काठमाडौं- आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा पाँच हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको हाे ।
आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा चार हजार २५५ रुपैयाँ पुगेको छ ।
छापावाल सुन सोमबार तोलामा दुई लाख ६१ हजार ७०० सय रुपैयाँ कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य चार हजार २३५ रुपैयाँ थियो ।