काठमाडौं- सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँ र त्यतिनै परिमाणको चाँदी १७० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।