काठमाडाैं- आज नेपाली बजारका सुनको एक सय रुपैयाँले मूल्य घटेकाे छ ।
आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
शुक्रबार सुन तोलामा २ हजार रुपैयाँले घटेर एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम भएको थियाे ।
आज एक तोला चाँदीको मूल्य चार हजार एक सय पाँच रुपैयाँ निर्धारण भएकाे छ । शुक्रबार एक तोला चाँदीको मूल्य चार हजार पाँच रुपैयाँ निर्धारण भएको थियाे ।