काठमाडाैं- आज नेपाली बजारका सुनको मूल्य हाल सम्मकै उच्च रहेकाे छ । बुधबारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँ बढेर नयाँ मूल्य कायम भएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य चार हजार ८० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।