Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ६, २०८२

 

‘ई-सेभेनलाई जिटुजी गर्दा राम्रो हुन्छ भन्ने सल्लाह आएपछि हामीले कोरिया सरकारलाई जिटुजी गरौं भनेर औपचारिक, अनौपचारिक सबै माध्यमबाट अनुरोध गर्‍यौं । तर कोरिया सरकारबाट ई-सेभेनमा आफ्नै खालका प्रक्रिया भएको र कुनै पनि देशसँग जिटुजी नभएको जवाफ आयो ।
डा. कृष्णहरि पुष्कर
सचिव, श्रम मन्त्रालय

काठमाडाैं- श्रमिकलाई ई-सेभेन भिसामा दक्षिण कोरिया पठाउन पाउने संकेत देखिएपछि वैदेशिक रोजगार व्यवसायीहरु फेरि आशावादी भएका छन् । विभिन्न पक्षको असन्तुष्टिलाई सम्बोधन गर्दै सरकारले जिटुजीमार्फत नै कामदार पठाउने विषयमा छलफल अघि बढाउँदा कोरिया सकारात्मक नदेखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

म्यानपावरलाई कोरिया पठाउने जिम्मा दिँदा रोजगार अनुमति प्रणाली (इपिएस) कमजोर हुने, श्रमिकहरु व्यवसायीबाट विभिन्न खाले शोषणमा पर्ने भन्दै विरोध हुँदै आएको छ । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी व्यवसायीको स्वार्थमा केन्द्रित भएर बनाएको कार्यविधि कार्यान्वयन हुन नहुने कतिपयको माग छ ।  यसैलाई ध्यानमा राख्दै दक्ष र अर्धदक्ष कामदार पठाउने प्रक्रियालाई पनि जिटुजीमार्फत गरौं भने पनि कोरियाबाट सीपयुक्त श्रमिक पठाउन फरक खालको प्रक्रिया भएको भन्ने जवाफ आएको श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले बताएका छन् । आप्रवासन दिवसका अवसरमा आयोजित कार्यक्रममा सचिव पुष्करले जिटुजीमा लग्न कोरिया तयार नभइ नहुने बताएका छन् ।

Nada Auto Show 2026
Hardik health

ई-सेभेनलाई कार्यान्वयन नगर्न भनेर अख्तियारले रोकेको थियो । तर रोक्न मिल्दैन । कोरियन सरकारले आफैंले बिटुबीमार्फत पठाउने कुरा स्वीकार गरेको छ । साथीहरुबाट त्यो खालको मार्केटिङको प्रयास पनि भइरहेको छ । हामीले छिट्टै कामदार पठाउन पाउँछौं भन्नेमा आशावादी छौं ।
भुवनसिंह गुरुङ
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

‘ई-सेभेनलाई जिटुजी गर्दा राम्रो हुन्छ भन्ने सल्लाह आएपछि हामीले कोरिया सरकारलाई जिटुजी गरौं भनेर औपचारिक, अनौपचारिक सबै माध्यमबाट अनुरोध गर्‍यौं,’ पुष्करले भने, ‘तर कोरिया सरकारबाट ई-सेभेनमा आफ्नै खालका प्रक्रिया भएको र कुनै पनि देशसँग जिटुजी नभएको जवाफ आयो ।’ यद्यपि, मन्त्रालयले सकेसम्म जिटुजी नै गर्न चाहेको र अहिले पनि पहल जारी राखेको पुष्करको भनाइ छ । ‘मन्त्रालयले अहिले पनि पहल गरिरहेको छ । तर कोरिया सरकारले हुन्छ नभनि एक्लै जिटुजी हुँदैन,’ उनले भने, ‘नागरिकलाई अधिकतम् अवसर दिनुपर्छ । ठगी, झूठा आश्वासनमा पर्न दिनुहुँदैन भन्नेमा मन्त्रालय सजग छ ।’

कोरिया सरकार व्यवसायी-व्यवसायी (बिटुबी)मार्फत श्रमिक लैजान तयार भएकाले यो प्रक्रिया छिट्टै कार्यान्वयनमा आउनेमा व्यवसायीहरु आशावादी देखिएका छन् । उनीहरुले मार्केटिङसमेत थालिसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए । ‘ई-सेभेनलाई कार्यान्वयन नगर्न भनेर अख्तियारले रोकेको थियो । तर रोक्न मिल्दैन । कोरियन सरकारले आफैंले बिटुबीमार्फत पठाउने कुरा स्वीकार गरेको छ,’ अध्यक्ष गुरुङले भने, ‘साथीहरुबाट त्यो खालको मार्केटिङको प्रयास पनि भइरहेको छ । हामीले छिट्टै कामदार पठाउन पाउँछौं भन्नेमा आशावादी छौं ।’

सीपयुक्त जनशक्ति पठाउन भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत असार १३ गते कोरियामा सीपयुक्त जनशक्ति पठाउनेसम्बन्धी कार्यविधि, २०८० को तेस्रो संशोधन सार्वजनिक गर्‍यो । योसँगै इजाजतप्राप्त संस्थामार्फत कोरिया पठाउने बाटो खुलेको छ । तर गत भदौ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयलाई पत्र लेख्दै म्यानपावरबाटकोरिया पठाउने कार्यविधि कार्यान्वयनमा नल्याउन निर्देशन दिएको थियो । उक्त निर्देशनपछि वैदेशिक रोजगार विभागले भदौ ३१ मा सूचना जारी गर्दै कार्यविधि कार्यान्वयन नहुने जानकारी दिएको थियो । यसको विरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेपछि उच्चले असोज ३१ गते रोक लगाउने सूचना कार्यान्वयन नगराउन निर्देशन दिएको थियो । उच्चको आदेशपछि मन्त्रालयले मंसिर २४ मा विभागलाई रोक लगाउने सूचना कार्यान्वयन नगर्नु भनेपछि विभागले मंसिर २५ मा उक्त कार्यविधिमा लगाइएको रोक फुकुवा गरेको भन्दै सूचना निकालेको छ ।

अन्तर्राष्ट्रिय श्रमबजारमा नेपालीहरु सधैँ अदक्ष श्रमिकका रुपमामात्र चिनिने गरेकोले दक्ष श्रमिक पनि पठाउन थालेपछि मुलुककै छविमा सुधार हुने कार्यविधि ल्याउन भूमिका खेल्नेहरुको भनाइ छ । कार्यविधि बनेपछिको समयमा कुनै पनि मागपत्र नआए पनि ई-सेभेन भिसामा पठाइदिने भन्दै ठगी भएका घटनाहरु बाहिर आएका थिए ।
 


प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP