Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ८, २०८२
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र स्वास्थ्य परीक्षण स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल (होडान) बीच सहमतिपत्रमा हस्ताक्षर
  • होडानमा आबद्ध स्वास्थ्य परीक्षण संस्थाहरुले पुरानै दरमा कामदारको स्वास्थ्य परीक्षण गर्ने
  • गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा सहिद तथा घाइते भएकाको परिवारका सदस्यको परीक्षणमा सहुलियत

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल (होडान)मार्फत गराउने भएको छ । सोमबार वैदेशिक रोजगार व्यवसायी संघअन्तर्गतको मेडिकल तथा ओरियन्टेसन समस्या समाधान समितिका संयोजक तथा संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ र होडानका महासचिव रघुनाथ पनेरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको शुल्क वृद्धि खारेज भइसक्दा पनि केही स्वास्थ्य परीक्षण गर्ने संस्थाले बढेकै शुल्कमा परीक्षण गरेको र केहीले सेवा नै रोकेको अवस्थामा साविककै शुल्कमा परीक्षण गराउन होडान तयार भएकाले सहकार्य भएको मेडिकल तथा ओरियन्टेसन समस्या समाधान समितिका संयोजक श्रेष्ठले बताए । साथै, उनले पुरानै शुल्कमा परीक्षण गर्ने संस्थाबाट मात्रै सेवा लिन व्यवसायीहरुलाई आग्रहसमेत गरेका छन् ।

संघले होडानमा आबद्ध व्यवसायीहरुको विवरण एक हप्ताभित्र उपलब्ध गराउन आग्रह गरेको छ । रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउने १७१ वटा संस्थामध्ये ५० प्रतिशत संस्था होडानमा आबद्ध रहेको बताइएको छ । विगतकै दरमा परीक्षण गर्न तयार भएको होडानले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा सहिद तथा घाइते भएकाको परिवारका सदस्यको परीक्षणमा सहुलियत दिनेसमेत सम्झौता गरेको छ । आन्दोलनबाट घाइते भएको एकाघरको सदस्यलाई परीक्षणमा ५० प्रतिशत सहुलियत र सहिद भएका परिवारका सदस्यलाई सतप्रतिशत सहुलियतमा परीक्षण गर्ने सहमति भएको संघले जानकारी दिएको छ । यसका लागि नेपाल सरकारले प्रदान गरेको पत्र र वैदेशिक रोजगार व्यवसायी संघको सिफारिस आवश्यक पर्ने जनाइएको छ ।

Hardik health

यही पुस ४ गते अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वृद्धि भएको शुल्क खारेज भएको घोषणा गरेका थिए । यसअघि मन्त्रालयले कात्तिक ३० गते मापदण्ड पुगेका संस्थाको सूची सार्वजनिक गर्दै नयाँ मापदण्ड लागू गर्न भनेको थियो । यसपछि अधिकतम् छ हजार ५०० रुपैयाँमा स्वास्थ्य परीक्षण गराउँदै आएका संस्थाहरुले ३४ प्रकारका परीक्षणका लागि नौ हजार ५०० रुपैयाँ लिन थालेका थिए । उक्त मूल्यवृद्धिको वैदेशिक रोजगार व्यवसायीहरुले विरोध जनाएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुल्क वृद्धि खारेजीका लागि पहल गरेको थियो । अन्ततः श्रममन्त्रीमा भण्डारीको नियुक्तिसँगै महासंघको माग सम्बोधन भएको हो ।

नेपाल मेडिकल व्यवसायी संघ र नेपाल स्वास्थ्य व्यवसायी महासंघले भने खारेजीको निर्णयमा आपत्ति जनाउँदै आएका छन् । आफूहरुलाई सरकारले करोडौंका उपकरण थप्न लगाएपछि यस्तो निर्णय गर्दा व्यवसायीहरु मारमा परेको सेवा रोकेका स्वास्थ्य व्यवसायीहरुको दाबी छ । सरकार फेरिएपिच्छे नीति नियम फेरिँदा आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ । पुरानो दरमा सेवा दिन नसक्ने भन्दै उनीहरुले परीक्षण रोकेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP