काठमाडौं- बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मोल १००रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ९०५ रुपैयाँ निर्धारण भएको छ ।
विहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।