Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २३, २०८२

काठमाडौं -विवाहको १८औँ वर्षगाँठ पारेर 'नसोधी' गजल एल्बम ल्याइएकाे छ ।  २२ मङ्सिर २०६५मा  नयाँ जीवनको सहयात्रा सुरु गरेका एक जोडी कवि, गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाले विवाहको १८औँ वर्षगाँठ पारेर 'नसोधी' गजल एल्बम ल्याएका हुन्  ।

कृति प्रकाशनबाट सिर्जनशील बनाएको यो जोडीले मध्य मङ्सिरकाे बढ्दो चिसोमा विवाह गरेका थिए । विवाहकै दिन साहित्यिक सहयात्राको चिनो गजलसङ्ग्रह 'बाटो अझै छ बाँकी' संयुक्त रूपमा प्रकाशन गरेका थिए ।

विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वर रहेको एल्बममा राधाका २ र घनेन्द्रका ३ वटा गजल छन् । एल्बमका प्रस्तुतकर्ता अहिले चर्चित र लोकप्रिय रहेको उपन्यास 'नीलो प्रेम'का लेखक पुरुषोत्तम बजगाईं हुन् ।

Hardik health

सोमबार काठमाडौँमा आयोजित एल्बम लोकार्पण कार्यक्रममा कवि एवं समालोचक प्रा. डा. देवी नेपालले राधा र घनेन्द्रलाई स्रष्टाका रूपमा धेरै अगाडिदेखि चिनेको र उनीहरूको सिर्जनशील सहकार्य जीवनको पनि सहकार्यमा परिणत भएको भन्दै खुसी व्यक्त गरे ।

नेपालले सिर्जनामा दुवै स्रष्टा सशक्त रहेका र साङ्गीतिक सहकार्यमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ जोडिएपछि नेपाली गजल गायनले समेत तीव्रता लिएको बताए ।

गजलकार तथा आख्यानकार नेपाल सरकारका पूर्व मुख्य सचिव एवं क्यानडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरेले राधा, घनेन्द्र र सन्तोषले कसैलाई नसोधी नै सिर्जनशील कामहरू गरिरहेका भन्दै प्रशंसा गरे । नेपाली गजल लेखन र गायन दुवैमा परिष्कारतर्फ बढेको र केही समयमा सुन्दर र सशक्त गजलहरू गायनमा आउने विश्वास व्यक्त गरे ।

सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले घनेन्द्र ओझा र आफू 'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानमा रहेका र सो अभियानअन्तर्गत देशभर दर्जनभन्दा बढी प्रत्यक्ष गजल गायनका कार्यक्रम भइसकेका भन्दै 'नसोधी' एल्बम यस अभियानको पहिलो एल्बम भएको सुनाए । उनले अभियानमा सबै गजलप्रेमी, सङ्गीतप्रेमीलाई जोडिन अनुरोध पनि गरे ।

गजलकार राधा कणेलले पछिल्लो समय गजल सङ्गीतमा देखिएको सन्तोष श्रेष्ठको लगाव र सक्रियताले नेपाली गजलले उचाइ लिने बताइन् । गजलकार ओझाले वि. सं. २०८०-२०९० लाई नेपाली गजल गायनको साँच्चै स्वर्ण दशक बनाउन लागिपरेको सुनाए । यसै मेसोमा राजधानी र प्रदेशहरूमा समेत गायनका कार्यक्रम गरिरहेको बताए । उनले केही महिनामै राधा कणेल, रश्मि असफल र आफ्ना गजल रहेको दार्जिलिङका सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा 'मतला' एल्बम ल्याइने पनि बताए ।प्रभाती किरणले स्वागत गरेको कार्यक्रमको सहजीकरण ज्ञानु विद्रोहीले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP