Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सीप सिकेर जापान जाने बढी, साइप्रसमा सिपबिनै
सीप सिकेर जापान जाने बढी, साइप्रसमा सिपबिनै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २८, २०८२
  • साइप्रस गएकामध्ये ६४.३ प्रतिशत कामदार सीप बिनै गएको प्रतिवेदनमा उल्लेख
  • १३ हजार ८६४ जना जापान गएकोमा ८३.१ प्रतिशत दक्ष श्रमिक
  • दक्षिण कोरिया र माल्टा गएकामध्य ८२.६ प्रतिशतले सीप सिकेको पाइएको छ

काठमाडौं– वैदेशिक रोजगारीमा सबैभन्दा बढी अदक्ष श्रमिक साइप्रस गएको पाइएको छ । हालसालै श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनकाअनुसार सन् २०२३/२४मा छ हजार ९५० जना साइप्रस गएकोमा ६४.३ प्रतिशत कामदार सीप बिनै गएको पाइएको हो । उक्त संख्या व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर गएकाहरुको हो ।

सोही वर्ष साइप्रसपछि बढी अदक्ष श्रमिक जोर्डन गएका छन् । जहाँ कुल दुई हजार २०३ जना श्रमिक गएकोमा ५९.६ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । यी मुलुकमा महिलाहरु घरेलु कामदारको रुपमा बढी जाने गरेका छन् । साइप्रस र जोर्डनपछि बढी अदक्ष श्रमिक खाडी मुलुक र मलेसिया गएका छन् । सोही अवधिमा पाँच लाख २५ हजार ६९२ जना खाडीमा गएकोमा अदक्ष श्रमिक २१.१ प्रतिशत छन् । त्यस्तै, एक लाख तीनहजार ४४२ जना मलेसिया गएकाहरुमध्य १८.६ प्रतिशत सीप नसिकेकाहरु छन् ।
अध्ययनकाअनुसार सबैभन्दा बढी दक्ष श्रमिकहरु भने जापान गएका छन् । उक्त वर्ष १३ हजार ८६४ जना जापान गएकोमा ८३.१ प्रतिशत दक्ष श्रमिक रहेका छन् । दोस्रोमा, दक्षिण कोरिया र माल्टा गएकामध्य ८२.६ प्रतिशतले सीप सिकेको जनाइएको छ । त्यसपछि, बढी सीप सिकेर गएका मुलुकहरुमा क्रोएसियामा ७९.१, रोमानियामा ७७.४ र यूकेमा ७५.२ प्रतिशत गएका छन् । मलेसियामा ७४ र खाडी मुलुकमा ७१.१ प्रतिशत सिपयुक्त श्रमिक गएका छन् ।

रोजगारीमा जाने व्यवसायिक र उच्च दक्ष कामदारको संख्या भने न्यून छ । उक्त वर्ष उच्च दक्ष कामदार यूके गएका थिए । यूकेमा दुई हजार ५४४ जना गएकोमा उच्च दक्ष कामदार ०.९ प्रतिशत थिए । दोस्रोमा माल्दिभ्स र जपान रहेका छन् । जहाँ ०.४ प्रतिशत यस्ता कामदार गएका छन् । खाडीमा ०.१ प्रतिशत उच्च दक्ष श्रमिक गएका छन् भने मलेसियामा कोही पनि गएका छैनन् । सबैभन्दा बढी व्यवसायिक कामदार भने माल्दिभ्स गएका छन् । त्यहाँ गएकामध्य १.९ प्रतिशत व्यवसायिक कामदार छन् । त्यसपछि यूके गएका १.७ प्रतिशत व्यवसायिक कामदार छन् । खाडीमा ०.३ र मलेसियामा ०.५ प्रतिशत यस्ता कामदार गएका छन् ।

Nada Auto Show 2026
Hardik health

पेशागत हिसाबले हेर्दा सबैभन्दा बढी कामदार ‘इलिमेन्ट्री अकुपेसन’ मा जाने गरेका छन् । जसअन्तर्गत क्लिनिङ, प्याकेजिङ, लोडिङ, सिपिङ, डेलिभरी, लेबर लगायतका काम पर्छन् । महिलाहरु बढीजसो सरसफाइ र लन्ड्रीमा जाँदा पुरुषहरु भने लेबरको रुपमा गएको पाइएको छ । २०२३/२४मा संस्थागत माध्यमबाट ४८.४ प्रतिशत युवाहरु उक्त काममा गएका छन् । व्यक्तिगत श्रम स्वकिृति लिएर ३८.२ र जिटूजिमार्फत ९८.५ प्रतिशत गएका छन् । त्यस्तै म्यानपावरबाट सर्भिस एन्ड सेल्समा १८.२ र म्यानुफ्याक्चरिङमा ११ प्रतिशत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर उक्त क्षेत्रमा क्रमशः २९.३ र २.८ प्रतिशत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रशासनिक कामको लागि ६.३ प्रतिशत कामदार जाँदा म्यानपावरबाट भने १.९ प्रतिशतमात्र गएका छन् ।

उक्त वर्ष कृषि तथा पशुपालनमा, मेसिन अपरेटर, उत्पादनर सुरक्षा गाार्डमा सबैभन्दा बढी मलेसिया गएका थिए । प्लम्बिङ, स्काफफोल्डिङ, पेन्टर, मेसन, म्यानेजर, हाउस किपिङ एभिएसम एन्ड क्रुज, इलेक्ट्रिसियनलगायतका कामका लागि सबैभन्दा बढी यूएई गएका छन् । लेबर, ड्राइभर, प्याकेजिङ, डेलिभरी लगायतका काममा साउदी अरब जानेहरु बढी छन् । त्यस्तै, शेफ/कुकमा जापान, केयरगिभरमा युके, ब्यूटी एन्ड फिटनेसमा कुवेत र डेजर्ट मेकरमा मरिससमा बढी युवाहरु गएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा सीप सिकेर जानेहरु बढेका छन् । सरकारी तथ्यांक अनुसार सन् २०१७/१८मा रोजगारीमा जाने अदक्ष् ाश्रमिकको संख्या ६४ प्रतिशत थियो भने सन् २०२३/२४मा २१.९ प्रतिशतमा झरेको छ ।
 


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP