Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २, २०८२

काठमाडौं- २५औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजना गरिएको आप्रवासन सप्ताह मंगलबारबाट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सप्ताहको पहिलो दिन पत्रकार सम्मेलन गर्दै पुस ७ गतेसम्म अर्थपूर्ण ढंगले दिवस मनाउने जानकारी दिएको छ ।

मन्त्रालयले यस वर्षको दिवसका लागि ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ नारा तय गरेको छ । अन्तर्राष्ट्रिय दिवसको नारा भने ‘अनरिङ द कन्ट्रिव्युसन अफ माइग्रेन्ट्स एण्ड रेस्पेक्टिङ देअर राइट्स’ रहेको छ । हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइन्छ ।  साताव्यापी कार्यक्रम प्रत्यक्षरुपमा प्रभाव देखिनेगरी मनाउने श्रमसचिव डा. कृष्णहरि पुष्करले बताए । अन्य दिवसजस्तो औपचारिकतामा मात्र सीमित नभई नतिजा देखिनेगरी मनाउने उनको भनाइ छ । 

‘श्रम तथा आप्रवासन क्षेत्रमा रहेका विकृति विसंगति, ठगी, अपराधका कुरा नियन्त्रण गरेर सबै सरोकारवालाई ‘इथिकल पर्टनर’को रुपमा कायम गर्ने कुरामा जोड दिएको विषय छ,’ सचिव पुष्करले भने, ‘यसमा तीनै तहको सरकार उत्तिकै जिम्मेवार भएकाले अरु कार्यक्रमजस्तो भाषण गरेर मनाउने नभई वास्तविक प्रभाव पार्ने खालको कार्यक्रम हो ।’

हाल ४० लाख हाराहारी नेपाली वैदेशिक रोजगारीमा भएको बताइन्छ । देशको ६० प्रतिशत परिवार वैदेशिक रोजगारसँग प्रत्यक्ष सम्बन्धित रहेको विभिन्न अध्ययनले देखाएका छन् । वार्षिक पाँच लाखको हाराहारीमा आउने श्रम शक्तिको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जाने गरेको सचिव पुष्करले बताए । 

Nada Auto Show 2026
Hardik health

‘अध्ययनका अनुसार चारदेखि पाँच लाख नयाँ श्रम शक्ति श्रमबजारमा आउने गरेको छ । त्यसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जाने गरेको छ,’ उनले भने, ‘यो क्षेत्रमा रिक्रुटिङ एजेन्सिज, टे«ड युनियन, मेडिकल एजेन्सी, सिटिईभिटीलगायतका संस्थाहरुको लगानीको कुरा गर्दा पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी भएको सबैभन्दा ठूलो क्षेत्र भएको पनि विश्वास छ । 

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विभागले सबै सेवाहरुलाई डिजिटलाइज्ड गरेर श्रम स्वीकृतिलाई सरल र पारदर्शी बनाएको जानकारी दिए । साथै, वैदेशिक रोजगारीमा नैतिक भर्नाको विषय मुख्य चुनौतीको रुपमा रहेको उनले औंल्याए । ‘इथिकल रिक्रुटमेन्ट च्यालेञ्जको रुपमा देखापरेको छ । यसका लागि सबैको सहकार्यमा अगाडि बढ्नुपर्ने र यसका लागि पोलिसी र प्रक्रियागत इन्टरभेन्सन आवश्यक छ,’ भट्टराईले बताए ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता एवं मूल समारोह कार्यक्रम व्यवस्थापन समितिका संयोजक पिताम्बर घिमिरेले सात दिनको कार्यतालिकाको विषयमा जानकारी गराएका थिए । साप्ताहिक कार्यक्रममा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सन्देशहरु प्रवाह गरिने, रक्तदान, खेलकुद प्रतियोगिता, वाकाथन, अन्तरक्रिया कार्यक्रम, वादविवाद प्रतियोगिता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्देशमूलक सामग्री वितरणलगागतका विविध कार्यक्रमहरु आयोजना हुँदै छन् । जसअन्तर्गत आज बुधबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा फुटसल प्रतियोगिता आयोजना हुँदै छ ।

मन्त्रालयले विदेशस्थित नियोगहरु, प्रदेश र स्थानीय तहलाई सचेतनामूलक, अन्तरक्रियात्मक र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि पत्राचारसमेत गरेको छ । 

‘हेल्प टू हेल्प टेन सेन्टर’
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सुरक्षाको सुनिश्चितता गर्न ‘हेल्प टू हेल्प टेन सेन्टर’ स्थापना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा श्रमसचिव कृष्णहरि पुष्करले उक्तसमेत जानकारी दिएछन् । 

उक्त सेन्टर आप्रवासी दिवस मनाएपछि पुस ८ गतेबाट सञ्चालनमा आउने उनको भनाइ छ । सेन्टरले रोजगारीमा जाने श्रमिकको १० वटा प्रश्नको जवाफ दिने छ । ‘हेल्प अस टू हेल्प यू’ भन्ने सिद्धान्तमा आधारित भएर यो अवधारणा तयार गरिएको सचिव पुष्करले बताए । उक्त सेन्टरले विदेश जान चाहने श्रमिकहरुलाई राज्यले दिएको सूचनाका आधारमा निर्णय गर्ने, विभिन्न खालको ट्र्यापहरुबाट जोगाउने र इ–गभर्नेन्सलाई प्रभावकारी बनाउन सघाउने जनाइएको छ । 

१० वटा प्रश्नमा जान खोजेको देशको मागपत्र छ कि छैन, कुन-कुन रिक्रुटिङ एजेन्सी उक्त मागपत्रको आधिकारिक निकाय हुन्, उक्त कामका लागि चाहिने योग्यता, उमेर, तालिम आदि, जम्मा लागत कति, कसरी भुक्तनी गर्ने, कसलाई भुक्तानी गर्ने, उक्त निकायको आधिकारिक व्यक्ति र उसको सम्पर्क ठेगाना, र अन्त्यमा आवश्यक सल्लाह सुझाव र थप जानकारी लिन सक्ने जनाइएको छ । यस्तो सूचना ७५३ वटा स्थानीय तह, सातवटै प्रदेशका श्रम कार्यालय, श्रमाधान कल सेन्टर र वैदेशिक रोजगार विभागमा फोन गरेर या आफैं गएर पनि पाउन सकिने मन्त्रालयले जनाएको छ ।
 


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP