Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
बजार
  • Home
  • बजार
  • ‘अण्डा’को मूल्य बढ्यो
‘अण्डा’को मूल्य बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२

चितवन- अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो ।

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य १९.१२  रुपैयाँ पर्न आउँछ । विगतमा लागत मूल्य  १६.५६  रुपैयाँ रहेको थियो । तीन वर्ष अघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए ।

डा दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो । यस अनुसार चल्लाको मूल्य प्रतिगोटा  १५० रुपैयाँका दरले  १५ लाख रुपैयाँ, तीन प्रकारका दाना, औषधि र भेक्सिन गरी  तीन करोड ४८ लाख ८८ हजार ८००  रुपैयाँ खर्च निकालिएको छ । यसमा सुरुमा चल्लालाई खुवाउने एल वान दाना एउटा चल्लालाई दुई किलो, जसको मूल्य प्रतिकिलो  ६८ रुपैयाँ राखिएको छ । हुर्काउलो कुखुराका लागि छ किलो (एल टु दाना), यसको सरदर मूल्य  ६१ रुपैयाँ राखिएको छ । उन्नाइस हप्तादेखि ८० हप्तासम्मको अण्डा दिने समयका लागि ४८ किलो एलथ्री दाना एउटा कुखुराले खान्छ । जसको मूल्य  ६०.५० रुपैयाँ पर्दछ । त्यस्तै औषधि र भेक्सिनको ११ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।

त्यसैगरी मजदुर, भेटेरिनरी चिकित्सक, व्यवस्थापक, विद्युत, धानको भुस, खोरको मर्मत, खोरमा त्रिपाल, चल्ला तातो बनाउने ग्यास, अण्डाको क्रेट र डिजेल गरी  ६० लाख ५८ हजार ६९६ रुपैयाँ खर्च हुने दाहालले बताए । जसमा मजदुर खर्च २५ लाख २० हजार रुपैयाँ, भेटेरिनरी चिकित्सक (आंशिक) को  चार लाख ५० हजार रुपैयाँ, व्यवस्थापकको  सात लाख २० हजार रुपैयाँ, विद्युत्को  दुई लाख १३ हजार ९९६ रुपैयाँ, धानको भुसको  चार लाख रुपेयाँ, खोरको मर्मत  तीन लाख ५० हजार रुपैयाँ, पाँच वटा खोरमा त्रिपाल राख्दा  एक लाख ५० हजार रुपैयाँ, ग्यासको  ४० हजार रुपैयाँ लागत निकालिएको छ । यस्तै अण्डाको क्रेटको   आठ लाख ९६ हजार रुपैयाँ र डिजल एवं जेनेरेटर खर्च  तीन लाख १९ हजार रुपैयाँ लागत निकालिएको उनले जानकारी दिए ।

Hardik health

त्यसैगरी अण्डा ढुवानीको मजदुर खर्च  छ लाख ३० हजार  रुपैयाँ, ढुवानी सवारीको  दुई लाख ५० हजार रुपयाँ र खोरको ह्रासकट्टी १९ लाख ७२ हजार ५०० रुपैयाँ, मजदुरको आवासको ह्रासकट्टी  दुई लाख रुपैयाँ र बैंक व्याज ४९ लाख ५९ हजार ७५०  रुपैयाँ लागत निकालिएको छ । यी सबैको एकमुष्ट  ८० लाख १२ हजार २५० रुपैयाँ हुन आउँछ ।

सम्पूर्ण खर्च जोड्दा १० हजार कुखुरापालन गरी अण्डा उत्पादन गर्दा  चार करोड ९८ लाख ५९ हजार रुपैयाँ हुन आउँने उनको भनाइ छ । डा दाहालले भने, “१० हजार कुखुरापालन गरी अण्डा उत्पादनपछि बजारसम्म पुर्‍याउँदा लाग्ने सम्पूर्ण खर्चलाई जोडेर लागत मूल्य निकालेका हौँ ।” त्यसैको आधारमा प्रतिगोटा लागत मूल्य रु १९.१२ पर्न आएको उनको भनाइ छ । पालिएका सबै कुखुराले शतप्रतिशत अण्डा नदिने, अण्डा बजारसम्म पुर्‍याउँदा नोक्सान हुनेजस्ता विषयवस्तु समेतको अध्ययन गरी लागत मूल्य निर्धारण गरिएको उनले बताए ।

चल्ला राखेदेखि अण्डा दिई ८० हप्तासम्म पाल्दा दुई हजार कुखुरा मर्ने हुँदा आठ हजार कुखुराले २६ लाख ८८ हजार अण्डा पार्दछन् । जसको तीन प्रतिशत फुट्ने र बिक्री अयोग्य हुन्छ । दाहालका अनुसार जसबाट ८० हजार ६४० वटा अण्डा बिक्री गर्न अयोग्य हुन्छ । यसरी हेर्दा २६ लाख ७ हजार ३६० अण्डा बिक्री गर्न योग्य हुन्छन् ।

यसैगरी आम्दानीतर्फ अण्डा दिन छाडेपछि आठ हजार कुखुरा  २०० रुपैयाँका दरले बिक्री गर्दा  १६ लाख रुपैयाँ र ३०० बोरा मल  २००  रुपैयाँका दरले बिक्री गर्दा  ६० हजार रुपैयाँ गरी कूल अन्य आम्दानी  १६ लाख ६० हजार रुपैयाँ हुने उनको भनाइ छ ।अध्ययन समितिको संयोजकमा सोही विश्वविद्यालयका प्रा डा रेवन्तकुमार भट्टराई, प्रा डा सुविर सिंह,सहप्राध्यापक डा अनिलकुमार तिवारी र सदस्यसचिवमा उपप्राध्यापक डा अनन्त दाहाल रहका छन् ।

अध्ययन प्रतिवेदनमाथि सरोकारवालाहरुबीच अन्तक्र्रिया सम्पन्न भएको छ । मञ्चले आज एक विज्ञप्ति जारी गर्दै अध्ययन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी निर्णय गरेको जनाइएको छ । छलफलमा पन्छीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपाने, भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरे, चितवन चेम्बर अर्फ कमर्सका कोषाध्यक्ष प्रकाश श्रेष्ठलगायत पोल्ट्रीसँग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधि सहभागी थिए।

नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको लागत मूल्य निर्धारणका लागि गठित समितिले अण्डा उत्पादनका लागि लाग्ने विभिन्न खर्चहरुको विश्लेषण गरी वर्तमान अवस्थामा अण्डाको प्रतिगोटा उत्पान लागत  १९.१२  रुपैयाँ कायम भएकाले उक्त लागत मूल्यलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । सो मूल्यलाई जिल्ला पशु सेवा कार्यालय हुँदै कृषि तथा पशुपछी विकास मन्त्रालय पठाई अनुमोदन गराउने निर्णय भएको संघका अध्यक्ष रघुनाथ भट्टले बताए । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप बजार
बीस हजारले घट्याे सुनकाे मूल्य
बीस हजारले घट्याे सुनकाे मूल्य शुक्रबार, माघ १६, २०८२
मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव
मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव शुक्रबार, माघ १६, २०८२
विदेशी मुद्राको विनिमयदर
विदेशी मुद्राको विनिमयदर शुक्रबार, माघ १६, २०८२
सुनकाे मूल्य बीस हजारले बढ्याे
सुनकाे मूल्य बीस हजारले बढ्याे बिहीबार, माघ १५, २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, माघ १५, २०८२
सुन  ताेलाकाे तीन लाख १५ हजार नाघ्याे
सुन ताेलाकाे तीन लाख १५ हजार नाघ्याे बुधबार, माघ १४, २०८२
विदेशी मुद्राको विनिमयदर
विदेशी मुद्राको विनिमयदर बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP