Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रममन्त्री भण्डारीको उद्घोष– श्रमिकलाई समस्यामा पार्नेलाई छाडिन्न श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न ‘स्पेसल टास्क फोर्स’ बनाएर काम गर्ने बताएका छन् । २५औं आन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोजित ‘आप्रवासन व्यवस्थापन तथा पुनःएकीकरणका चुनौतीहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले टास्क फोर्समा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेतको टोलीले काम गर्ने बताए ।

रोजगारीका लागि विदेसिनु आफैंमा पीडादायी भए पनि कुनै व्यक्ति विदेश जान बाध्य भएर योजना बनाउँदादेखि नै सबैले प्रताडनामा पार्ने गरेको मन्त्री भण्डारीले बताए । टास्क फोर्सले निर्लज्ज भएर श्रमिकलाई समस्यामा पार्ने कसैलाई पनि नछोड्ने उनको दाबी छ । अहिलेको परिवर्तनको मागलाई सम्बोधन गर्दै यो क्षेत्रलाई कसरी व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने भन्नेमा सम्पूर्ण प्रयास केन्द्रित हुने उनले बताए । आफूलाई प्रधानमन्त्रीले उक्त आदेश दिइसकेकाले निर्भीक भएर काम गर्ने मन्त्री भण्डारीको भनाइ छ ।

‘मलाई न भोलिको राजनीति गर्नु छ, न दल बनाउनु छ । सम्माननीय प्रधानमन्त्रीज्यूले तपाईं अनुसन्धान क्षेत्रको भएकाले अनुसन्धानमा फोकस गरेर सबलाई तह लगाउनुहोस् भन्नुभएको छ । उहाँ आफैं पनि सबलाई ठीक पारेर आउनुभएको हो,’ भण्डारीले भने, ‘ठीक पार्नचाहिँ जानेको छु मैले । राम्रो कम गर्नका लागि एक हप्ता पर्याप्त हुन्छ ।’टास्क फोर्सका लागि सिआइबी र मन्त्रालयको महाशाखाबाट अनुभवी टोली बनाइने जानकारी दिइएको छ । यो कामका लागि साथ दिन मन्त्री भण्डारीले सबैलाई आग्रहसमेत गरेका छन् ।

Nada Auto Show 2026
Hardik health

मन्त्री भण्डारीले आफूलाई भेट्न आएका वैदेशिक रोजगार व्यवसायीहरुलाई प्रमाणसहित समस्या र त्यसको कारण लिएर आउन भने पनि त्यसपछि कुनै जवाफ नपाएको बताए । ‘वैदेशिक रोजगार व्यवसायीले कर्मचारी र कर्मचारीले व्यवसायीलाई दोषारोपण गरिरहनुहुन्छ । मैले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङसँग मेरा यो–यो व्यवसायीले दलाली गरिरहेका छन्, दुःख दिइरहेका छन्, तपाईंहरुका यो–यो कर्मचारी मिलेका छन् भनेर लेटरप्याडमा प्रमाणसहित उजुरी लिएर आउनुहोस् भनेँ । उहाँले हुन्छ÷हुँदैन केही भन्नुभएको छैन,’ मन्त्री भण्डारीले भने ।

विश्वव्यापी रुपमा एक करोड ६९ लाखभन्दा बढी आप्रवासी श्रमिक रहेको अवस्थामा हाम्रो मुलुकबाट मात्र गत आव २०८१÷८२ मा आठ लाख ३९ हजार विदेसिएकामा मन्त्री भण्डारीले चिन्ता व्यक्त गरेका छन् । साथै, वैदेशिक रोजगार बोर्डले हरेक वर्ष शव व्यवस्थापनलाई उपलब्धि भन्दै सार्वजनिक गर्ने गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘शव ढुवानीमा मात्रै करोडौं खर्च गर्नु उपलब्धि भएको छ । यहाँ छ समस्या । फेरि अर्को वर्ष पनि यति जनाको शव व्यवस्थापन भयो भन्दै लेख्नुहुने छ,’ मन्त्री भण्डारीले भने, ‘अब रोजगारीबाट फर्किएकाहरुका लागि यति खर्च भयो, उनीहरुले यति योगदान पु¥याए भनेको सुन्न परोस् ।’

वैदेशिक रोजगार बोर्डद्धारा आयोजित कार्यक्रममा नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२४ समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बुधबार व्यवसायी र मन्त्रालयबीच भएको मैत्रीपूर्ण फुटसलमा सहभागीहरुलाई सम्मानित गरिएको थियो ।अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ, सेफर माइग्रेसन प्रोजेक्ट (सामी) परियोजना, ट्रेड युनियन, रिटर्नी माइग्रेन्ट (रेमी) परियोजना, वैदेशिक रोजगार विभाग, व्यवसायी लगायत सम्पूर्ण सरोकारवालाको उपस्थीति रहेको कार्यक्रममा रोजगारीबाट फर्किएर यहाँ व्यवसाय सञ्चालन गरिरहेकाहरुले पनि आफ्नो अनुभव राखेका थिए । 

दिवसका अवसरका बिहीबार बिहान ‘वाक फर माइग्रेन्ट वर्कर राइट’ भन्ने नारासहित वाकाथनसमेत आयोजना गरिएको थियो । बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि बसन्तपुर दरबार स्क्वायरसम्म पुगेको उक्त र्यालीमा सयौंले सहभागिता जनाएका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP