काठमाडाैं- आज नेपाली बजारका सुनको तीन हजार चार सय रुपैयाँले मूल्य बढेकाे छ ।
आज एक तोला सुनको मूल्य दुई लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
आइतबार सुन तोलामा २ हजार रुपैयाँले घटेर एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियाे ।
आज एक तोला चाँदीको मूल्य २३५ रुपैँयाले बढेर चार हजार दुई सय ३५ रुपैयाँ निर्धारण भएकाे छ । आइतबारर एक तोला चाँदीको मूल्य चार हजार एक सय पाँच रुपैयाँ निर्धारण भएको थियाे ।