Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विचार
  • Home
  • विचार
  • लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
गणेश चाम्लिङ
गणेश चाम्लिङ मंगलबार, पुस ८, २०८२

जनजाति नेता भएको राप्रपामा मधेसी, दलित र आदिवासी समुदाय लगाताररूपमा आक्रमणमा परेका छन्, असुरक्षित महसुस गरीरहेको विषय चर्चामा आएको छ । तिल्के गोरूजस्तो दाम्ला खोल्यो कि होक्रा, होक्रा गरेर जताततै सिंगौरी खेल्दा राप्रपा थिल्थिलिएको छ, राजसंस्थावादी आन्दोलन तुहाएको भन्ने गम्भीर आरोप लिङ्देनमाथि लाग्दै आएको छ । त्यसैले नेता अर्जुन राईको नोस्टाल्जिया जस्तो बहादुर गोरू दिनभर होक्राउँदा र सिंगौरी खेल्दा गोठालाहरू खुब खुसी भएकै होलान्, तर राप्रपा भने नाम र बदनाम होइन, गुमनाम बनेको छ, यही र यस्तै चर्चाले बजार तातेको छ ।

उहिले उहिले लिम्बुवानका गाउँठाउँहरूमा चिठी लेखेर ‘फाइट खेल्न आऊ’ भन्ने चलन थियो । यो दिन, यति बजे, यो बजारमा भेटौं भनेर एक गाउँले अर्को गाउँलाई, एक समूहले अर्को समूहलाई ‘ग्याङ फाइट’मा लड्न आऊ भन्दै च्यालेञ्ज गर्ने चलन थियो । त्यसैगरी रिस फेर्ने, कुटाकुट गर्ने, पालोपैचो तिर्ने र को वीर भन्दै मनको भडास मेट्ने सामाजिक प्रचलन थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही समयअघि सामाजिक सञ्जालमा ‘साथीहरूले चुनाव जितेर, जिताएर देखाउनू’ भन्दै स्टाटस लेख्दा पार्टीका नेता, कार्यकर्ताहरूलाई ठाडो चुनौती दिएको, को वीर भन्दै मनको औडा पोखेको बुझ्न गाह्रो थिएन । उहिलेको लिम्बुवानको सुरोपन र अहिलेको समाजको भाषा र भावमा अन्तर अवश्य होला तर कुरो लडाइँ झगडा, अनमेल र च्यालेञ्जकै थियो, चर्चा बुद्धिको होइन बलकै थियो । ‘मेरो यो आग्रह... मेरै साथीहरूलाई हो । यदि कसैलाई राजेन्द्र लिङ्देनलाई देखाइदिन्छु भन्ने इख छ भने चुनाव जिताएर जितेर देखाइदिनू, मलाई त्यो भन्दा खुसी अर्को केही हुने छैन,’ अध्यक्ष लिङ्देनले लेखेको सन्देश यही हो । यसै लेखाइबाट कम्तीमा दुई–चार कुरा प्रस्ट भएको देखिन्छ ।

पहिलो कुरा, साथी भनेर सम्बोधन गर्दागर्दै इखको कुरा कोट्याउनु प्रथम दृष्टिमै अमिल्दो प्रसंग थियो । इख राख्ने साथी भनेर आरोपको वाण चलाए पनि लिङ्देन आफैंले साथीहरूप्रति इख साँधेको प्रस्ट बुझिन्थ्यो । राष्ट्रिय पार्टीका अध्यक्षले सानो चित्त पालेर सार्वजनिकरूपमै यसरी असहिष्णु टिप्पणी गर्छन् भन्ने सामान्यतयाः कल्पनाभन्दा बाहिरको विषय हो । धेरैजसो बेला लिङ्देन सरल रूपमा प्रस्तुत हुने कोसिस गर्छन् तर यसपटक भने लिङ्देनको मनभित्र गाँठो परेर बसेको रूखोपन छताछुल्ल पोखिएको थियो, त्यसैले लाग्थ्यो भावनाको आवेग उनको काबुभन्दा बाहिर गयो । उनी आफैंले झगडाको भुंग्रोको प्रदर्शनी देखाएर राप्रपाभित्र आफैं झगडिया भएको सावित गर्दै थिए ।

Hardik health

दोस्रो कुरा, सामाजिक सञ्जालमा उनले जुन कुरा लेखे, यस किसिमको चुनौती (दिनैपर्ने भए) कांग्रेस, एमाले र माओवादीलाई दिनुपर्ने थियो । एकै विचार बोक्ने, आफ्नै पार्टीका साथीभाइ होइन, प्रतिद्वन्द्वी दल र नेताहरूलाई च्यालेञ्जको वाणले हान्नुपर्ने थियो । तर, अचम्म लाग्दो कुरा उनको तीखो वचनको तारो प्रतिस्पर्धी दल होइन, राप्रपाका साथी सहयोगी बने । एकछिन कल्पना गरौं, मेसीले आफ्ना टिमका खेलाडीलाई खुलमखुला यसरी गाली बेइज्जती गरे खेलाडीको गोल गर्ने उत्साह र खेलको नतिजामा के कस्तो नकारात्मक असर पर्ला ? मूलतः कुरा यही हो । लिङ्देनले चिठी लेख्दै गर्दा आफू टिम क्याप्टेन रहेको, पार्टीको अभिभावक भएको कुरा चटक्कै बिर्सिएको देखिन्थ्यो, जिम्मेवारी भुलेको प्रस्टै देखिन्थ्यो ।

सबैलाई मिलाएर, चित्त बुझाएर अघि बढ्ने कप्तान नभएर, उरन्ठेउलो केटाजस्तो होहल्ला गरेपछि राप्रपाभित्र त संकट रहेछ, झगडा ठूलो रहेछ भन्ने मूल नेताबाटै सत्य सन्देश छताछुल्ल भएको थियो । यसैले हिन्दी सिनेमामा अमरिश पुरीले डायलग हानेजस्तो नक्कलबाट लिङ्देनले भनेजस्तो राप्रपाले कसरी भोट जित्ला ? त्यसैले अविश्वास र शंका उब्जनु अस्वाभाविक छैन । फिल्मी डायलगले मनोरञ्जन त देला तर हाल जस्तो चुनौतीपूर्ण समयमा राप्रपालाई कसरी स्थापित गर्देला ?

अझ व्यक्तिगत तहमा लिम्बूको छोरा अध्यक्ष रहेको राप्रपा पार्टीमा घरमुलीले नै पार्टीका नेताहरूलाई रिस र इखको झटारोले हान्ने रहेछ, फाइट खेलौं भन्दै हुँकार गर्ने अप्रिय वातावरण रहेछ भन्ने कुरा बाहिर पोखिएको छ । कमी कमजोरीको के कुरा, पार्टी मिलाउने इच्छा र क्षमतासमेत अध्यक्षमा छैन रहेछ भन्ने जानकारी अध्यक्षकै मुखारबिन्दुबाट बजारमा चुहिएको छ । अतः को वीर, को बलवान् भन्ने परिदृश्यमा बुद्धि होइन बलको महŒव झल्किएको छ, त्यो पनि २१औं शताब्दीको अहिलेको युगमा ।

तेस्रो कुरा, राप्रपा पार्टीभित्र चार वर्षको कार्य अवधिभरि गुट उपगुटको झगडा चलि नै राखेको छ । संघीय गणतन्त्र सुदृढीकरण गर्न प्रचण्ड सरकारमा लिङ्देन ऊर्जामन्त्री बनेपछि महाधिवेशनको वचन भुलेको भन्दै सतहमा आएको विवाद खिचातानी चार वर्ष पूरा भएपछि पनि कम परेको छैन । अध्यक्ष स्वयं झगडालाई ‘ब्रेक’ लाउने पक्षमा देखापरेका छैनन् । त्यसैले होला पाँचौं वर्ष के सुरु भएको थियो, ‘फाइट नखेली खाएको पच्दैन’ भनेजस्तो सामाजिक सञ्जालको चिर्कोटबाट हुटहुटी बिसाउन उनले निको माने ।

राप्रपाका पूर्वका हस्ती अर्जुन राईले यही प्रसंगमा लेखेको कथा यहाँ राखौं कि भन्ने लागेको छ । बाल्यकालतिर फर्कंदै नेता राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सानो छँदा हाम्रो एउटा तिल्के गोरू थियो, त्यसलाई दाम्ला खोल्यो कि होक्रा, होक्रा गथ्र्यो । जताततै सिंगौरी खेल्न थालिहाल्ने । र, दिनभर होक्राउँदा र सिंगौरी खेल्दा गोठालाहरू खुब खुसी हुन्थे र मजा मान्दै वस्तु चराउँदै बेलुकी घर फर्किंदा, गोठमा बाँधिराखेको सानो बहर बाच्छो देखेर होक्राउँथ्यो र फेरि सिंगौरी खेल्थ्यो । म भने मेरो तिल्केको बहादुरी देखेर मख्ख पर्दै उसलाई गोठमा बाँधि राखेर गर्वसाथ घर जान्थे ।’

नेता राई भन्छन्, ‘हिजोआज बेला न कूबेला हाम्रा नेताहरूबाट आफ्नै साथीहरू र कार्यकर्ताहरूलाई असान्दर्भिक डंकार, हुंकार र चुनौती दिँदै हिँडेको देख्दा मलाई मेरो बहादुर तिल्के गोरूको सम्झनाले नोस्टाल्जिक बनाएको छ ।’ तिल्के गोरूले दाम्ला खोल्नासाथ होक्रा, होक्रा गर्दै सिंगौरी खेलेजस्तो केन्द्रीय समितिको बैठक सकिन नपाउँदै लिङ्देनले राप्रपालाई आउने चुनावमा पहिलो पार्टी बनाउने भन्दै साथीभाइलाई हुंकार र चुनौती दिए । अरूले भोट जिते जिताए जस लिने मनसुवा उनमा उम्रेको हुनसक्छ नत्र आफ्नै कार्यकतासँग सिंगौरी खेल्न किन मन लाग्थ्यो होला । यसै पनि लिङ्देनले राप्रपाको गत चार वर्षको अवधिमा एउटै पनि योजना बनाएनन्, पार्टीमा कुनै राजनीतिक योजना प्रस्तुत गर्न सकेनन् । त्यसैले गुमनाम र दिशाविहीन राप्रपा कसरी पहिलो पार्टी बन्छ, त्यो पनि नम्रता गुमाएर, कारबाहीमात्र गरेर, फाइटमात्र खेलेर ? भन्ने संकोच जाग्नु नाजायज छैन ।

अन्तिम कुरा, जनजाति नेता भएको राप्रपामा मधेसी, दलित र आदिवासी समुदाय लगाताररूपमा आक्रमणमा परेका छन्, असुरक्षित महसुस गरीरहेको विषय चर्चामा आएको छ । तिल्के गोरूजस्तो दाम्ला खोल्यो कि होक्रा, होक्रा गरेर जताततै सिंगौरी खेल्दा राप्रपा थिल्थिलिएको छ, राजसंस्थावादी आन्दोलन तुहाएको भन्ने गम्भीर आरोप लिङ्देनमाथि लाग्दै आएको छ । त्यसैले नेता अर्जुन राईको नोस्टाल्जिया जस्तो बहादुर गोरू दिनभर होक्राउँदा र सिंगौरी खेल्दा गोठालाहरू खुब खुसी भएकै होलान्, तर राप्रपा भने नाम र बदनाम होइन, गुमनाम बनेको छ, यही र यस्तै चर्चाले बजार तातेको छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
मुखमा राम राम, बगलीमा छुरा !
मुखमा राम राम, बगलीमा छुरा ! मंगलबार, चैत १०, २०८२
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था  मंगलबार, चैत १०, २०८२
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा बिहीबार, चैत ५, २०८२
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग बुधबार, चैत ४, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP