका आधारभूत विषयहरु समावेश भएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए । ‘अरु देशमा हुनेजस्तै आधारभूत सम्झौता नै हो । लिगल फ्रेमवर्कमा श्रमिकहरुलाई यसरी पठाउने भन्ने सम्झौता हुन्छ,’ घिमिरेले भने, ‘मानवअधिकार, सेफ्टी मेकानिजम, केही समस्या भए संयुक्त संयन्त्रमार्फत समाधान गर्नेलगायतका विषयमा केन्द्रित भएको छ ।’

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को ऐनअनुसार श्रम सम्झौता हुने मन्त्रालयले जनाएको छ । साउदीसँग २०६५ सालमा तत्कालीन श्रममन्त्री लेखराज भट्ट र श्रमराज्यमन्त्री मोहम्मद अफ्ताव आलमले श्रम सम्झौताका लागि पहिलोपटक छलफल गरेका थिए । त्यसपछि नेपाली पक्षको मागपछि साउदीले २०६८ सालमा नेपालमा आफ्नो दूतावास खोले पनि श्रम सम्झौताका लागि चासो देखाएको अवस्था थिएन ।

२०७२ सालपछि भने साउदीले घरेलु रोजगारीमा लगाइएको प्रतिबन्ध खुलाउन सर्त राख्दै आएको छ । नेपालले उक्त सर्त नमानेपछि साउदीले श्रम सम्झौतामा चासो नदेखाएको बताइने गरिन्छ । डेढ दशकभन्दा लामो समयदेखि सम्झौताका लागि प्रस्ताव गर्दै आए पनि चासो नदेखाएको साउदी यतिबेला २०३४ को फिफा विश्वकप फुटबल आयोजना गर्ने तयारीमा छ । यसका लागि बन्दै गरेका पूर्वाधारमा ठूलो संख्यामा कामदार आवश्यक पर्नु र अन्तर्राष्ट्रियस्तरमासमेत श्रमिकको अधिकार हनन भएको भन्दै प्रश्नहरु उठिरहेको अवस्थामा सम्झौताका लागि साउदी तयार भएको बुझिएको छ । साउदीले आगामी १० वर्षसम्म ठूलो संख्यामा नेपाली कामदार लग्ने बताउँदै आएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)पछि धेरै नेपाली श्रमिक जाँदै आएको साउदीमा गत आर्थिक वर्ष २०८१÷८२ मा एक लाख ५२ हजार ५५७ जना व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति लिएर गएका थिए । २०८०÷८१ मा यसरी साउदी गएकाको संख्या एक लाख ४१ हजार ५०२ छ । त्यहाँ घरेलु कामदारबाहेक चार लाखको हाराहारीमा नेपाली रहेको बताइन्छ । सरकारी विवरणअनुसार ६० प्रतिशतभन्दा बढी श्रमिक अदक्ष श्रमिकका रुपमा कार्यरत छन् । उनीहरु निर्माण, सफाइ, प्याकेजिङ, लोडिङ, डेलिभरी जस्ता काममा जाने गरेका छन् । यसबाहेक ड्राइभिङ, मेसिन अपरेटर, सेल्स तथा उत्पादन क्षेत्रमा बढी कामदार जाँदै आएका छन् ।

दुई देशबीचको श्रम सम्झौताविनै रोजगारीमा जाँदा श्रमिकहरु श्रम अधिकार हननको समस्यामा पर्दै आएका थिए । त्यहाँ श्रमिकमाथि  जबरजस्ती श्रममा लगाएको, पारिश्रमिक चोरी, शारीरीक दुव्र्यवहारजस्ता घटना भएको पाइएको विभिन्न मानवअधिकारवादी संघसंस्थाले उजागर गर्दै आएका थिए । द्विपक्षीय श्रम सम्झौता नहुँदा यस्ता समस्याको समाधान पनि चुनौतीपूर्ण बनेको थियो । सम्झौतापछि भने दुवै मुलुक नियमभित्र बाँधिने हुँदा घटनामा कमी आउने जनाइएको छ । 
 


प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP