Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ७, २०८२
  • अघिल्लो आवको पाँच महिनाको तुलनामा यस वर्ष सोही अवधिमा रोजगारीमा जानेको संख्या ३९ हजार ३१९ जना बढ्यो 
  • मंसिर महिनामा ६५ हजार ७०७ जनाले रोजगारीका लागि मुलुक छाडे
  • मंसिरमा संस्थागतको तुलनामा व्यक्तिगत रुपमा जाने महिला बढी
  •  पाँच महिनामा ४५० वटा संस्थागत र तीन हजार ९१ वटा व्यक्तिगत ठगीसम्बन्धी उजुरी


काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्म तीन लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार यस आवको पाँच महिनामा तीन लाख ४१ हजार ४६९ जना रोजगारीका लागि विभिन्न मुलुक गएका हुन् । यो संख्या व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो ।

अघिल्लो आवको यसै अवधिमा तीन लाख २५ हजार ८०९ जना रोजगारीमा गएका थिए । अघिल्लो आवको पाँच महिनाको तुलनामा यस वर्ष सोही अवधिमा रोजगारीमा जानेको संख्या ३९ हजार ३१९ जनाले बढेको छ । विभागको तथ्यांक अनुसार मंसिर महिनामा मात्र ६५ हजार ७०७ जनाले रोजगारीका लागि मुलुक छाडेका छन् । जसमा ५८ हजार ८५ जना पुरुष र सात हजार ६२२ जना महिला छन् । उक्त एक महिनामा १८ हजार ३९८ जना संस्थागत माध्यमबाट गएका छन् भने व्यक्तिगतरुपमा जानेहरु १० हजार २६६ जना छन् । 

मंसिरमा संस्थागतको तुलनामा व्यक्तिगत रुपमा जाने महिला बढी देखिएका छन् । संस्थागत माध्यमबाट एक हजार ८८९ जना महिला रोजगारीमा जाँदा व्यक्तिगत श्रम स्वीकृतिमा दुई हजार ४४९ जना गएका छन् ।  त्यस्तै, म्यानपावरमार्फत १६ हजार ५०९ जना पुरुष रोजगारीका लागि गएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा सात हजार ८१७ जना गएको तथ्यांक छ । पुनः श्रम स्वीकृति लिएर जानेहरु ३६ हजार ८९ जना छन् । जसमा ३२ हजार ९५३ जना पुरुष र तीन हजार १३६ जना महिला छन् ।  यता जिटुजीमार्फत ८९७ जनाले इजरायल र दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन् । जसमध्ये ७७५ जना पुरुष र १२२ जना महिला छन् ।

Nada Auto Show 2026
Hardik health

संस्थागत तथा व्यक्तिगत उजुरी
यस अवधिमा म्यानपावरसँग सम्बन्धित ४५० वटा उजुरी परेका छन् । जसमा ११२ जनाको उद्धार गरिएको छ भने १५३ जनालाई क्षतिपूर्ति दिइएको छ । २४५ वटा उजुरी आपसी सहमतिमा टुंगिएको विभागले जानकारी दिएको छ । संस्थागत क्षतिपूर्ति रकम दुई करोड ६६ लाख ३२ हजार ६५० रुपैयाँ रहेको छ । मंसिर महिनामा मात्र १२३ वटा यस्ता उजुरी परेको देखिएको छ ।

व्यक्तिगत ठगीका घटना भने नियन्त्रण हुन नसकेको पाइएको छ । रोजगारीका लागि आकर्षक सेवा सुविधामा युरोप पठाइदिने प्रलोभनमा पर्दा बर्सेनि हजारौं युवा ठगिने गरेका छन् । पछिल्लो पाँच महिनामा कूल तीन हजार ९१ वटा व्यक्तिगत ठगीका उजुरी परेका छन् । जसमा विभागअन्तर्गतको प्रहरी शाखामा एक हजार ८८१ वटा उजुरी पर्दा मुद्दा तथा अनुसन्धान शाखातर्फ एक हजार २१० वटा उजुरी छन् ।

प्रहरी शाखाबाट एक हजार २४५ वटा उजुरी फस्र्योट भएको छ । उक्त शाखाले एक करोड ७२ लाख आठ हजार ६५० रुपैयाँ असुल गरेको छ । मुद्दा शाखातर्फ १६६ वटामामात्र मिलापत्र भएको छ । ६४ वटामा भने मुद्दा दायर भएको छ । उक्त शाखाबाट छ करोड ५१ लाख ९० हजार २०० रुपैयाँ क्षतिपूर्ति दिलाएको जानकारी दिइएको छ ।


प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP